कोशी गाउ“पालिकालाई पर्यटकीय क्षेत्र बनाउन स्थानीय सक्रिय

सुनसरी÷कोशीको बाढीका कारण बालुवामा परिणत भएको क्षेत्र विस्तारै विकासको क्रममा अगाडि बढ्न थालेको छ ।
अहिले यो क्षेत्रमा विकास निर्माणका कार्यले तिव्रता पाएको छ । चुनौतिलाई अवसरमा बदल्दै स्थानीय तह अघि बढ्दा गाउूको मुहार मात्र फेरिएको छैन् । नयाँ आशा र दीर्घकालीन विकासका खाका कोरिन थालेका छन् ।
२०६५ सालको कोशी नदीको बाढीको चपेटमा परेको सुनसरीको कोशी गाउँपालिका स्थानीय पालिका मार्फत सञ्चालित योजना संगैको विकास निर्माणले तङग्रिन थालेको छ । गाउँपालिकाको कार्यालयले मरुभूमिमा परिणत क्षेत्रलाई खेतीयोग्य बनाउन निकै मेहनत गरेको छ । जहाँ सिजन अनुसारको फसल उब्जाउ हुन थालेको छ । पिछडिएको भेग मानिने सुनसरीको कोशी क्षेत्रका वडाहरु समुन्नत बन्दै गएका छन् ।
स्वास्थ्य र शिक्षा जस्ता सूचक क्रमशः सुधारोन्मूख छन् । विद्यालयसम्म पुग्ने विद्यार्थीको संख्या बढाउन विशेष कार्यक्रम सञ्चालनमा ल्याइएका छन् । त्यसका अलावा सहज र सुलभ स्वास्थ्योपचारको मामिलामा गाउँपालिकाले निक्कै फड्को मारेको छ ।
बाटो नै नभएका भेगमा ग्राभेल गरिएको छ । कालोपत्रे तथा आरसीसी ढलान भएका छन् । अन्धकारमा रात बिताउँदै आएका सर्वसाधारणले लामो समयको अन्तराल पछि बिजुली वत्तिको उपभोग गर्न पाएको कोशी गाउँपालिकाका अध्यक्ष अयुब अन्सारीले बताउनुभयो । उहाले भन्नुभयो ‘सुनसरीको दक्षिणी सीमा क्षेत्रमा रहेको कोशी गाउपालिका पिछडिएको भए पनि विस्तारै यसको विकासमा गाउपालिकले जोड दिदै गएको छ ।’
गाउ“पालिकाले प्राथमिकताका आधारमा सबै क्षेत्र र वडाको विकास निर्माण केन्द्रीत योजनाहरु संचालनमा ल्याएको छ । त्यस्ता कार्यक्रमले गाउँपालिकामा क्रमशः सकारात्मक उपलब्धी देखा पर्न थालेका छन् ।
सीमित स्रोत र साधनका बाबजुत गाउँपालिकाको कार्यालयले विकास निर्माणको कार्यलाई प्राथमिकता साथ अघि बढाउँदै आएको छ ।
जनप्रतिनिधिले कार्यभार सम्हालेको तीन वर्षको अवधिमा आशलाग्दा निकै काम भएको दाबी गर्ने गाउँपालिकाको कार्यालय थप योजना र त्यसको प्रभावकारी कार्यान्वयनमा अघि बढेको गाउपालिकका प्रशासकीय अधिकृत खगेन्द्र गिरी बताउनुहुन्छ । ८ वटा वडा रहेको यस गाउँपालिकामा यतिबेला गौरभका योजना समेत सञ्चालित छन् ।
प्रदेश १ सरकारले कोशी कटान क्षेत्रमा रिफ्रेस्मेन्ट सेन्टर निर्माण थालेको छ । क्षेत्रीय आर्यूवेद अस्पतालको साथै सिटी हल समेत निर्माण चरणमा छ ।
कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय समेत स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने भएकाले पर्यटन, प्रवद्र्धन लक्षित गरी सञ्चालित कार्यक्रम समेत प्रभावकारी रुपमा अगाडि बढाइएको अध्यक्ष अन्सारीको भनाई छ ।
हात्ती पीडितको समस्या दीर्घकालीन रुपमा समाधान गर्नु गाउँपालिको लागि प्रमुख चुनौती बनेको छ । त्यसका अलावा गाउँपालिका बाहिरी स्रोत जुटाउन समेत प्रयासरत छ । कोशीको बालुवा क्षेत्रमा ठुला उद्योग खुल्ने क्रम सुरु भएको छ । थप लगानी भित्र्याउन गाउँपालिकाको कार्यालय प्रदेश र संघीय सरकार समक्ष पहलमा जुटेको छ ।
गाउ“पालिकाले उपलब्ध स्रोत साधनको भरपूर उपभोग गर्दै स्थानीय तहमै रोजगारीका अवसर सिर्जना गरी युवाहरुलाई वैदेशिक रोजगारमा नाजाने वातावरण तयार् बनाउन गाउूपालिका लागि परेको छ ।

तपाईको प्रतिक्रिया