भाको नयाँ दिल्लीमा भएको नेपाल–भारत परराष्ट्रमन्त्री स्तरीय संयुक्त आयोगको बैठक विविध विषयमा छलफल र निर्णय गरी सम्पन्न भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वमा परराष्ट्र सचिव संलग्न नेपाली टोली र भारतका विदेश मन्त्री डा. एस जयशंकर नेतृत्वको टोलीबीच भएको भेटवार्ताले दुवै देशबीचको सम्बन्धलाई थप कसिलो बनाएको छ । झण्डै एक दर्जन विषयमाथि छलफल भएको त्यस बैठकले पछिल्लो दिन दुवै देशका बीचमा देखिएको केही कटुता, चीसोपनलाई चिर्ने काम गरेको छ ।
खास गरी नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटेर चुच्चे नक्सा निकान्ल्दै नेपालको संविधानमा समेत त्यसलाई समावेश गरेपछि दुई देशको सम्बन्धमा केही असजता उत्पन्न भएको थियो । हुन त परराष्ट्रमन्त्री ज्ञवालीको छैठौ परराष्ट्र मन्त्री स्तरीय वैठक अगावै आपसी तिक्तता हँटाउन भारतीय पक्षबाट प्रयासहरु हुँदै आएका थिए जस अन्तर्गत भारतीय गुप्तचर संस्था रका प्रमुख सामन्तकुमार गोयल, भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे, विदेश सचिव डा. हर्ष वर्धनको नेपालको पछिल्ला भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ बनाउनकै लागि भएका थिए ।
उनीहरुको भ्रमणलाई लिएर यहाँ एकथरिले नकारात्मक टिकाटिप्पणी समेत नगरेका होइनन् । वास्तविकता र भित्रीचुरो नपहिल्याई गरिने त्यस्ता टिप्पणीले क्षणिक रुपमा टिप्पणीकर्तालाई आत्म सन्तुष्टि प्राप्त भयो होला । तर त्यसले नागरिक स्तरमा मजबुत दुई देशबीचको सम्बन्धलाई त्यसले कुनै प्रभाव पार्दैन भन्ने कुराको हेक्का उनीहरुले राखेको देखिएन । हाल परराष्ट्र मन्त्री ज्ञवालीको भ्रमणलाई लिएर यहाँका एकथरिले तल्लो स्तरका टिकाटिप्पणी सामाजिक सञ्जालहरुमा गरेको देखिएको छ । खास गरेर पर
राष्ट्रमन्त्री स्तरीय दिल्लको हैदरावाद हाउसमा छैठौ बैठक सम्पन्न भएपछि परराट्रमन्त्री ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न पाएनन भन्ने कुरालाई लिएर एक थरिले टिकाटिप्पणी गरेको पाइन्छ । यसलाई यति ठूलो इस्यु बनाउनुपर्ने कुनै कारण नै छैन । भारतीय प्रधानमन्त्री मोदीको माफ््नै व्यस्थता हुन सक्छ, प्रयास गर्दागर्दै पनि समय नमिलेको हुन सक्छ । फेरि परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण मोदीलाई भेट्न केन्द्रित नभई उच्च स्तरीय संयन्त्रको बैठकमा भाग लिनु थियो ।
नेपालको पछिल्लो विकसित राजनैतिक घट्ना क्रमका कारण पनि परराष्ट्रमन्त्री ज्ञवालीको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नभएको हुन सक्छ । नेपालमा विकसित हरेक राजनैतिक घट्नाक्रमसँग भारतलाई जोडेर हेर्ने प्रवित्ति छ । नेपालको पछिल्लो राजनैतिक घट्ना क्रममा भारतले कुनै प्रकारको प्रतिक्रिया जनाएको पाइदैन खासमा भारत नेपालको विकसित राजनैतिक घट्नाक्रमलाई पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । उसको यो रैयलाई सन्तुलित मान्नुपर्ने हुन्छ । संसद विघटनको मुद्दा सर्वोच्चमा बहसको क्रममा रहेको छ दलको आधिकारिता सम्बन्धी विवाद निर्वाचन आयोगमा छिनोफानोको अवस्थामा छ, सत्तापक्षकै एकथरि नेता कार्यकर्ता सडकमा उत्रिएका छन्, सम्भावनाको आंकलन नागरिकहरुले गरिरहेका छन् । यस्तो विषम राजनैतिक अवस्थामा परराष्ट्रमन्त्री ज्ञवालीको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भए त्यसले यहाँका एकथरिलाई टीकाटिप्पणीको एउटा माहोल खडा गर्ने थियो । नेपालको आन्तिरिक राजनैतिक मामलामा भारतले कुनै प्रतिक्रिया नजाउनु नै एउटा सकारात्मक पाटो हो ।
बैठक पश्चात शनिवार नेपाल आइपुगेका परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो भारतमा भएको बैठकमा सहभागिताले उपलब्धी हासिल गरेको बताएका छन् । दुई मुलुकबीचको घनिष्ट, मैत्रीपूर्ण एवम् वहुआयामिक सम्बन्धलाई थप मजबुत बनाउन योदान पुगेको प्रतिक्रिया दिएका थिए । उनको भ्रमणमा नेपाल भारतबीचको केही स्थानमा देखिएको सीमा सम्बन्धी विवादलाई आगामी दिनमा बाउन्ड्री वर्किङ्ग कमिटीको बैठकले निरुपण गर्ने प्रतिक्रिया बैठकमा क्रममा भारतीय विदेशमन्त्रालयका प्रवक्ता अनुरागले प्रष्ट पार्नुलाई सकारात्मक रुपमा लिनुपर्छ ।
