झापा÷झापाको कन्काई नगरपालिका–७ दुर्गापुरमा मोटरसाईकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । आइतवार बेलुका साँढे ६ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ८० प ७६५ नम्बरको मोटरसाईकलले पैदलयात्री दोलखाको कालिङचोक–८ बस्ने ८० बर्षीय बृद्धा खेन्द्र शिवाकोटीलाई ठक्कर दिँदा घाईते भएका बृद्धको बि.एण्ड.सी. अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ
