धरान÷ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–१० बाट २ जना तथा ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरेको हो ।
लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आइतवार बेलुका साँढे ६ बजे ४ ग्राम ४९० मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित हनुमाननगर कंकालिनी नगरपालिका–६ का २२ बर्षीय धर्मेन्द्र रजक र भारतिय नागरिक २२ बर्षीय मोहम्बद अफरोजलाई पक्राउ गरेको हो । यसैगरी ईलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरी टोलीले आईतवार बेलुका साँढे ७ बजे रतुवामाई नगरपालिका–१० का २७ बर्षीय धजिन्द्र भट्टराई र मिक्लाजुङ गाउँपालिका–३ की २० बर्षीया कविता लिम्बुलाई १४ ग्राम लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
