घण्टाघरबाट हेर्दा

घरै भत्काइदियो रे
हाम्रा पर्धानमन्तरीलाई हिजोआज साह«ै जंग चल्न थाल्या छ । चिन्ता पनि लाग्या छ । आप्mनो छँदाखाँदाको घर बाँदरले भत्काइदिँदा कस्लाई जंग चल्दैन ? जंगलमा भत्किएको र सहर पसेको ढेडु बाँदरलाई विचाराले मान्छे बनाउन सक्छु कि भनेर कत्रो इज्जत सात घरमा हुलेका थिए । बाँदर मान्छे बन्ने करै थिएन । अन्तत ः विचारा खपओको छँदाखाँदाको घर नै भत्काइदियो । ढेँडु बाँदरसँगै यतिबेला मान्छे हुन हुन खोज्या दुईवटा
बाँदर पनि ढेंडु बाँदरसँगै साथ लागेर गाँछन् । त्यसमा एएटा बुकुने राते बाँदर र अको चाहिँ लंगुर बाँदार रै’छन् । यी बाँदार यतिबेला घरी माइतीघर मण्डलातिर भैसे पार्टी र कोटेश्वरतिरबाट उफ्रेर अएरसडकमा केही क्षण बस्छन् । आन्दानी बाँदर परेर होला सडकमा आएरबस्दा पनि पजेरो चढेर आउँछन्, बुटबुटमा सजिएर आउँछन् । अरु फुच्चे बाँदरसँग भलाकुसारी गर्छन् । एकछिछन् कोकोहोला मच्चाउने गरी चिच्याउँछन् पनि । जे होस् खप्रओले मान्छे बनाउन नसकेका बाँदरहरुले यतिबला सबैलाई भरपुर मनोरञ्जा द्या छन् ।
दिवशै दिवस
नेपाल विश्वमै किन चिन्या रै’छ भन्ने कुराको भेउ घण्टाघरले पाउनै सक्या थिएन । तर यसपटक घण्टाघरको घैँटामा नेपाल विश्वममा निक चिन्या रै’छ भन्ने कुराको राम्रै घाम लाग्या छ । अरु देशमा मरेर बर्षमा एक दुई वटा दिवस हुन्छन् तर नेपालमा कति दिवस छन् भन्ने कुरा गनिसाध्ये छैन । धेरै दिवस मनाउने भएैले नेपाल विश्वमा चिनिएको रै’छ । अस्तिका दिन भर्खर टोपी दिवस सम्पन्न भा’छ । अब विस्तारै धोती दिवस, फरिया दिवस, चोली दिवस, सुरुाल दिवस, तुना दिवस, इँजार दिवसको नि पक्कै शुरुवात हुन्छ नै । महिला दिवस, पुरुष दिवस, श्रमिक दिवस, मालिक दिवस, येमरी दिवस । आच्या हौ दिवस पनि कति हो कति । बर्षका एक सयदिन त दिवस नै पदोए रै’छ । अनि फुइøयाँको देशमा विकास हुन्छ । फुइøयाँको जनताको काम हुन्छ ?
विचारा उत्तानोचित परेछन्
आमा मरिहाल्छिन्े म पोइल हिडिहाल्छु भन्ने उखानले यतिबेला कुम हल्लाई हल्लाई , जुँगा नचाई नचाई, मुख बंग्याई बंग्याई भाषन ठोक्ने पचण्डाउ सँग ठ्यक्कै मेल खाएको छ । आफ्नो हुँदाखााँको घर भत्काएर ठूलो घरमा रजाई गरमला भनेर, रातारात अर्काको घरमा छिरेका पचण्डाउको यतिबेला सडकको बास हुन थाल्या छ । विचारो अिस्तका दिन त साह«ै चित्त दुखए । उन्ले पर्धानमन्तरी खप्रओको भनाई सम्झै तरक्कै आँशु चुहाए । मेरो आयु जम्मा २० महिनताको हो त्यसपछि तपाइएकै पालो हो भनेर खपओल े पार्टी एकता गराए । आज घर न घटको बनाए । त्यसैले अब म राजनीीतबाट
राजीनामा गर्छु रे । खुबै चोक्टा खान गा’थे चिरो झोलमै डुबेछन् । बीस मिहिनामा खपओ चैट हुन्छन्, त्यसपछि अध्येक्षे र पर्धानमन्तरी मै बनम्ला भनेर कम्ता सपना देख्या जिथएनन् । बीस महिनामा खपओ चै हहुने त होइन अझ काठमाण्डौमा मानव मल मुत्र परेको मुला झै स्वाँठ स्वाठिएर आएपछि प्रचण्डाउको निन्द्र हराम भएको थियो साँढेको राजकानी झर्ला र खाम्ला भनेर यिन्का समय फर्खिएकै हुन् । तर झनै छाँट नदेखिएसी उन्ले सन्यासको घोषना ग¥या हुन् । हुन त उन्को सन्यास स्यालको कथा जस्तै त होला नि †
सडकबाट गाली गलौज्
माकुन्याउ–प्रचण्डाउ र तिनका झोले कार्जेकर्ताहरुले यतिबेला सडकमा गाली पुराण वाचन गर्न थाल्या छन् । गाली पुराणमा यिनेरु पारंीगत रै’छन् । जजमाने वाहुने कितबै नहेरी फरर्र फरर्र मन्त्रोचरण गरेझै यिन्ले पनि मन्त्रोचरण ग¥या देखेर तिन्को विद्धताको घण्टाघरले पनि बयान गर्न थाल्या छ । अअस्तिका दिन शितल निवासे महारानीर वाल्वाटारे महाराजको नामै किटेर कम्ता मन्त्रोच्रण ग¥या हैनन् । संस्कृतमा फलोको ती मन्त्र………..तेरो सिन्दुर खोई….तेरो पोइ रे । राम राम † फर्रर त्यस्तो मन्त्रोच्रण गने त पचण्डाउका पूर्व कार्जेकर्ता पो रै’छन् । वाइस सेल हो कि तेइस सेलका पूर्व केन्द्रीय सदस्ये नरबहादुर विष्टलाइ मान्ननैपर्छ । मुखाग्री मन्त्रोच्चरण गर्ने तिनको खुबी चै मन्नै पर्छ । त्यस्ता खुबिवालाको सबैले सम्मान गर्नुपर्ने यतिबेला प्रहरीले विष्टलाई कार्वाही गर्न धुइँपतल खोज्दैछ रे । त्यस्ता विद्वान यतिबेला कति जन्सिकेका छन् । प्रहरीले कतिको खोजी गर्ला ?
मर्ने बेलामा हरियो काक्रो
चुनाउमा हारेर पनि चोर बाटोबाट अपर हाउसमा पुग्न सफल भएका बाउदेउ गौतमले नयाँ पार्टी खोल्ने रे । पिण्ड खाने बेलामा के नयाँ पार्टी खोल्न लाग्याहोलान् श्र नेकपा फुटेर यतिबेला एउटाले वाल्वाटारमा मस्ति गरिरहेको छ भने अर्कोचाहिँ सडकमा उत्तानोचित परेको छ । बाउदेउ न वाल्वाटार छिर्न सके न सडकमा गएर उफ्रन सके । दुै गर्न नसकेपछि तिको कन्पारोमा नयाँ जुक्ति फुरेछ । कसैलाई फराईद्या हो कि आफै फुरेको हो त्यो तिनै जानून । तर फुर्नचाहिँ पफु¥या छ । पार्टीको नामचाहिँ एकता अभियान रे । हैन हौ यिन्को मथिंगलमा कहिल्यै एकता भन्ने कुरा कहिल्यै आएन । अनि पार्टीको नाम मात्र एकता राखेर हुन्छ ? करनीर कथनीमा कहिल्यै मेल नखाएका बाउदेउले यस्तो एकता गर्लान् ? पहिला पनि पार्टी खोलेर हिडेकै हुन् । देशभरिको चुनाउमा गोलाकार सिट ल्याएपछि खुम्चिएर पुरानै घरतिर फर्केका थिए । पुरानो घर भत्काउने यिन्ले पनि गतिलै भूमिका खेल्या थिए । अहिले आएर एकता पार्टी रे । आँची गर्नेलाई भन्दा पनि देख्नेलाई लाज भन्या यही हो ।
आन्दोलन नगर्ने रे
पर्धानमन्तरी खप्रओले संसद विघटन गर्दैसी’ रोजीरोटी गुमेको भन्दै ऐरेगेरे नत्थु खैरे दलका नेता र तिनका झोलेहरु सडकमा उफ्रिएर मनोरञ्जन पदान गरिरहेका छन् । तर काँग्रेसका सभापति आच्या बूढानिलकण्ठे स्यालबहादुर सडकमा उफ्रिएर मनोरञ्जन पदान नगर्ने पक्षेमा पुग्या छन् । तिन्ले आफ्ना कार्जेकर्ताहरुाई सडकमा नाँच्न, गाउँन , थपडीबजाउन, सडकमा पलेँटी कसेर बस्न बन्देजलगाइ दिएका छन् । स्यालबहादुरले यस्तो ठण्डीमा आफ्ना कार्जेकर्तालाई चिसोबाट जोगाउने गतिलबै निनर्नय ल्या हुन् । तर अर्का पिलँधरे रामचन्द्रे बाजेलाई बुढेशकालमा के रौश चल्या होला सडकमा जानु पर्छ कि जानुपर्छ भनेर चिच्याएका चिच्यायै छन् । जको हैसियत जहाँ हो त्यसले त्यस्तै गफ गर्ने त हो । आफ्नो जिलमा अरुले बनाइदिएको पुल उद्घाटन गर्न जाँदा पाहा पछारेझै
पछारेर झण्डै झण्डै करङ्ग खुस्काइदिएको तिन्ले बिर्सिएछन् । आफ्नै निर्वाचन क्षेत्रमा गुल्टिङ्ग खेल्या पनि विर्सेछन् । स्यालबहादुरको निर्नयलाई चाहिँ मान्नैपर्छ ।
फोहोरी राजनीति नगर्ने
पर्धानमन्तरी खपओले अस्किा दिन भन्या अपाmू फोहोरी राजनीति नगर्ने रे । क्या वात गरे हाम्रा पर्धानमन्तरीले । यहाँ अरु सबै फोहोरी राजनति ग¥या छन् । सफा राजनीति गर्नेहरु यतिबेला वल्वाटारमा बस्या छजन् भने फोहोरी राजनीति गर्नेहरु सबै सडकमा पुग्या छन् । mोहोरी राजनीति पनि कम्ता ग¥या हुन् र ? आफ्नै छेरीलाई मतपत्र च्याती च्याती अर्काको बुई चढाएर चुनाउमा जिताउने, आफ्नै बुहारीलाई मन्तरी बनाउने, आफ्नै ज्वाईलई मेडिकल कलेजको अध्येक्षे बनाउने, अपाm्नी श्रीमतिलाई नसिर्सङ्गको अध्येक्षे बनाउने, सालीलाई जागिर खुवाउने, करोडौ रुपैया कमिशन पड्काउनेहरु कमसेकम यतिबेला साइड लाग्या छन् । ती ससाइड लागेपछि खप्रो बालाई यतिबेला कम्ता हाइसञ्चो भएको छैन । रातदिन क्याङ्गक्याङ्ग गरेर चल्न चटपटाउन सम्म द्या थिएनन् । बढारेर फाल्नुपर्ने कसिंग्र हावाले उडाएर लगेसी कस्लाई हाइसञ्चो हुँदैन कि कसो हौ ?
प्रदेशसभा भंग गर्न माग
सघमा खपओलाई हँटाएर खाम्ला, पिउँला भनेर तानावाना बुन्नेहरुको सपना चकनचुर भएसी इतिबेला तिनीहरु प्रदेशसभातिर गिद्धे नजर लगाएर अनेकौ तानावाना बुन्न व्यस्त भा’छन् । मुखख्ये रुद्ध अविस्वासको प्रस्ताव ल्याउने, ससदीय दलको नेताबाट हँटाउने र आफ्ना मान्ते हुल्ने धन्दामा लागेका माकुने–प्रचण्डाउको सपना प्रदेशतिर पनि सफल होला जस्तो छैन । त्यसै त काम नभएर हरिलठ्ठक भएका प्रेशहरु सेता हात्ती हुन् । ट्वाइलेट उद्घाटन गर्ने, मेलापातको उद्घाटन गर्ने, संगृरको खोर, बाखा्रका खोर, गाइ गोठm, झिाना मसिना बोसे पुल उद्घाटन गरेर दिन कटनी र तलब, भा, सुरक्षा, आवास पाउँदै आएको पदेश सभाका मुखमन्तरी, मन्तरी , सांसदको कामै छैन । विकामेहरुलाई ज्वाई जसरीपाल्नु भन्दा प्रदेशसभा नै खारेजज गर्न सबबैले माग गर्न थाल्या छन् । हाम्रो पर्धानमन्तरी मुढी स्वभावका छन् । कुन दिन पारो तलमाथि गर्छ त्यसदिन न जुठे न जुठेकी आमा भनेझै प्रदेशसभा स्वालात्तै बनाइदिन्छन् । अनि देिख्लान् माकुन्–पचण्डाउले दि उँसै तारा ।

तपाईको प्रतिक्रिया