धरान÷ सिंचाईका लागि प्रयोग गरिने डिपबोरिङ सबैतिर असफल बन्दै गएको छ । यसको प्रत्यक्ष उदाहरणका रुपमा धरान ६ पानबारीमा सञ्चालनमा ल्याइएका ६ वटा डिप बोरिङ आंशिक रुपमा सञ्चालन हुदा सिंचाइका लागि यहाका बासिन्दाले खोलाको पानीकै
भर पर्नुपर्ने भएको हो ।
०७४ सालमा डिपबोरिङ निर्माण भई ०७६ सालदेखि पानबारीमा सञ्चालनमा ल्याइए पनि अहिले प्रयोग विहीन अवस्थामा पुगेका छन् । कृषकलाई सहज रुपमा सिंचाई गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएका यस्ता डिपबोरिङ आंशिक रुपमा मात्र सञ्चालनमा आउदा कृषिकहरु सिंचाइका लागि खोलाको पानीको भर पर्नु परेको छ ।
धरान उपमहानगर पालिकाको ४, ५, ६ र २० लाई कृषि पकेट क्षेत्र मानिएको छ । सिंचाई डिभिजन कार्यालय विराटनगर अन्तर्गत भूमिगत सिंचाई डिभिजनले निर्माणका लागि रेश्मा डिप बोरिङले २७ लाख ठेक्का सम्झौतामा काम सम्पन्न गरेको थियोे । खानेपानी र सिंचाईमा पानबारीबासीले प्रयोग गर्दै आएको शेरा खोलाबाट पानी आपूर्ति गर्दा अपुग भएपछि डिपबोरिङबाट सिंचाइ शुरु गरेको धरान उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष भुवनसिंह बस्नेतले बताउनुभयो । पानबारीका विभिन्न ठाउमा राखिएका ६ वटा डिपबोरिङले दुई वटाबाट खानपानी आपुर्ति, एउटा विग्रेको र अन्यले भूमिगत पानी प्रर्याप्त नआउने गरेको वडाध्यक्ष बस्नेत बताउनुहुन्छ ।
पछिल्लो समय डिपबोरिङ सिंचाइका लागि असफल आयोजनाको रुपमा थाएिको वडा अध्यक्ष बस्नेतको भनाई छ । अहिले खेतियोग्य जग्गामा सिंचाईका लागि डिपबोरिङ भरपर्दो नभएपनि पैनी, खोलाको पानीलाई प्रयोग गर्न थालिएको वडा अध्यक्ष बस्नेतको भनाई छ ।
पानबारीमा २ सय घरि परिवार कृषि पेशामै आश्रित छन् । त्यहाँ उत्पादन भएका कृषिजन्य सामाग्रीले धरान लगायत अन्य स्थानलाई धान्ने भएकोले धरान उपमहानगरपालिकाले यी क्षेत्रलाई कृषि पकेट क्षेत्रको रुपमा लिएको छ । तर सिंचाईको उचित प्रबन्ध नहुँदा यहाँका कृषकहरुले कृषि जन्य सामाग्री साचेजस्तो उत्पादन हुन सकेको छैन । पानबारीमा मुख्य गरेर मौसम अनुसार मकै, धान, आलु, विभिन्न हरिया सागसब्जी उत्पादन गर्ने गरेका छन् । कृषि पकेट क्षेत्रमै सिंचाइ नहुनु विडम्बना हो । यसतर्फ नगरपालिकाको ध्यान केन्द्रित गर्न जरुरी छ ।
