धरान÷ राजधानी बाहिर पहिलो पटक धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थाइमस ग्रन्थीको क्यान्सर भएका विरामीको सफल शल्यक्रिया गरिएको छ ।
तेह्रथुम घर भएका करिब ३५ बर्षीय ती युवाको प्रतिष्ठानका कार्डियो थेरासिक सर्जन एसोसिएट प्रोफेसर डा. लोकेजशेखर जैसवाल र उहाको टिमले सफल शल्यक्रिया गरेको हो ।
्थाइमस क्यान्सरको शल्यक्रिया बीपीमा पहिलो पटक भएको दाबी सम्बन्धित चिकित्सकको छ । थाइमसको क्यान्सर फैलिएर फोक्सोसम्म पुगेको र क्यान्सरकै कारण फोक्सो मुनि रहने दुवैतर्फको डायफ्राम पनि प्यारालाइसिस भएर सास फेर्न गाहूो भएसंीगै विरामीको मुट् समेत ब्लक भएको अवस्थामा सफल शिल्यक्रिया गरिएको सर्जन एसोसिएन प्रोफेसर डा. जैसवालको भनाई छ ।
प्रोफेसर डा.जैसवालका अनुसार प्रो.डा. जैसवालको नेतृत्वमा गरिएको शल्यक्रिया सफल भएको हो । शल्यक्रियापश्चात क्यान्सरलाई फालेपछि अस्थायी पेस मेकर हालेको बताउदै अहिले मुटु पनि नियमितरुपमा चल्न थालेको छ । उहाूले करिब डेढ महिना भेन्टिलेटरमा राखेपछि विरामी विरामीका अवस्था सुधार हुद गएकोले चाडै डिस्चार्ज दिने तयारी गरिएको बताउनुभयो ।
डा.जैसवालको नेतृत्वमा प्रतिष्ठानमा विगत ५ बर्षदेखि ओपन हर्ट सर्जरी, वाथ मुट रोगको भल्व फेर्ने, बच्चाहरुको मुटूको प्वाल टाल्नेलगायतको उपचार सेवा भइरहेको छ । उहाले फोक्सोको क्यान्सरको अप्रेशन, धमनीहरुको अप्रेशन ,मृगौला फेल भएका विरामीलाई डाइलाइसिस गर्न आवश्यक पर्ने फिस्टुला बनाउने काम समेत प्रतिष्ठानबाट नै हुने गरेको बताउनुभयो । उहाले प्रतिष्ठनमा हालसम्म ५ सय जतिको मुटु र फोक्सोको अप्रेशन बताउनुभयो
प्रतिष्ठाना हालसम्म गरिएका सर्जरीमध्ये ४ सयजनाको ओपन हर्ट, एक सय जनाको फोक्सोको अप्रेशन गरिएको बताउनुभयो ।
जे होस् मुटु तथा फोक्सको जटिल प्रकारका विरामीले शल्यक्रियाका लागि काठमाण्डौ तथा छिमेकी मुलुक भारत जानुपर्ने बाध्यता थियो तर अब भने प्रतिष्ठानमै जटिल प्रकारका शल्यक्रिया गरिने भएपनि विरामीले समेत सहज रुपमा उपचार गर्न पाउने भएका छन् ।
