धरान÷साँगुरी धारापानी समाज धरानले विपद् व्यवस्थापन तथा स्वास्थ्य सम्बन्धी एक दिने तालिम सम्पन्न गरेको छ ।
समाजको आफ्नै कार्यालय धरान १२ चतरालाइनमा आफनैे स्रोत साधनबाट सञ्चालित उक्त कार्यक्रममा १६ जना महिलाहरुको सहभागिता रहेको थियो । प्रशिक्षक निर्मला नेपालले तालिममा सहभागी महिलाहरुलाई विपद व्यवस्थापनको पूर्व जोखिम, त्यसबाट बच्ने पूर्व तयारीसँगै महिलाहरुको स्वास्थ्य सम्बन्धी जानकारी गराउनु भएको थियो ।
वि.सं. २०६६ सालमा स्थापना भएको साँगुरी धारापानी समाजले वर्षेनी महिलालाई आफ्नै स्रोत साधनबाट तालिम, नेतृत्व विकासका विविध आयामहरुमा प्रशिक्षण दिँदै आएको छ । समाजकी संस्थापक अध्यक्ष एवम.् हाल सल्लाहकार रहनु भएकी महिला नेतृ नेत्रकुमारी राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन समाजकी सचिव इन्द्रकुमारी राईले गर्नुभएको थियो ।
