यतिबेला पूर्व राजा ज्ञानेन्द्र शाहको झापा आगमन भएको छ । राजा शाहको झापा आगमन नियमति हो । हरेक बर्ष हिउँदयाममा राजा ज्ञानेन्द्र शाहको झापाको आफ्नै चिया बगान हिमालय टि स्टेटमा आगमन हुने गरेको छ ।
नेपालमा गणतन्त्र स्थापना सँगै नेपालको दलीय राजनीति एक पछि अर्को घट्नाक्रमले करिब करिब अफापको अवस्थामा पुगेको छ । वितेका केही बर्ष यता हरेक तह र तप्काका नागरिकहरु गणतन्त्र, धर्म निरपेक्षता, कुशासन, दण्डहीनता, चरम भ्रष्टाचार, स्वेच्छाचारिता लगायतका कुरामा निर्धक्क भएर आफ्ना विचार राख्न थालेका छन् ।
सामाजिक सञ्जाल र सञ्चार माध्यमहरु दलीय स्वेच्छााचारिता र कुशासनका विरुद्धमा खनिएका छन् । मधुरो स्वरबाट शुरु भएको राजसंस्था स्थापनाको माग हाल आएर घनिभूत भएको छ । बालबालकादेखि युवा र बृद्धबृद्धाहरु समेत राजसंस्था मुलुकको
अपरिकार्यता जस्तै भएको बताउन थालेका छन् । अझपछिल्लो समयदैनिकजसो यवाहरुको सर्वाधिक उपपिस्थतिमा हुने गरेको राजसंस्था समर्थकहरुको शान्तिपूर्ण जुलुस,शालीन नाराबाजी, नेपालको राष्ट्रिय झण्डाको पदर्शन र राष्ट्रिय गीतको गुञ्जनले नागरिकहरु
राजसंथाप्रति आकर्षि हुँदै गएका छन् ।
पूर्व राजा ज्ञानेन्द्र शाह झापाको दमकमा पौष १२ गते आइतबार आगमन भएपछि दलीय कार्यक्रममा सहभागिता न्यून हुन थालेका छन् , एक आद्य भएका कार्यक्रममा युवाहरको नगन्त्र उपस्थिति हुन थालेको छ । सत्तामा पुग्न र पद जोगाउन मात्र हुने गरेका दलका कार्यक्रमहरुमा स्वयम् आयोजकहरुसमेत उत्साहित हुन नसकेको अवस्था देखिदैछ । राजा ज्ञानेन्द्र शाहले यसपटकको अँग्रेजी नयाँ बर्ष केही दिन अगाडि मात्र सञ्चालनमा आएको मेची क्राउनमा परिवारजन र केही आफ्ना सहयोगीका साथ मनाएका थिए त्यसबेला उनलाई नजिकबाटहेर्न हजारौ युवाहरु मेची क्राउन पुगेका थिए । राजा शाहको मेची क्राउन्तको ागमनका क्रममा सुरक्षाकर्मीहरुलाई परिस्थिति बनाइराख्न हम्मे हम्मे परेको थियो ।
झण्डै एक महिनाको झापा दकमको बसाई सुनिश्चित भएपनि हाल कसैसँग भेटघाटको कार्यक्रम भने तय गरिएको छैन । राष्ट्रवादी युवाहरु, शिव सेनाका युवादस्ताहरु, विभिन्न सामाजिक संघ संस्थाको व्यानरमा विभिन्न स्थनमा कार्यक्रमहरु निर्धारण गरेका छन् यस्ता कार्यक्रमहरु स्वस्फूर्त रुपमा आयोजना हुन लागेका हुन् । पौष २२ गते इटहरीबाट विराटनगरसम्म राजा आउ देश बचाउ, गणतन्त्र धोका हो, धर्मनिरेक्षता खारेज गर, राजसंस्था जिन्दावादका नारा घन्कदै छ । यसमा अनेकौ प्रलोभन देखाएर, युवाहरुलाई भ्रममा पारेर मान्छे ओसारेर जमघट गराएजस्तो नभई स्वफूर्त रुपमा नागरिकहरुको सहभागिता रहने भएको छ ।
यहाँ स्मरणीय कुरा के छ भने यतिबेला दलीय राजनीति गर्दै आएका र पटक पटक सामा पुगिसकेका दलका नेता, कार्यकर्ताहरु समेत राजा ज्ञानेन्द्र शाहको समिपमा पुग्न आतुर देखिन थालेका छन् । भेटघाटको कार्यक्रम नरहेको अवस्थमा समेत उनीहरु सपक्र्प सुत्रको खोजीमा देखिएका छन् । यसले पनि थप पुष्टि हन्छ नेपालमा राजसंस्थाको अपरिकार्यता । व्यवस्था परिवर्तन पश्चान जुत आशा, पेक्षा नागरिकले गरेका थिए त्यसले साकार रुप लिनुको सट्टा नैराश्यता थप्ने काम मात्र गर्दा आज राज संस्थाप्रतिको आकर्षण बढेको बुझ्न अब गाह«ो छैन । केन्द्रदेखि प्रदेश, स्थानीय निकाय, वडाहरुमा जुन भ्रष्टाचार देखिएको छ त्यसले नागरिकलाई अझ आक्रोसित बनाउने काम गरेको छ । हिजो चप्पल लगाएर िहड्ने हैसियत नभएकाहरु आज आलिशान महलमा राज भएका छन्। महंगा गाडीका मालिक भएका छन् । रातारात एउटा सीीमत वर्गको मात्र सम्पन्नताको रहस्य के हुन सक्छ । आफन्त नताोताहरुले अक्षम भएपनि अवसर पाउने तर आम सर्वसाधारण छोराछेरी समस्या भएपनि अवसरबाट बञ्चित रहनु परेको पीडाले राजसंस्था नेपालका लागि अपरिहार्य जस्तो देखिएको युवा पुस्तामा विस्तारी बुझाई बढ्दै गएको छ ।
