गोरखा डिपार्टमेन्ट स्टोरमा ग्राहकहरुको अत्याधिक भीड : गोरखा होटलमा अग्रिम बुक

झण्डै ६ महिनाको लकडाउन पश्चात दशै अगाडिबाट नियमित सञ्चालनमा आएको गोरखा डिपार्टमेन्ट स्टोरमा यतिबेला ग्राहकको अत्याधिक भीड बढेको छ । आज भन्दा २२ बर्ष अगाडि पूर्वाञ्चलमा पहिलो पटक इटहरीलाई केन्द्र बनाई सञ्चालनमा आएको गोरखा डिपार्टमेन्ट स्टोरले ग्राहकहरुको माग, सुविधा र रुचिलाई प्राथमिकतामा राखी आफ्ना शाखाहरु विस्तार समेत गर्दै आएको छ ।स्टोरले यतिबेला धरान, पथरी, विराटचौक, दमकमा समेत शाखा विस्तार गरी ग्राहकहरुको विश्वास जितेको छ । खासगरी स्वदेशी तथा विदेशका ब्राण्डेड सामानहरु गोरखाका प्रमुख आकर्षण भएका छन् । बजार मूल्य भन्दा अत्यन्तै कम मूल्यमा आफूलाई चाहिने सामान उपलब्ध भएपछि ग्राहकहरुको आकर्षण बढ्नु स्वभाविक हो ।
ग्रोसरीका सम्पूर्ण आइटम, पेय पदार्थमा स्वदेशी तथा विदेशी ब्राण्डका, सफ्ट ड्रिंग्स, हार्ड डिं«ग्स, हरेक प्रकारका इलेक्ट्रोनिक्स सामान, टाइटेन घडीका आकर्षक ब्राण्ड, गिÏट आइटम, सर्टिङ्ग सुटिङ्गका कपडा, आकर्षक जुत्ता चप्पल साडी, भर्खर जन्मिएका बच्चादेखि १५ बर्षका बालबालिकाहरुका लागि कपडा, बेकरी आइटम, विभिन्न भेराइटीका आफ्नै गोठको घ्युबाट बनेका स्वादिष्ट मिठाईहरुका अलावा गोरखा किचेनको लोभलाग्दो भेराइटी खाद्यान्नको स्वाद डिपार्टमेन्ट स्टोको मुख्य आकर्षक बनेका छन् ।
अहिले जाडोको याम छ, ग्राहकहरुले आफ्नो रुचि पनि खरिदमा त्यसै अनुसार देखाउने गरेको स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ जाँडो केही ढिला गरी शुरु भयो । न्याना कपडा खोज्ने ग्राहकहरुको भीड अहिले आएर ह्वात्तै बढेको छ । न्याना कपडाका लागि यतिबेला भोजपुर, तेह्रथुम, धनकुटा, इलाम, पाँचथर र स्थानीय ग्राहकहरुको भीड लाग्ने गरेको छ । सिंगापुर, मलेसिया, हङकङ, भारतसँगै नेपालमा समेत उत्पादित कपडाहरु गोरखा डिपार्टमेन्ट
स्टोरमा रहेका छन् । प्रबन्ध निदेशक आचार्य भन्नुहुन्छ अक्सर परिवार सहित न्याना कपडा, इलेक्ट्रोनिक्स सामान, ल्यापटप आदिमा ग्राहकहरुको अहिले रुची बढेको पाइएको छ ।
गोरखा होटलमा अग्रिम बुक
गत बर्ष गोरखा डिपार्टमेन्ट स्टोरले सञ्चालनमा ल्याएको गोरखा होटल आगन्तुकहरुका लागि यतिबेला आकर्षणको केन्द्र बनेको छ । होटल सञ्चालनमा आए लगत्तै विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण तीन महिना पनि सञ्चालनमा आउन नपाउँदै सरकारले गरेको लकडाउनले बन्द भएको थियो ।
तर यतिबेला पुनः सञ्चालनमा आएसँगै होटलमा आउने पाहुनाहरुले अग्रिम बुक गर्ने गरेको स्टोरका म्यानेजर श्रीपसाद गौतम बताउनहुन्छ । उहाँ भन्नुहुन्छ गोरखा होटलले आफ्ना पाहुनाहरुका लागि पाँचतारे होलटको सेवा सुविधा प्रदान गरेको छ । सभाहलदेखि लिएर बार लगायतका सम्पूर्ण सुविधा उपलब्ध भएकै कारण होटल गोरखामा आउने पाहुनाहरुको आकर्षण बढेको गौतम बताउनुहुन्छ ।


परिवार तथा साथी भाइसँग राम्रो खानाका लागि गोरखा लउन्ज तथा रेष्टुरेन्टमा आउने पाहुनाहरु समेत उत्तिकै रहेका छन् । झण्डै ४२ करोडको लागतमा सञ्चालनमा ल्याएको गोरखा होटलमा नेपाल घुम्न आउने भारत सिक्किम
राज्यका विभिन्न स्थानका बासिन्दाहरु, पश्चिम बंगालको दार्जीलिङ्ग, कालिम्पाङ, खर्साङ्ग, आसामको डिम्मापुर, मणिपुर पश्चिम बंगालकै सिलगुढीदेखिका पाहुनाहरुले विभिन्न माध्यमबाट सम्पर्क गरी कोठा बुक गने
गरेको गौतमले बताउनुभयो । पाँचतारे होटलमा लामो समयसम्म काम गरिसक्नु भएका अनुभवि कुक, वेटर रहेको गोरखा होटलमा नेपालका दूरजराजबाट समेत पाहुनाहरु आउने गर्नुभएको छ । खासगरी व्यापारिक प्रयोजनका लागि पश्चिम वा काठमाण्डौै, पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर आदि ठाउँका पाहुनाहरु पूर्व आउँदा गोरखा होटल नै रोज्ने गरेको पनि उहाँले बताउनुभयो ।
शान्त मनोरम दृष्यमा रमाउदै किचनमा भीड

गोरखा डिपार्टमेन्ट स्टोरको किचन ग्राहकहरुका लागि आकर्षक स्थल
गोरखा डिपार्टमेन्ट स्टोरको किचन ग्राहकहरुका लागि आकर्षक स्थल

विगतका बर्षहरुको तुलनामा यस बर्ष अत्याधिक गर्मी बढेको आम सर्वसाधारणको भोगाइ रहेकोमात्र हैन मौसम विदहरुले समेत यसको पुष्टि गरिसकेका छन् । अत्याधिक गर्मीका कारण सर्वसाधारण बाहिर घुमफिर गर्न समेत हिच्किचाउँछन् । तर यस्तो प्रतिकूल मौसममा समेत गोरखा डिपार्टमेन्ट स्टोरले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखेर आफ्ना सबै शाखाहरु एसीयुक्त बनाइएको छ ।
गोरखा डिपार्टमेन्ट स्टोरको दमक, पथरी, विराटचौक, इटहरी र धरानमा समेत उपभोक्तालाई बाहिरको उखरमाउलो गर्मीको कुनै वास्ता हुँदैन । पाँचौ शाखाको रुपमा धरानमा सञ्चालनमा आएको गोरखा किचन सोमबारदेखि पूर्ण रुपले एसीयुक्त भएको छ । अब कुनै पनि परिकारको स्वाद लिन जाने ग्राहकहरुले गर्मीको प्रवाह गर्नु नपर्ने भएको छ । धरानमा रहेको गोरखा किचनमा आरामदायी बसाइर्सँगै बाहिरको मनोरम दृश्यको अवलोकन गर्न पाउने भएपछि किचनमा ग्राहकहरुको अत्याधिक भीड बढेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतम बताउनुहुन्छ ।
हरेक मानिसको चाहना गर्मीले अस्तव्यस्त बनाएको अवस्थामा चिसो पिउनु र शितल ठाउँमा बस्ने हुन्छ । बजारका अन्य ठाउँमा गर्मी मेटाउनकै लागि चिसो खाँदा त्यसले सन्तुष्टि दिन सक्दैन । गर्मी ठाउँमा बसेर चिसो खानुको कुनै अर्थ रहँदैन । तर एसीमै बसेर चिसो खानुको मज्जै अर्को हुन्छ धरान १५ का हर्कध्वज राईको कथन छ । गोरखा डिपार्टमेन्ट स्टोरले आफ्नो पाँचौ शाखाको किचनलाई सोमबारदेखि पूर्ण रुपले एसीयुक्त बनाएपछि गोरखा किचनमा परिवारसहित पुग्नेहरुको संख्या ह्वात्तै बढेको छ स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यको कथन छ । उहाँ भन्नुहुन्छ ग्राहकले मेनु हरेर जुनसुकै सामान वा परिकारको स्वाद लिन सक्नु हुन्छ । सिद्धार्थ टेम्पो संघका चालक सुधिर राई भन्नुहुन्छ हामी मजदुर मान्छे यस्तो गर्मीमा एसीमा बसेर सादा खाना रु ५० र चिकेन खाना रु ९० मा खान पाउनु ठूलो कुरा हुन्छ । अन्यत्र त्यही खाना खादा १५० देखि २०० तिर्नुपर्छ अनि गर्मीले सम्पूर्ण शरीर नै भिज्छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक आचार्य भन्नुहुन्छ गोरखा किचनमा कार्यरत कुकहरु तारे होटलमा काम गरिसकेका अनुभवि रहेका छन् । काठमाण्डौको पाँचतारे होटल, पोखराका तारे हाृेटलबाट कुकुहरु मगाएको पनि उहाँले सुनाउनुभयो । साधारण खानाको र चिकेन खानाको अलावा अनुभवि कुकहरुबाट थकाली खाना समेत तयार गरिने भएकोले किचनमा ग्राहकहरुको भीड बढ्नु स्वभाविक हो ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया