क्वात्रा र रायमाझीबीच भेटवार्ता

राजधानी÷नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र नेपालका नव नियुक्ति ऊर्जा, जलस्रोत र सिँचाई मन्त्री टोपबहादुर रायमाझी बीचमा ऊर्जा, जलस्रोत र सिचाई मन्त्रालयमा गत हप्ता सौहार्दपूर्ण भेटघाट भएको छ ।
नेपालमा पछिल्लो राजनैतिक घट्नाक्रम पश्चात प्रधानमन्त्री केपी शर्मा ओलीले जलस्रोत मन्त्रीको रुपमा टोबहादुर रायमाझीलाई नियुक्त गर्नुभएको थियो । भारतीय राजदूत विनय मोहन क्वात्राले नवनियुक्त मन्त्री रायमाझीलाई हार्दिक बधाइ दिनुहुँदै कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।
ऊर्जा, जलसोत र सिँचाई मन्त्रालयमा उहाँहरुबीच नेपाल–भारत बीचमा विद्युत क्षेत्रमा भइरहेको सहकार्यका बारेमा गहिरो छलफल भएको थियो । भेट वार्ताका क्रममा ठूला संयुक्त परियोजनाहरुको काम चाँडै सम्पन्न गर्ने र काममा सहजीकरण गर्ने लगायतका कुरामा एक आपसमा सहमति भएको थियो । सन् २०१४ मा नेपाल र भारतबीचमा विद्युत सम्झौता भएको थियो । सम्झौतामा हस्ताक्षर भएसँगै भारत र नेपालको विद्युत क्षेत्रमा वहुपक्षीय संलग्नता रहँदै आएको छ । सम्झौता पत्रमा हस्तक्षर भएसँगै विगत चार पाँच बर्षको दब्रियानमा उल्लेखनीय रुपमा कामले गति लिएको छ । नेपालको जलविद्युत क्षेत्रमा भारतीय लगानी, उच्च भेल्टेज र मध्यम भोल्टेज,क्रस बोर्डर ट्रान्समिसन लाइन, विद्युत व्यापारको सुविधाका साथै ग्रिड अपरेशन समन्वय समावेश भएको दुतावासद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

तपाईको प्रतिक्रिया