धनकुटा÷धनकुटा र मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । आइतबार बिहान साँढे ९ बजेको समयमा धनकुटा नगरपालिका–७ मा ट्याक्टरको ट्रलीले लागेर धनकुटा नगरपालिका–८ की १५ बर्षीया बालिका रेबिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रदेश १ १–०२–००३ त ६१२ नम्बरको ट्याक्टरले बालुवा अनलोड गर्ने क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिएर उक्त ट्रलीले बिद्यालय जाँदै गरेकी राईलाई ठक्कर दिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो । यसैगरी मोरङको बिराटनगर महानगरपालिका–६ मा ट्याक्टरले साईकललाई ठक्कर दिँदा साईकलको पछाडी सवार रहेकी गंगा श्रेष्ठको ६ बर्षीया छोरी तृसा श्रेष्ठको मृत्यु भएको छ । आइतबार बिहान पौने १२ बजेको समयमा को १ त ७०३९ नम्बरको ट्याक्टरले साईकललाई ठक्कर दिँदा घाईते भएकी बालिकाको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा दिउँसो सवा १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । घटना सम्बन्धमा
प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
