सञ्चारकर्मीलाई वीमा रकम हस्तान्तरण

धरान÷नेपाली काँग्रेससँग निकट रहेको सञ्चारकर्मीहरुको संगठन नेपाल प्रेस युनियन जिल्ला कार्य समिति सुनसरीले सोमबार धरानका नौ जना कोरोना संक्रमणबाट मुक्त भएका क्रियाशील सञ्चारकर्मीहरुलाई कोरोना वीमा रकम हस्तान्तरण गरेको छ ।
नेपाल प्रेस युनियनको अभियानमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सहित पत्रकारको सम्मानजनक पहिचान भन्ने मूल नाराका साथ स्थापना कालदेखि नै सञ्चारकर्मीहरुको हितका लागि क्रियाशील युनियनले सुनसरीका २ सय ६० जना सञ्चारकर्मीहरुको एक लाखको दरले निःशुल्क विमा गरिदिएको थियो । कोरोना संक्रमणबाट सुनसरीका ३० जना सञ्चारकर्मी संक्रमित भएका थिए । यस भन्दा अगाडि २१ जना सञ्चारकर्मीहरुले वीमा रमक वापतको सहयोग पाइसकेका थिए भने सोमबार थप नौ जनाले प्राप्त गरेका हुन् ।
कोरोना वीमा रकम प्राप्त गर्ने सञ्चारकर्मीहरुमा निर्मल कार्की, सन्तोष काफ्ले, दामोदर गुरागाई, रोशन दाहाल, विमला तिम्सिना, कृष्ण अधिकारी, शिशिर राई, संजीता धमला र भरत
राज शर्मा (गोपाल) रहेका छन् । सो अवसरमा बोल्दै सञ्चार उद्यमी तथा प्रेस चौतारीसँग आवद्ध मोति सुनुवारले भन्नुभयो प्रेस युनियनले सञ्चारकर्मीहरुका लागि अत्यन्तै सह्रानीय कार्य गरेको छ । यहाँ अनेकौ सञ्चार गृहहरु
रहेका छन् तर कसैले पनि आफ्नो सञ्चारगृहमा कार्यरत सञ्चारकर्मीहरुको कोरोना विमा गरेको पाइएन । युुनियनका अध्यक्ष पवन अधिकारीलाई धन्यवाद दिदँै सुनुवारले भन्नुभयो कोरोना वीमा मात्र नभएर फुड बैंक समेत सञ्चालन गरी संक्रमणकालमा युनियनले विना पूर्वाग्रह फरक आस्था बोकेका पत्रकारहरुलाई समेत सहयोग पु¥याएको प्रति युनियनको मुक्तकण्ठले प्रशंसा गर्नुभएको थियो । संक्रमबाट आफू लगायत आफ्नो सञ्चार गृहमा कार्यरत सञ्चारकर्मी समेत संक्रमित भएको तर पिसिआर टेष्ट नगर्दा विमाबाट प्राप्त हुने रकमबाट बञ्चित भएको ठट्यौली समेत गर्नुभएको थियो ।
नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको अध्यक्षतामा सम्पन्न वीमा रकम हस्तान्तरण कार्यक्रममा हर्ष सुब्बा, कृष्ण अधिकारी, गिरराज आचार्य, राजेश विदोही, भोजराज श्रेष्ठले समेत शुभकामना व्यक्त गर्नुभएको थियो भने सञ्चालन मातृका नेपालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया