घण्टाघरबाट हेर्दा

हिस्स बूढी हरिया“ दात
प्रचण्डाउको साथ लागेर सडकतिर घरजम गर्न गा’का नेक्पाका पुतलीजुँगे नेता माकुन्याउको यतिबेला थप उठिबास हुने देखिएको छ । निर्वाचन आयोगले माकुन्याउको यतिबेला थप उठिबास हुने देखिएको छ । निर्वाचन आयोगले माकुन्याउलाई अध्येक्षे नमान्ने छनक दिएसी’ अब उन्को एक्लै सडकमा बास हुने पक्का देखिएको हो । पचण्डाउले उडकबाटै अध्येक्षे बनाइदिएसी गजम्क गरेका माकुन्याउको फूर्ति सानो बढेको थिएन । म नै नेकपाको आधिकारिक अध्येक्षु हुँ, त्यो खप्रओ चोइटिएर गको सानो एकड हो, नेकपा आधिकारिक रुपमा हाम्रै हो भनेर बोकेर ल्याएका नरनारीका अगाडि मच्चिइ मच्चिई कम्ता उफ्रेका होइनन् । सडकबाटै अध्ेयक्षे हुनपाए, सडकबाटै पर्धानमन्तरी हुन पाए, सडकबाटै आफूले आफूलाई आधिकारिक हुन पाए फइøया खान अधिवेशन चाहियो ? फुइøयाँ खान निर्वाचन चाहियो ? विचरा माकुयााउलाई त्यति कुरा नि थाहा भएन छ ? पद नपाएर भड्किएका विचारालाई अन्तेमा निर्वाचन आयोगले नि हिस्स बूढी हरियाँ दाँत बनाउने भयो ।
सडकमै सोफा र कार्पेट
जति माग्दा नि पर्धानमन्तरी खप्रओले केही नदिएसी रन्थनाएर सडकमा आन्दोलन गर्ने झल्लाझलु, प्रचण्डाउ, माकुने लगायतकाहरुको सोफा मोह र कार्पेट मोह देखेसी तिनका अगुवा पछुवा पनि यतिबेला जिब्रो टोक्न थाल्या छन् । साँघुरो गल्लीमा मासु भात खान दिने, रुपैयाँ पैसा खल्तिमा हालिदिने भन्दै गाम गामबाट जोसुकैलाई उठाएर ल्याएकाहरुको अगाडि उनेरले देखाएको सोफा कार्पेट मोहको अहिले सर्वत्र गज्जबको चर्चा हुन थाल्या छ । सडक आन्दोलन गर्दा त यिन्लाई सोफा ठ्यसिनुपर्ने, कार्पेटमा टंगडी तेस्र्यानुपर्ने, पूmलका माला लगाउनुपर्ने, टेबलुमा फूलका गुच्छाले सजाउनुपर्ने ? सडकमा हुँदा त यिन्को यस्तो रवैया छ भने सत्तामा पुगे भने यिन्ले हिजो के के ग¥या थे र भोलि के के गर्लान् भनेर सडकमै खासखुस चल्न थाल्या छ । सडक आन्दोलन गर्दा सडकमा उफ्रनुपर्छ, नारा जुलुस लाउनुपर्छ, भाषनभुषन खडे खडे नै गर्नुपर्छ भन्ने कुरा तिन्ले भुसुक्कै विर्सेछन् ।
एक सिटेलाई नि चाहियो
नेपालको राजनीति बडो गज्जबको छ । वहुमत हुनेले पदको आकांक्षा राख्नु स्वभाविक हो । तर पछिल्ला दिन एक सिटेले नि पर्धानमन्तरी पाउन थुतुनो बजाउन थाल्या छन् । आफ्ना र आफन्तले जुम्रोे छोडेझै छोडिसकेका बाउराम पनि आफूलाई पर्धानमन्तरी बनाउनुपर्छ भन्दै चिच्याउन थाल्याछन् । काँग्रेसको फुर्को अँठ्याएर बल्लतल्ल निर्वाचन जित्या एक सिटेको चाहना देख्दा सुन्नेलाई नि कुरी लाग्न थाल्या छ । कुन थुतुनोले बाउरामले त्यसरी भन्न सक्या होलान् ? आयाराम र गयारामको उपाधी पाएका ती कहिले जनमोर्चा हुन्छन्, कहिले माउवादी हुन्छन् कहिले नयाँ शक्ति हुन्छन्, कहिले जसपा हुन्छन् । त्यस्ता विना पिँधका लोटालाई नि पर्धानमन्तरी चाहियो रे । नेप्लिज जन्ता हाँस्दा हाँस्दै सिद्धिन्छन् कि क्या हो ?
ढिलो चाडो बकिछन्
अपराध गर्नेले अपराध धेरै दिन लुकाउन सक्दैन, ढिलो चाँडो बकिहाल्छन् भन्थे हो रै’छ । अब हेरम न प्रचण्डाउकी पुत्री खै के जाति नाम हो कुन्निलीले अस्तिका दिन आफूले महानगरको चुनाउ जित्न मतपत्र च्यातेको बकिछन् । बाउको सडक आन्दोलमा उफ्रन महानगरपालिकको गाडी चढेर राजधानी आएकी तिन्ले आफूहरुले मत पत्र एउटा वडाको मात्र च्यातेको तर पर्धानमन्तरी खप्रओले तीन करोड नेपालीको संसद विघटन गरेर मतपत्र च्यातेको बताइछन् । सत्य बकिन्छन् । पहिला पहिला त च्यातेकै हैन, चपाएकै हैन भनेर उफ्रन्थिइन । हुन त तिन्का बाबुले पनि पहिला आफूले कसैलाई एक लपेटोसम्म लगाएको छैन भन्थे । पछि पछि आफूले ५ हजार भन्दा बढी मान्छे मारेको बताएका थिए । बाबुकै बिँडो थामिछन् तिन्ले नि । लौ बधाई छ ढिलो चाँडो सत्य बकेकोमा । छोरी मेयर, बुहारी मन्त्री, ज्वाई र आफन्त राजदूत बनाएका अहिले सडकमा बेरोजगार बनेका प्रचण्डाउलाई रोजगरी दिलाउन हजारौ बेरोजगार जनता सडकमा फेरि उल्लु बनाइँदै छन् । खै नेपाली जनताको बुद्धिको बिर्को कहिले खुल्ला ?
खुल्याउने र टासिने
नेपालका राजनैतिक दलका नेताहरु पनि विचित्रका छन । स्वार्थ नमिल्दा एकले अर्कोलाई नराम्रोसँग खुइल्याउने र स्वार्थ मिल्दा चिपिक्कै टाँसिने । अब
हेरम न यतबेला नेकपाको एउटा समूहले पर्धानमन्तरी खप्रओलाई सडकबाट खुइल्याइएका खुइल्यायै छन् । अर्को समूहले वाल्वाटारबाटै सडकमा उफने, नाँच्नेहरुलाई खुइल्याइएको खुइल्यायै छन् । एक अर्काको खुइल्याई हेर्दा तिनका शरीरमा रौंको अवसशेस समत बाँकी होला जस्तो छैन । सडकमै पुगकोहरु पनि भीडभित्र एक अर्कालाई खुइल्याउन लाग्या देखिदैछ । अस्तिका दिन प्रचण्ण्डाउले बाउरामलाई गोप्य भेटेछन् । भेटघाटको चाँजोपाँजो मिलाउने कामको ठेक्काचाहिँ उपराष्ट्रपतिले ल्या रै’छन् । पहिला स्वार्थ नमिल्दा एकले अर्कालाई चिल्लै हुने गरी खुइल्याए अहिले फेरि टँििसन टाँसिन खोज्दै छन् । प्रचण्डाउले माकुनेलाई सडकमा उतारेको भए नि त्यही झालेमालेले पृष्ठ भूमिबाट आएकोले भोलि ओलीझै सडकमा पु¥याउलान्की भन्ने त्रास छ । त्यही भएर प्रचण्डाउ यतिबेला आफनै जातभाई खोज्दै हिड्न थाल्या छन् रे । विचरा माकुन्याउ फेरि प्रचण्डाउबाट खुइलेलान् जस्तो छ ।
लारायन काजी सनक्क
माकुने–प्रचण्डाउ समूहका लारायनकाजी अस्तिका दिन सनक्क भएर सन्किएको देख्दा मासु भात खान पाइने, पैसो पनि पाइने आशामा काठमाण्डौ आएकाहरु अचम्मित भा’थे । माकुने –प्रचण्डको नेकपा सडक पार्टीको प्रवक्ता समेत रहेका लारायन काजी किन त्यसरी सनक्क भए भनेर बुझ्न पहिला त धेरै गाह«ो भयो । एक अर्कामा खासखुस चल्यो, सोधपछ भयो । विस्तारै उनी सन्किनुको कारण सडकै छताछुल्ल भयो । नेकपा सडक पार्टीको सडक आमसभमामा मान्छे ल्याउने कामको संयोजक लारायन काजीलाई बनाइदिएको थे रै’छ । तर उनको काममा चप्पर चण्डाल योगेश र सूर्य नाम गरेका भृंगीहरुले अवरोध गरी आफैमात्र जस लिने काम भएसी विचारा काजी त्यसरी बक्केका रै’छन् । सडक पार्टीमा अहिल्यै देखि चर्कने काम भएछ । यसलाई नि शुभै मान्नुपर्छ ।
अब मांसाहारी आन्दोलन
पौषको शुरुदेखि नै साकाहारी आन्दोलन गर्दै आएका प्रचण्डाउले अब मांसाहारी आन्दोलन गर्नेै निर्नय ले’ छन् । जसले जस्तो जान्या छ त्यसले त्यस्तै त गर्ने हो नि प्रचण्डाउले कहिल्यै साकाहारी आन्दोलन गरेनन् । सकाहारी आन्दोलनले कुनै उपलब्धी हाँसिल हुने उनलाई विश्वासै छैन । हुन पनि पनि सक्दैन । हुने भए झण्डै एक महिनादेखि विचराले माकुन्याउहरुलाई साथमा लिएर साहकारी आन्दोलन गर्दै आएका छन् । तर केही लछारपाटो नलागेसी अब मांसाहारी आन्दोलन नै एक मात्र विकल्प उन्ले देखेछन् । अब आफैले आफ्नो, आफ्ना कार्जेकर्ताको टाउको फुटाएर वाल्वाटारे खप्रओलाई दोस्ने हो कि ? त्यसो गदैसी वातै खलास । त्यछि त मासु भात र पैसा नदिए नि मान्छेहर्रु ह्वार्रह्वार्ती सडकमा आइहाछन् र प्रतिगमन पूरा सचिन्छ । कि कसो
हो ?
अन्तेमा
प्रचण्डलाई लाहुरे बनाइ कतार पठाइदेउ
बाबुरामलाई दाउरे बनाई दुवई खटाइदेउ
झलनाथ र माधवलाई साउदीको काममा
ओली र बामदेवलाई इराकी घाममा
सुजता र रामचन्द्रलाई मलेसिया बजारमा
देउवा दाईलाइ अफगान रुपैया हजारमा
बल्ल अनि मुलुक बुझी राष्ट्र बोल्थे
नेपाल रैछ स्वर्ग भनी आँखा खोल्थे ।
(अज्ञात)

तपाईको प्रतिक्रिया