आज राजसंस्था समर्थकहरुको इटहरीदेखि विराटनगरसम्म कार र मोटरसाइकल ¥याली

इटहरी÷दिनप्रति दिन मुलुक अन्यौलतातर्फ धकेलिदै गएको अवस्थामा पूर्वाञ्चलका जागरुक युवाहरुले आज राजसंस्थाको स्थापना र हिन्दु राज्य कायम हुनुपर्नै माग राखी सुनसरीको इटहरीदेखि विराटनगरसम्म विशाल मोटर साइकल र कार ¥यालीको आयोजना गर्ने भएका छन् ।
पछिल्लो केही महिना यता युवाहरुकै सक्रियतामा देशका विभिन्न स्थानमा राजसंस्था पुनस्र्थापना र हिन्दु राज्य कायमको माग राखी स्वस्फूर्त रुपमा ठूला ठूला कार्यक्रमहरुको आयोजना हुँदै आएको छ ।
पूर्वाञ्लबासी जनताको नामको व्यानरमा आयोजना हुने कार र मोटर साइकल ¥यालीका सम्बन्धमा पौष २० गते सोमबार आयोजकका तर्फबाट पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा आयोजकका तर्फबाट शिव सेना नेपालका केन्द्रीय सदस्य सुरज कर्णेल, विराटनगरका अध्यक्ष राजु पोख्रेल र युगप्रिय निरौलाले पत्रकारहरुको जिज्ञासाको जवाफ दिनु भएको थियो । अध्यक्ष पोख्रेलले भन्नुभयो मुलुक यतिबेला गम्भीर मोडमा पुगेको छ । अब मुलुक बँचाउन हरेक युवाहरु संकीर्ण राजनैतिक घेराबाट माथि उठ्नुपर्छ । राजसंस्था स्थापना र हिन्दू अधिराज्यका लागि हजारौ युवाहरु स्वस्र्फू रुपमा मोटर साइकल र कार ¥यालीमा सहभागी हुँदै हुनुहुन्छ ।
उहाँले भन्नुभयो अब सघीयता देशले धान्न सक्दैन । सघीयता खारेज हुनुपर्छ । संघीयता र गणतन्त्र देशका लागि अफापसिद्ध भइसकेको ज्वलन्त उदाहरण प्रतिनिधिसभा विघटनले पुष्टि गरिसकेको छ । दुई तिहाई वहुमतको सरकारले काम गर्न सकिन, काम गर्न दिएनन् भन्दै संसद विघटन गर्नुले वास्तवमै गणतन्त्र, सघीयता र धर्म निरेपक्षताले मुललुकलाई हित नगरेको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो विदेशीको दबाब, इसारा, पदीय र आर्थिक लालसा देखाएर केही नेताहरुले जबरजस्ती राजसंस्था र हिन्दूराज्य
खारेज गरेको भन्दै अब यसको खारेजीको विकल्प नरहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया