राजसंस्था पुनस्र्थापनाका लागि नेपाली जनता स्वूफूर्त रुपमा उत्रिन थालेका छन्–कर्णेल

सुरज कर्णेल । शिव सेना नेपालका केन्द्रीय सदस्य । कर्णेलको परिचय यतिमामात्र सीमित छैन । युवा जोश र जाँगरका साथ १३ बर्षकै उमेरदेखि पूर्व राजा ज्ञानेन्द्र शाहको देशका जुन जुन स्थानमा सवारी भयो चाहे त्यो धार्मिक भ्रमण होस्, चाहे सामाजिक भ्रमण होस् ती सबै स्थानमा कर्णेलकोे उपस्थिति रहँदै आएको छ ।
सुनसरी जिल्लाको इटहरीमा स्थायी बसोबास गर्दै आउनु भएका कर्णेल सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि त्यतिकै सक्रिय रहँदै आउनु भएको छ । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध कर्णेल युवाहरु माझमा लोकप्रिय समेत रहनु भएको छ । भिन्न विचार र आस्था बोकेर हिड्ने युवाहरुका बीचमा समेत एउटा सम्मानित युवाको परिचय बनाउनु भएका कर्णेल मुलुकमा राजसंस्थाको अपरिहार्यता र हिन्दू राष्ट्रको विकल्प नरहेको बताउँनुहुन्छ ।
नेपालमा गणतन्त्र स्थापना पश्चात मुलुक विखण्डनको दिशातर्फ उन्मुख भएको, आम नागरिकमा घोर
नैराश्यता छाएको, दण्डहीनताले प्रश्रय पाएको, भ्रष्टाचारीहरुको बोलवाला बढेको, विदेशी हस्तक्षेप बढेको लगायतका अनेकौ कारणले अब मुलुक राजसंस्थाविहीन अवस्थामा रहन नसक्ने केन्द्रीय सदस्य कर्णेलको तर्क रहेको छ । आज २२ गते पूर्वाञ्चलबासी नेपाली जनताको आयोजनामा पूर्व राजा ज्ञानेन्द्र शाहको पूर्वाञ्चल भ्रमणको अवसर पारी हुन गइरहेको इटहरीदेखि विराटनगरसम्मको वृहत कार र मोटर साइकल ¥यालीलाई व्यवस्थित, मर्यादित बनाउन उहाँले उल्लेखनीय भूमिका निर्वाह गर्दै हुनुहुन्छ । यसपटक हामीले यिनै युवा एवम् शिव सेना नेपालका केन्द्रीय सदस्य कर्णेलसँग संक्षिप्त वार्ता गरेका छौं । प्रस्तुत छन् उहाँसँग गरिएका वार्ताका मुख्य अंशहरु ः–

पौष २२ गते हुन कार्यक्रमका बारेमा प्रकाश पारिदिनुस् न ?
–यहाँ अहिले देशको सबैभन्दा ठूलो समस्या केहो भने नेकपाको दुई तिहाइको सरकार बन्दा पनि मुलुकमा आम नागरिक घोर निराशामा छन् । देशबाट महाराजधिराज सरकारले कुनै पनि नागरिकले राजनैतिक कारणले मृत्यु वरण गर्नु नपरोस्, मलुक समृद्धितर्फ अगाडि बढोस भनेर सहज ढंगले गद्धी छोडिबक्स्यो । तर नेपाली जनताको जीवनस्तर झन झन कष्टपूर्ण बन्यो । नेपाली जनताको नासो नेपाली जनतालाई जिम्मा लगाउँदा पनि देशमा भ्रष्टाचार, महँगी, अराजकता, दण्डहीनता, बेरोजगार गरिबीमात्र बढेको कारण नेपाली जनता पुनः राजसंस्थाको अपरिहार्यता देख्न थालेका छन् । यस्तो व्यवस्था भन्दा पनि राजसंस्था नै ठीक थियो हामीले त्यसबेला गल्ति ग¥यौ भनेर राजसंस्था ठीक थियो भन्दै मैसुुफको पूर्वाञ्चल भ्रमणको अवसर पारेर वृहत मोटर साइकल, कार ¥याली निकाल्दैछन् । यो कुनै संघ सस्था, पार्टीको व्यानरमा हुने कार्यक्रम होइन । यसमा आम नेपाली जनता स्वस्फूर्त रुपमा सहभागी हुँदैछन् । पश्चिमाञ्चलमा पनि आम जनता यसैगरी स्वस्फूर्त रुपमा उठेर राजसंस्था पुनस्र्थापनाको माग गरेका थिए । हामीले
नागरिकहरुको सहभागिता हुने यस कार्यक्रममा स्वयम् सेवकको भूमिका मात्र निर्वाह गर्न लागेका छौं । यो नितान्त जनता र पूर्वाञ्चलबासीको कार्यक्रम हो ।
कार्यक्रममा कति मानिसको सहभागिता रहला ?


–यसमा हाम्रो अनुमान अनुसार १५ देखि २० हजारको सहभागिता रहने छ । हामीसँग अपटुडेट मानिसहरु बसिरहेको, दैनिक कोअर्डिनेशन भइरहेको आधारमा यो भन्दा बढीको सहभागिता हुन सक्छ । सुनसरी जिल्लाको पनि भरौल, इचौल, कालाबन्जार, धरान, पानमारा, दुहवी, खनार,इटहरी, झुक्का, इनरुवा, हाँसपोसालगायतका स्थानका युवा युवती,बृद्ध बृद्धाहरुले निरन्तर कार्यक्रममा सहभागिताका लागि सम्पर्क गरिरहनु भएको छ । यैगरी मोरङ्गको विराटनगर, रगेली, बेलबारी, उर्लाबारी, टंकीसिनुवारी,झापाको दमक, विर्तामोड, भद्रपुर, काँकडभिट्टा, इलामको विभिन्न स्थान, पाँचथर, धनकुटा, तेह्रथुम, भोजपुर, उदयपुर, खोटाङ्गसम्मका मानिसहरुले सम्पर्क गरिरहनु भएको छ । हामीले उहाँहरुलाई संयोजन गरिरहेका छौ । सहभागिताहरुको समपर्कलाई मात्र पनि आधार मान्दा पौष २२ गते १५ हजार भन्दा बढी मोटर साइकल र २ हजार भन्दा बढी साना गाडी हुनेछन् ।
यत्रो वृहत कार्यक्रमको आयोजना कस्ले गर्न लागेको हो ? अर्थात कार्यक्रममा कस्को व्यानर रहन्छ ?
–कार्यक्रममा कसैको व्यानर रहँदैन । आयोजकको व्यानरमा लेखिएको छ पूर्वाञ्चलबासी नेपाली जनता भनेर । व्यानरमा नेपाली हामी रहौला कहाँ नेपालै नरहे भन्दै धर्म साझा, देश साझा, राजा साझा, नेपाली जनता जागौ, राजा ल्याऔै, देश र धर्मको रक्षा गरौ भन्ने मूल नारा रहने छ । ¥यालीमा कसैले कसैको अर्थात पार्टीका झण्डा रहँदैन । नेपाली झण्डामात्र रहन्छ । राजा, देश र धर्म सबैका साझा होइबक्सन्छ । राजा न शिव सेनाको हो, न एटिएफको हो, न राप्रपाको हो न साही शक्तिको हो । राजा देश र धर्म भनेको साझा कुरा हो । यो कसैको व्यक्तिगत हुँदैन । सबै पूर्वाञ्चलबासीको साथ र समर्थन
रहने भएकोले यो एउटा महायज्ञ पनि हो ।
कार्यक्रम गर्नुको मुख्य उद्देश्यचाहिँ के हो ? अझ प्रष्ट पारिदिनुस् न ?
–अहिलको परिस्थितिले उब्जाएको नागरिकको नैराश्यताले अब पुन ः राजाको आवश्यकता महसुस गरेकोले राजसस्था सहित हिन्दुू राष्ट्र स्थाना नै मुख्य उद्देश्य हो । यसमा सबैको साथ रहन्छ । आज जनता स्वस्फूर्त रुपमा आउँदैछन् ।
तयारी कसरी अगाडि बढेको छ ?
–यो विसुद्ध नेपाली जनताको कार्यक्रम हो । भन्नेहरुले धेरै कुरा भन्लान् । पेट्रोल बाँडिएको छ, भत्ता दिएको छ भनेर । तर केही पनि छैन । जनता वर्तमान राज्य व्यवस्थाबाट वाक्क भएर आफै आउन लागेका छन् । झण्डा समेत आफै बनाएर ल्याउँदैछौ । सहभागिहरुले हामी आउने मोटर साइकलमा आफै पेट्रोल हाल्छौ, आफ्नै खर्चले खाना खाछौ भन्नुभएको छ ।
आर्थिक रुपमा कसैले सहयोग
गरेको छ ?
–कसैले गरेको छैन । कसैको सहयोग पनि हामीलाई चाहिँदैन । यो नेपाली जनताले गरेको कार्यक्रम हो । विगतमा देखिएको थियो मोटर साइकलमा तेल हालिदिनुपर्ने, बेलुका खाना खाजा खुवाउनु पर्ने एउटा ट्रेन देखिएको
थियो । आज नेपाली युवाहरु तात्तिएका छन् । युवाहरु भन्छन् अब हामीलाई तेल, खाजाखाना होइन मुलुक बचाउनुु पर्छ भन्दै राजसंस्था पुनस्र्थापना गर्नुपर्छ भन्दै हुनुहुन्छ ।
पौष २२ गते नै कार्यक्रम राख्नुको कारण के हो ? अरु दिन पनि त यो कार्यक्रम राख्न सकिन्थ्यो ?
–यहाँले भन्नुभएको ठीकै हो । राजा यतिबेला पूर्वाञ्चल सवारी होइबक्सेको छ । यो एउटा अवसर पनि हो । यो कार्यक्रम मौसुफको सवारी हुनु भन्दा अगाडि नै तय भइसकेको हो । सिंगल वा एकजनामात्र आयोजक भइदिएको भए जतिबेला पनि राख्न सकिन्थ्यो । तर यहाँ त पूर्वाञ्चलका हरेक जिल्लाबाट कार्यक्रममा सहभागिता रहने छ ।
मोरङ, सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङ्ग, धनकुटा, तेह्रथुम, भोजपुर,संखुवासभा, खोटाङ्ग, उदयपुर, ओखलढुंगा,सोलुखुम्बु लगायतका जिल्लाका युवा, बृद्ध बृद्धाहरुको सहभागिता रहने भएकोेर्ले त्यसै अनुसार कोअर्डिनेशन गर्नुप¥यो । पोखराको कार्यक्रम सिद्धिने वित्तिकै यो कार्यक्रम गर्ने तय भएको हो । तर कोर्अिडनेशन गर्दा गर्दै अलिकति ढिलो भएको हो । यसमा शिब सेनाले नितान्त स्वयम् सेवकको भूमिका मात्र निर्वाह गर्ने हो ।
के अब नेपालमा राजसंस्था पुनस्र्थापना हुन सक्छ ? के छ यहाँको भनाई ?
–राजसंस्था पुनस्र्थापना हुन सक्छ भन्दा पनि नेपाली जनतालाई राजसंस्था कति छिटो चाहिएको छ त्यसै अनुसार हुने हो । दिनप्रतिदिन नेपाली जनताको यो व्यवस्थाप्रतिको आत्र,ोस सडकमा देखिन थालेको छ । दैनिकजसो १५–२० हजार युवाहरु व्यवस्था विरुद्ध सडकमा उत्रनु व्यवस्था विरुद्धको आक्रोस हो । राजसंस्था चाहने मानिसहरु धेरै संयमित छन् । राजसंस्था पक्षधरहरु भद्र, शालीन छन् । सत्तापक्षकै मानिसहरु पदीय भागबण्डा नमिल्दा यतिबेला सडकमा आएका छन् । उनीहरुले एउटा सम्मानित राष्ट्रपति विरुद्ध केही दिन अगाडि काठमाण्डौमा लगाएको नारा सुन्दा उनीहरुको स्तर मापन हुन्छ ।
राजसंस्था पक्षधरहरु कहिल्यै त्यसरी नाराबाजी गर्दैनन् । हामी हरेकलाई सम्मान गर्छौै ।
अन्त्येमा केही भन्नुहुन्छ ?
–मैले भन्नुपर्दा जागौ नेपाली अब जागौ । नेपालै नरहने हो भने नेपाली रहन सक्दैन । मुलुक जोगाउन राजा र प्रजा अब मिल्नुको विकल्प छैन । २२ गतेको कार्यक्रमलाई सफल बनाउन पूर्वाञ्चलबासी आमा, दाजु भाई दिदी बहिनीहरुलाई विनम्रता पूर्वक आग्रह गर्दछु । यसमा कसैको झण्डा छैन, दलको झण्डा छैन । राष्ट्रिय झण्डा बोकेर घर घरबाट निस्केर कार्यक्रम सफल बनाइ दिन पुन ः विनम्रता पूर्वक आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया