विश्व नेपाली साहित्यक महासंघका बरिष्ठ सल्लाकार कृष्ण प्रकाश श्रेष्ठलाई २ लाख राशीको पुरस्कार

धरान÷विश्वभरका साहित्यकारहरु एकजुट होऔ नेपाली साहित्यलाई समृद्ध बनाऔ भन्ने नारामा साथ गठन भएको विश्व नेपाली साहित्य महासंघका बरिष्ठ सल्लाहकार समेत रहनुभएका कृष्णप्रसाद श्रेष्ठलाई नेपाल प्रज्ञा प्रतिष्ठानले दुई लाख रुपैया राशीको अनुवाद पुस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
नोभेम्बार ७, १९३८ मा थानकोट काठमाण्डौमा जन्मनु भएका श्रेष्ठ विगत ६ दशक देखि रसियामा रहेर नेपाली भाषा साहित्यको सेवामा जीवन समर्पण गरी निरन्तर लागिरहनु भएको छ । पटना विश्व विद्यालयबाट विए, मस्को राजकीय विश्व विद्यालयबाट स्नाकोत्तर, प्राच्य विद्या संस्थान रुसी विज्ञान प्रतिष्ठानबाट विद्यावारिधी गर्नुभएका श्रेष्ठले ४० बर्ष सम्म रेडियो मस्कोमा नेपाली कार्यक्रम सञ्चालन गर्नुभएको थियो । उहाँका नेपाली, हिन्दी, रसियन गरी एक सय भन्दा बढी कृतिहरु प्रकाशित भएका छन् ।
विश्व नेपाली साहित्य महासंघका केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बु परदेशी र महासचिव सुनिता राई कन्दङ्गवाले पौष ७ गते एक बधाई पत्र प्रकाशित गरी नेपाल प्रज्ञा प्रतिष्ठानको निर्णयप्रति आभार व्यक्त गर्दै समितिका बरिष्ठ सल्लाहकार श्रेष्ठलाई बधाई दिनु भएको छ । उहाँहरुद्वारा प्रकाशित बधाई पत्रमा भनिएको छ, श्रेष्ठ जस्ता विशिष्ट व्यक्तित्वको पहिचान गरी पुरस्कृत गर्ने निर्णय लिइएकोमा प्रतिष्ठानका उपकुलपति गंगाप्रसाद उप्रेतिसहित सम्पूर्ण परिवारप्रति हामी कृतज्ञता प्रकट गर्दछौं । नेपाली भाषा साहित्यको सेवामा अतुलनीय योगदान पु¥याउनु हुने पुरस्कृत स्रष्टा अत्यन्तै आदरणीय श्रेष्ठको उच्च सम्मान गर्दै सु–स्वास्थ्यको कामना समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया