धरान÷पोसिलो आहारको लागि दीगो कृषि उत्पादन हाम्रो अभियान भन्ने नाराका साथ राष्ट्रिय खाद्य बंैक लिमिटेडले हिजो धरानमा वृहत अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो ।
धरानमा रहेका कृषि सम्बन्धी गतिविधिमा संलग्न, उत्पादन क्षेत्रमा लागेका कृषक, कृषि समूह, धरान उपमहानगर पालिकाका वडा स्तरका जनप्रतिनिधि लगायतका झण्डै २ सय जनाको सहभागिता रहको कार्यक्रममा राष्ट्रिय खाद्य बैंक लि.का सम्बन्धमा यसका सञ्चालकहरुबाट प्रष्ट्याउने काम भएको थियो । राष्ट्रिय खाद्य बैंक लि. का कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतिसँग हामीले बैंकको उद्देश्यमाथि संक्षिप्त कुराकानी गरेका थियौ, प्रस्तुत छन् उहाँसँग गरिएका कुराकानीका सारसंक्षेप

ञयो बैंक कहिले स्थापना भएको हो ?
–यो भर्खरै शुरु भएको हो । यो नेपालको पहिलो खाद्य बैंक हो । तीन महिना अगाडि स्थापना भएको हो । नेपालको माटो, हावापानी सुहाउँदो बैंक हो । यसले खाद्यान्न सम्बन्धी काम गर्छ । उत्पादन, भण्डारण, विक्री वितरण, प्याकेजिङ्गको काम आफै गर्छ । धान, गहुँ, कोदो, फापर, माछा, मासु, जौ, गेडागुडी, दूध, जडीबुटी, फलफूल, चिया कफी सबै उत्पादन गर्छ ।
आफैमात्र उत्पादन गर्छ कि कृषहरुलाई पनि प्रोत्साहन गर्छ ?
–आफू पनि उत्पादन गर्छ र कृषकहरुलाई पनि सँगै लिएर जान्छ । कृषिमा काम गर्ने, कृषि सहकारी, कृषिमा काम गर्ने प्राइभेट कम्पनी, नियामक निकायबाट स्विकृत लिएका महिला, युवा, उपभोक्ता समूहरुलाई सँगै लिएर जान्छ । कृषिमा आवद्ध भएका सबैलाई लिएर जान्छ । विउ, प्रांगरिक मल पनि दिन्छ । उत्पादन गरेको सामानहरु खरिद पनि गरिदिन्छ । प्राविधिक ज्ञान पनि दिन्छ, यस बैंकले अनुदानको काम पनि गर्छ । रैथाने विउ विजन लोप हुने अवस्था छ त्यसलाई संरक्षण गर्ने काम गर्छ । थोरै ठाउँमा धेरै उत्पादन गर्ने काम गर्छ । आधुनिकरण पनि गर्छन । यसले कृषि र टुरिजमलाई जोड्ने काम गर्छ । कृषि पेशालाई सम्मानित, व्यवसायिक पेशा बनाउने काम गर्छ । कृषकहरुको पनि गाडी चढेर हिडने गरी आर्थिक अवस्थामा सुधार ल्याउँछ । रोजगारी सिर्जना गर्छ,
वातावरण संरक्षण गर्छ, इको स्टिमलाई बचाउँछ, डिजिपीमा योगदान गर्छ ।
यसका कार्यालय कहाँ कहाँ छन् ? शाखा कार्यालय पनि छ या केन्दीय कार्यालय मात्र छ ?
–यसको केन्द्रीय कार्यालय काठमाण्डौको नयाँ वानेश्वरमा छ । ७७ वटै जिल्लामा र प्रदेश स्तरीय कार्यालय तुरुन्तै खुल्दैछन् र आवश्यक परेमा ७ सय ७३ वटै स्थानीय निकायमा यसको कार्यालय स्थापना हुनेछ ।
करिब दुई अर्बको पूजी रहेको छ भन्ने छ यसमा सरकारको पनि योगदान छ ?
–अहिले सरकारको लगानी छैन । प्राइभेट सेक्टरको मात्र लगानी छ । काम गर्दै जाँदा सबैसँग सहकार्य गर्दै जान्छौं ।
कति जनाको कार्य समिति छ ?
–यो एघार जनाको हुन्छ । पब्लिक लिमिटेडको कम्पनी नियम अनुसार सञ्चालन हुन्छ । हाल ७ जनाको कमिटी छ । हामीसँग अत्यन्तै विज्ञहरुको समूह छ । कृषिका विज्ञहरु हुनुहुन्छ । भोलामान सिंह बस्नेत धानको विज्ञ हुनुुहुन्छ । सबै विषयमा पिएचडी गर्नुभएका डा.हरुको समूह छ । इजरायल, जापान, जर्मन गएर सिकेर आउनु भएका विज्ञहरु हुनुहुन्छ । विएसी एजी गरेका विज्ञहरु हुनुहुन्छ ।
सबै भन्दा माथि हामीलाई गाइड गर्ने टिम छ । यसका अलावा दुई सय जनाको अर्को एउटा विज्ञहरुको टिम छ सबै प्रकारको टिमले उत्पादनका काममा सरिक हुने गरी कार्यक्रम, योजना बनाएर
लागिरहनु भएको छ । केही समय पछि नै यसको प्रतिफल देखिन्छ । कृषिको लागि यो नयाँ आयाम हो, नयाँ क्रान्ति, नयाँ काम हो । जसले उत्पादन गर्छ उसैले उपभोक्ता सम्म पु¥याउँछ । बाँझो बसेका जग्गामा उत्पादन शुरु हुन्छ । समृद्धि ल्याउने काम बैंकले गर्छ ।
