धरान÷ जथाभावि पार्किङ हुने धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवारीको चापलाई मध्यनजर गरी छुट्टै पार्किङको व्यवस्था गरेसंगै प्रतिष्ठानमा आएका सेवाग्राहीले सुविधाको महसुस गरेका छन् ।
विगतमा जथाभावि पार्किङ हुदा सवारीको चाप थेग्न नसक्नेमात्र हैन पार्किङमा राखिएका सवारी साधन चोरी हुन थालेपछि प्रतिष्ठानले छुट्टै पार्किङको व्यवस्था गरेको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपालबाट मात्र हैन भारतबाट समेत उपचारका लागि सर्वसाधारण आउने गरेका छन् । सवारी साधन लिएर आउने उनीहरुलाई पार्किङको समस्या त छूदैथियो, सवारी साधन हराउने पीर उत्तिकै हुन्थ्यो । विगत एक बर्षभन्दा अगाडिदेखि प्रतिष्ठानले छुट्टै खाली जग्गामा मोटरसाइकल, ट्याक्सी लगायतका सवारी साधनको पाकिङको व्यवस्था गरेपछि भने उपचारका लागि आएका सर्वसाधारणले राहतको सास फेरेका छन् ।
सुनसरी प्रकाशपुरका राजेन्द्र
रौनियारले उपचारमा आएका सर्वसाधारणका लागि छुट्टै पार्किङको व्यवस्था प्रतिष्ठानले गरिदिदा विगतमा जस्तो सवारी साधन चोरी हुने त्रास नभएको ्र निश्चिन्त भएर पार्किङ गर्न पाएको बताउनुभयो । उहाले पार्किङमा राखिएका सवारी साधनको पार्किङ गर्दा टाकनको व्यवस्था गरिदिए अझ सहज हुने उहा बताउनुहुन्छ ।
यस्तै भनाई धरान १३ का दुर्गा लिम्बुले विगतमा प्रतिष्ठान हाताभित्र निश्चित पार्किङ गर्ने स्थान नहुदा मोटरसाइकल हराउने चिन्ता थियो भने सर्वसाधारणका लागि छुट्टै पार्किङको व्यवस्था हुदा हराउने चिन्ता भने नहुने बताउनुभयो ।
प्रतिष्ठानले बढी भिडभाड हुने स्थानमा सवारी साधन पार्किङमा निषेध गरेको छ भने चिकित्सक तथा कार्यरत कर्मचारीका लागि जिओपिडी अगाडि पार्किङ गर्ने व्यवस्था मिलाएको छ । दैनिक सैयौको संख्यामा पार्किङ गर्नुपर्ने विशेष गरी रातको समयमा सवारी साधन बढी हराउने गरेको थियो । पार्किङलाई व्यवस्थित गर्दै २४ सै घण्टा सुरक्षाकर्मी खटाउने गरिएको सुरक्ष्ाँको जिम्मा पाएको भिआइपी सेक्युरिटी सर्मिसेस प्रालिका इन्चार्ज टेक लोहनी बताउनुहुन्छ । सर्वसाधा्रणको सहजतालाई ध्यानमा राखेर आगामी दिनमा टोकनको व्यवस्था गरिने उहाले बताउनुभयो ।
प्रतिष्ठानमा उपकुलपतिको रुपमा प्रा.डा. ज्ञानेन्द्र गिरी आएसंगै प्रतिष्ठानमा क्रमिक .रुपमा सुधारका काम हुन थालेका छन् । ती मध्ये पार्किङ पनि एक हो । विगतमा पार्किङ व्यवस्थित नहुदा दैनिकजसो सवारी साधन हराउने गर्दथ्यो ।
सर्वसाधारणको लागि छुट्टै पार्किङको व्यवस्था गरेसंगै सर्वसाधारणको सवारी साधन हराउन छाडेका छन् । यसले उपचारमा आएका सर्वसाधारणलाई राहत मिलेको छ ।
