भारतमा बनेको कोरोना भाइरस विरुद्धको खोपमा पाकिस्तानको आ“खा, उपलब्ध गराउने सुत्रको खोजीमा इमरान खान शनिवारदेखि शुरु भएको खोप अभियानमा प्राथमिकतामा चिकित्सक, नर्स, प्रहरी र सफाइ कर्मचारीहरु

एजेन्सीहरु÷कोरोना भाइरस विरुद्धको खोप अभियान भारतमा शनिवारदेखि शुरु भएको छ । भारतले आगामी असार अर्थात जुलाईभित्र ३० करोड आÏना जनतालाई खोप दिने लक्ष्य राखेको र शनिवार भएको पहिलो चरणमा देशभरिका तीन करोड मानिसलाई निःशुल्क खोप दिइने भएको छ ।
भ्याक्सिन उत्पादन र निर्यातमा संसारकै सबैभन्दा ठूलो कम्पनी पुनावाला ग्रुप कम्पनीले उत्पादन गरेको खोप अभियानको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको थियो । खोप अभियानमा दिल्लीको अल इण्डिया इस्टिच्यूट अफ मेडिकल साइसेन्स (एम्स)का सफाई कर्मचारी मनिष कुमारलाई पहिलो खोज लगाइएको थियो ।
भारतको पुनावाला ग्रप कम्पनीले सेरम वायो फर्मा पार्कस सेज, पुनावाला वायो टेक्निोलोजी पार्क सेज, सेज वायो–टेक सर्भिसेज प्राइभेट लिमिटेड, सिरम इस्टिच्यूट अफ इण्डिया प्राइभेट लिमिटेड, पुनवाला स्टेट्रस स्टुड एण्ड एग्रिकल्चरल फार्म प्राइभेट लमिटेड सञ्चालन गर्दै आएको छ । शनिवार मनिष कुमारलाई पहिले खोप लगाएपछि भारतीय पधानमत्रीले खुशी व्यक्त गर्दै कोरोन विरुद्धको पहिलो चरणको लडाइको रुपमा लिनु भएको थियो । यो कोरोना विरुद्धको लडाइको पहिलो चरण हो उहाँले भन्नुभयो । भारतमा हाल कोरोना भाइरसको दैनिक उतारचढाव देखिन थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा २० हजार भन्दा कम नयाँ संक्रमित देखा परेका छन् । झण्र्डै एक अर्ब ३५ करोड जनसंख्या भएको भारतका लागि खुशीको कुरा हो भने जनताका लागि राहतको विषय हो ।
वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण भारतमा १५१ जनाको ज्यान गएको थियो । भारतको केन्द्रीय स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले जारी गरेको ताजा आँकडा अनुसार २४ घण्टामा १५, १४४ जनामा मात्र नयाँ संक्रमित देखा परे । यसलाई समेत जोड्दा हालसम्म भारतमा १,०५,५७९८५ जना सक्रमित भएका छन । जुन एक बर्षको कूल संख्या हो । १८१ जनाको निधन पश्चात कूल मृतको संख्या १५२२७४ पुगेको छ । जसमध्ये एक्टिब केस २,०८८२६ रहेको र कूल डिस्चार्ज संख्या १,०१,९६, ८८५ रहेको
छ । भारतीय अनुन्धान परिषद (क्ष्ऋच्ः) ले शनिवार सम्मको दिएको जानकारी अनुसार कोरोना भाइरसको कूल १८६५४४८६८ सेम्पल टेस्ट गरेको थियो जसमा ७,९९३७७ सुक्रबारमात्र टेष्ट गरेको थियो । कोरानो भाइरसका कारण विश्वसमा ९ करोड ४४लाख प्रभावित भएका छन् भने मृतकको संख्या २० लाख पुगेको छ । भारतले शनिवारबाट आरम्भ गरेको पहिलो चरणको खोप कार्यक्रम फ्रन्ट लाइनमा बसेर नागरिकको सेवा गर्ने नर्स, चिकित्सक, प्रहरी, सफाई कर्मचारीहरुलाई प्राथमिकतामा राखेको छ । यसपछि ५० बर्ष उमेर नाघेकाहरुलाई खोप दिइने भएको छ ।
कोरोना विरुद्धको खोप अभियानलाई भारतले सबै भन्दा ठूलो अर्थात विश्वकै ठूलो कार्यक्रमको संज्ञा दिएको छ । पहिलो दिनको खोप अभियानमा तीन लाखलाई समेटिने भनिए तापनि एक लाख ९१ हजारलाई खोप लगाइएको थियो । भारत सरकारले सिरम इस्टिच्यूट अफ इण्डियाले अक्सफोर्ड र अल्ट्राजेनसँग मिलेर बनाएको कोभिसिल्ड र भारत वायोटेकले भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद्सँग मिलेर बनाएको कोभ्यक्सिन खोपलाई मान्यता दिएको छ । हाल यी दुवै खोप भारत सरकारले प्रयोगमा ल्याएको छ
भारतको खोपमा लागि पाकिस्तान सम्पर्क सुत्रको खोजीमा
भारतले १६ जनवरी देखि संसारको सबैन्दा ठूलो भैक्सिन अभियान शुरु गरेपछि पाकिस्तानलाई छटपटाहट शुरु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार भैक्सिनेशनको पहिलो दिन पूर्ण रुपमा सफल भएको छ । उसले भैक्सिन दिएपछि त्यसबाट भैक्सिन लिने कुनैपनि नागरिकमा कुनै प्रकारको असर देखिएन र कोही पनि अस्पताल भर्ना भएनन् ।
भारतमा सफलतापूर्वक कोभिडको भैक्सिन लगाएपछि भैक्सिनका लागि पाकिस्तानले हर प्रयास शुरु गरेको छ । पाकिस्तान कोभिडबाट नराम्रोसँग थलिएको छ । उसले कोभिड विरुद्धको भैक्सिन आजसम्म उत्पादन गर्न सकेको छैन भने अन्यदेशमा उत्पादित भैक्सिन समेत उसले पाउने सम्भावना देखिएको छैन । चीनले पाकिस्तानलाई भेक्सिन उपलब्ध गराउने भने पनि उसको भेक्सिन परीक्षण कालमै रहेको र पाकिस्तानी नागरिकले चीनमा उत्पादित भेक्सिन नलगाउने चेतावनी दिएपछि पाकिस्तान थप अप्ठेरोमा परेको छ । नागरिकको विरोधपछि पाकिस्तानले पनि कोरोना भाइरसको संक्रमणबाट बच्न अक्सफोर्ड एस्ट्राजेनेका र सिरम इस्टिच्यूट अफ इण्डियाबाट तयार गरेको कोभिसिल्ड आफ्नो देशमा ल्याउने योजना बनाएको छ तर खोप भारतमा बनेकाले उसलाई त्यति सहज ढंगले उपलब्ध नहुने देखिएको छ ।
दुविधामा पाकिस्तानी प्रधानमन्त्री इमरान खान


कोरोना विरुद्धको सफल खोप भारतमा निर्माण भएपछि आफ्नो नाक बचाउन पाकिस्तानले अनेकौ प्रपञ्च रच्न थालेको छ । कोभिसिल्ड प्राप्त गर्न उसलाई त्यति सहज छैन । अनेकौ सुत्र प्रयोग गरेर यदि उसले यो औषधि प्राप्त गरेपनि ऊ आफ्नै नागरिकबाट निन्दित हुने स्पष्ट छ । यद्यपि भारत छिमेकी भएको र सम्बन्ध तिक्ततापूर्ण रहेको अवस्थामा उसले नागरिकको स्वास्थ्यका लागि कोभिशिल्ड कुनै न कुनै माध्यमबाट लिनैपर्ने हुन्छ ।
बीचको बाटो खोज्दै पाकिस्तान
भारतमा निर्मित कोभिशिल्ड प्राप्त गर्न पाकिस्तानले बीचको बाटो खोज्न थालेको छ । एकातिर उसलाई भैक्सिन अत्यन्तै आवश्यक छ । यसैका कारण उसले देशका प्राभइेट सेक्टरलाई भेक्सिनका लागि पहल गर्न छुट दिएको छ । पाकिस्तानमा खोपका लागि एक अनलाइन संस्करणले दिएको जानकारी अनुसार एस्ट्रोजनको कोभिड १९ को ड्रग्स रेग्युलेटररी अथौरिटी अफ पाकिस्तान (डिआरएपी) ले इमरजेन्सी प्रयोग गर्न मञ्जुरी दिएको छ ।
द्विपक्षीय सम्झौताका कारण प्राप्त गर्न मुस्किल
खोपलाई लिएर डन अनलाइनले लखेको छ भारतमा बनाएकै कारण पाकिस्थानका लागि यो खोप द्विपक्षीय सम्झौताका कारण प्राप्त हुन सक्दैन । पाकिस्तानका प्रधानमन्त्री इमरान खानका स्वास्थ्य सल्लाहकार डा. फैजल सुल्तानको भनाई छ भारतमा निर्मित कोडिशिल्ड भेक्सिन हामी द्विपक्षीय सम्झौताका कारण पाउन सक्दैनौं । तर यसका लागि वैकल्पिक व्यवस्था गरेर प्राप्त हुन सक्छ । सल्लाहकार फैजलले भनेका छन हामीले भारतमा निर्मित खोप ल्याउन पहल गर्न निजी क्षेत्रलाई मञ्जुरी यसकारणले दिएका हौ कि यसको प्रभाव ९० फिसदी भन्दा ज्यादा रहेको छ ।
नेपाल प्राथमिकतामा
नेपालसँग अत्यन्तै निकटको सम्बन्ध रहको भारतले नेपाललाई चाँडै नै कोभिड विरुद्धको खोप उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको महामारी र लकडाउनक समयमा समेत भारत सरकारले नेपाललाई आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराएर सहयोग पु¥याएका थियो । उसले भारतीय
राजदूतावासका राजदूत विनय मोहन क्वात्रा मार्फत स्वास्थ्यमन्त्री, नेपाली सेनालाई त्यस्ता सामाग्री उपलब्ध गराएको थियो । हाल भारतमा खोप अभियान सञ्चालनमा आएको छ । केही दिन अगाडि नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय छैठौ वैठक सम्पन्न भएको थियो । बैठकमा भाग लिन जानु भएका नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई भारतले चाँडै नै कोरेना विरुद्धको कोभिशिल्ड खोप उपलब्ध गराउने जानकारी दिएको थियो । बैठकमा भएको छलपलको क्रममा सहभागी एक नेपाली अधिकारीले
भारतले माघको तेस्रो हप्ता भित्रैमा पहिलो लटको खोप उपलब्ध गराउने जानकारी गराएका थिए । नयाँ दिल्ली स्थित नेपाली राजदूतू निलम्बर आचार्यले उच्च स्तरीय टोलीको हवाला दिँदै भन्नुभयो खोप उपलब्ध गराउने कुरा भारतीय पक्षबाटै छलफलमा उठेको थियो । यो नेपालका लागि सकारात्मक कुरा हो । राजदूत आचार्यले भन्नुभयो भारतले केही परिणाम औषधि जति सक्दो चाँँडो उपलब्ध गराउने भनेको छ । भारतले कोभिड विरुद्धको कोभिशिल्ड भ्यास्सिन पहिलो प्रामिकतामा आफ्नो छिमकी राष्ट्रहरुलाई राखेको छ । जसकमा नेपाल, श्रीलंका, माल्दिभ्स, बंगादेश रहेका छन् । उसले आफ्ना छिमेकीहरुलाई ति भ्याक्सिन अनुदानका रुपमा उपलब्ध गराउन लागेको हो ।

तपाईको प्रतिक्रिया