घण्टाघरबाट हेर्दा

सर्प पालेर चाल पाएछन्
इलातिरका अकबरे बाजे माने ताइ न तुईका काम्रेड झल्लाझलुले अस्तिका दिन भन्या ओली गोमन सर्प हुन् रे । झल्ला झलुलाई अस्तिका दिन भन्या ओली गोमन सर्प हुन रे । झल्ला झलुलाइ यो कुराको ज्ञात धेरै ढिलो भयो । हुन त सर्प पाल्न थालेपछि मात्र उनलाई खप्रओ गोमन सर्प हुन भन्ने कुराको दिव्य ज्ञान प्राप्त भएको होला । जिउँदो छँदै आफ्नै नाममा प्रतिष्ठान खोलेर सर्प पाल्छु कि सर्प पाल्छु भनेर खुट्टा बजारी बजारी वाल्वाटारमा पुगेर तिनै खप्रओका अगाडि तरक्क आँश बगाएसी’ खप्रोले तिनका आँशु देख्न नसकेर ७२ करोड द्या थे । अब अहिले ७२ कराडले रनक्क फुलेर खप्रओतिरै फणा फुलाउँदै हिड्न थाल्या छन् । झल्ला झलु साह«ै गुनी छन् । डकार्न पाउन्ज्याल खप्रओ आफनो भए । डकार्न पाउन छाडेपछि खप्रओ गोमन सर्प भए । जसले दूध पिलाएर यमानका बनाए आज तिनैलाई म्याउ गर्न थाल्या छन् । साह«ै बैगुनी रै’छन् झल झलु । कुन दिन तिन्ले माकुने र प्रचण्डाउलाइ पनि ढुग्न बेर छैन । कि कसो हौ ?
सडक आन्दोलन नछाड्ने रे
माकुन्याउको मलद्वारलाई पनि हरिद्वार देख्ने योगेसाउ यतिबेला सडक नछोड्ने भन्दै कुर्लन थाल्या छन् । वाल्वाटारबाट खप्रओ नहँटेसम्म सडक आन्दोलन नछाड्ने रे । खप्रओलाई वाल्वाटाराँ तिन्ले लगेर राख्या हुन र ? योगेसाउ सडकमा लम्पासर परुन कि, सडकमै लडीबुडी गरुन कि, सडकमै बास बसून कि ख्रपओलाई बाल मतलब पनि छैन । पदमा बस्दा तिनले अचाक्ली नै खुट्टा घुमाएका थिए । श्रीमति, सालासाली, भान्जाभान्जी सहितका आफन्तलाई ठाम ठाममा घुसाएका थिए । कोभिडले कन्तविजोग भएर विदेशमा बसेकाहरुबाट करोडौ असुलेका थिए । अब अहिले नयाँ जहाज किन्ने र अरबौ कुम्लाउने योजना बनाका थे । विनाशकाले विपरीत बुद्धि भन्या यही हो । थपक्कसँग खप्रओतिर घुस्न गा’को भए न पद जान्थ्यो न सडकमा धतुराएर हिड्नुपथ्र्यो । अब माकुनेले, प्रचण्डाउले यिन्लाई के विस्ट्याई देलान् । आफै त महादेव उत्तानो टाङ कस्ले देला वर भनेझै माकुने र प्रचण्डाउ आफै सडक छाप भा’छन् । लाखौ जन्ताले हाम्लाई साथ दिन्छन् भनेर राँडे रुवाई नगरेकै वेश । जन्ताले अब सडकबाट पनि लर्घार्लान है योगेसाउ ।
हामी यता छम् रे
माकुने र प्रचण्डाउलाई जन्ताले चिन्नै छाडेसी अस्तिका दिन तिनले माइतीघर मण्डलाको सडकमा छातीमा हामी यता छम भन्ने पम्प्लेट टाँसेर बस्या देख्या घण्टाघरलाई कहिले सासूको पालो कहिले बुहारीको पालो भन्ने उखान याद आयो । पहिला पहिला सडकमा निस्कदा सबैले चिन्थे, जहाँ भएपनि पत्तो लगाएर मान्छेहरु पुग्थे । कठैबरा अब त चिन्नै पो छाडेछन्, कहाँ छन भनेर सोधी खोजी नै गर्न छाडेछन् । छातीमा त्यत्रो पम्प्लेट टाँस्दा पनि कसैले चिन्न त परै जाओस वास्तै पो गरेनछन् । पदका लागि उखु किसानको ठाउँ समेत कब्जा गरेर ड्याम्मसँग बसेको देख्दा बाटोमा हिड्नेहरु पनि लाजले भुतुक्क भएका थिए । उखु किसानको आन्दोलनमा धेरै थरिका मान्छेहरु सहानुभूति दिन, एयवद्धता जनाउन आएका थिए । तर यिन्लाई सबैले सक्तो सराप मात्र गरे । आफैलाई चिनाउन अब आफ्नै छातीमा पम्प्लेट टाँस्नुपर्ने कस्ता दिन आयो ।
कम्निष्टको पुच्छर अँठ्याउन आतुर
कम्युनिष्टहरुको त बुद्धिको भाँडोमा बिर्को लाग्यो लाग्यो काँग्रेसको बुद्धि पनि किन जाम भएको हँ ? अब हेरम न काँग्रेस अझै पनि कम्युनिस्टको पुच्छर अँठ्याएर वैतरणी तर्न खोज्दै छ । सभापति माने बूढानिलकण्ठे स्यालबहादर र पुल उद्घाटन गर्न जाँदा पनि करङ कुस्काई माग्ने रामचन्दे्र बाजेको पनि कित्ताकाट भए छ । स्यालबहादुर खप्रओको नजिक भा’का छन् भने रामचन्द्रे बाजे प्रचण्डाउ र माकुनेको कित्तामा पुग्या छन् । स्याल बहादुरले खप्रओ सत्तामा छउन्ज्याल मुर्रो फाइदा लिनु परेको छ । त्यसैले ओलीको संसद विघटनको निर्णय सही छ भन्दै आफ्ना कार्जेकर्ताहरुलाई सडक आन्दोलनमा नजान निर्देशन दिइरहेका छन् । उता बद्धी नभाका बाजेचाहिँ सिँंगो कांग्रसले प्रचण्डाउलाई साथ दिन्छ भनेर कुर्लिरहेका छन् । हैन काँग्रेसका कार्जेकर्ता स्यालबहादर र बाजेका हरुवा चरुवा हुन कि क्या हो हँ ? यिन्ले जे जे भन्यो त्यही त्यही मान्दिनु पर्ने ? गुहु र गोबर छुट्याउन नसक्ने यी दुईले काँग्रेसलाई पनि भड्खालोमा जाक्छन् कि क्या हो ?
फुर्फुर गर्नेहरुको कन्तविजोग हुने
पर्धानमन्तरी खप्रओ राष्ट्रवादी नै रै’छन् । आफू र आफ्ना परिवारका लागि मात्र काम गर्न थालेपछि गएको साता उन्ले संघीय संसद नै भंग गरिदिए । काम न काज तलब भत्ता खाएर मोजमस्ती गर्दे आएकाहरु यतिबेला पाहा पछारिए जस्तो पछारिएका छन् । अझै दुई बर्ष खाम्ला भन्ने सोच्या थिए, सडेलहरुको सपना पूरा हुनै पाएन । उता प्रदेशसभामा उत्तानो टाङ लगाएर बाख्राको खोर, सुंगुरको खोर, टइलेट, धान रापाई, चिया पसलको उद्घाटन गरेर मजगुनमा रमाएकाहरुका पनि सपनाले हावा खाला जस्तो छ । ओलीले देशमा एकलौटी खाए भनेर आरिस गर्नेहरु यतिबेला सडकमा आएका छन् भने प्रदेशमा खान खोज्नेहरुको कन्तविजोग होला जस्तो छ ।
विचरीले पानी झार्नै सकिनन्
प्रचण्डाउकी बुहारी विना थापा मगरले पानी झार्नै सकिनन् । विचरीले पानी झार्न बल नगरेकी पनि होइनन् । तर के गर्नु जति गर्दा पनि झार्न नसकेपछि ? तीन बर्षेखि काठमाण्डौका बासिन्दालाई अहिले झार्छु कि भरे झार्छु जस्तो गरिन् । धरानतिर पनि झार्छु भन्या थिइन् । न काठमाण्डौमा झारिन न धरानमा झारिन् ? दुवैतिरको पानी झार्ने पैसो भने गज्जबले पचाइन् । सबैले यिनले त झार्लिन भन्ने आशा गरेका थिए । आखिरी प्रचण्डाउकी बुहारी न परिन् । जस्तो ससूरा त्यस्तै बुहारी । प्रचण्डाउले पनि देशमा अमनचयन ल्याउने, समाजवाद ल्याउने, देशलाई सिंगापुरै बनाइदिने भन्या थिए । लाष्टाँ त उही सिँगापुरको सट्टामा झिंगापुर बनाइदिए । बुहारीले नि मेलम्चीलाई दुहुनो गाइ जस्तै तीन बर्षसम्म दुहुनु दुईन । अहिले सडकतिर ससूरासँगै नृत्य गर्दैछिन् क्यारे ।
अध्येक्षे दिएनि नआउने
चोर बाटोबाट राष्ट्रिये सभाको दैलो खोलेर सांसद बन्न पुगेका बाउदेउ गौतमले अस्तिका दिन प्रचण्डाउलाई गतिलै जाफ पटाएछन् । हुन त विना पिँधको लोहोटा भनेर चिनिने गौतमको जवाफ जतिसुकै गतिलो भए नि विश्वासचाहिँ गरिहाल्न सकिदैन । अहिलेसम्म न माकुने प्रचण्ड र खप्रओतिर खुलेका बाउदेउलाई माकुने प्रचण्डले फकाएका फकायै छन । अनेकौ ललिपप खिलाएका खिलायैै छन् । तर तिन्न्का ललिपपले बाउदेउलाई लठ्याउनै सक्या छैन । अस्तिका दिन त माकुने प्रचण्डाउलाई साह«ै जग चलेछ क्यारे भन्दिए मलाई अध्येक्षे पद दिए नि तिमेरको समूहमा आउँदिन । क्या वात बल्ल बल्ल माकुने प्रचण्डाउले एउटा एउटा अध्यक्ष पद पाएका छन् । अरु पनि पाइएला कि भनेर सडकमा बदाम बेचेर बस्या छन् । त्यही एउटा अध्येक्षे पनि पनि बाउदेउलाई दिएर जोगी हुनु छ र ?
अन्तेमा
आयाराम गयारामको उपाधी पाएका घरेलु मन्तरी रामबहादुर थापा बादल अन्तत ः खप्रओतिरै टाँसिएछन् । खप्रओसँग टाँसिदा मालामाल हुने माकुने प्रचण्डाउसँग टाँसिदा सडकको बास हुने भएपछि मगरकाजीले किन खप्रओको साथ छोड्ेथे ? उन्ले त उल्टै प्रचण्डाउलाई अस्तिका दिन अवसरवादी र विभाजनकारी भनेर आरोपै लगाए । राजनीतिक भन्या त्यो नेपालमा जा मल्खु उतै ढल्कु जस्तो त हो । बलेको आगो ताप्न छाडेर कोही सडकको चीसो खाना जान्छ
त ? वडा चलाख छन् घरेलु मन्तरी थापा । मगर काजी थापा मात्र होइन प्रचण्डाउलाई जुम्रो छाडेझै यतिबेला टोपबहादुर रायमाझी,लेखराज भट्ट, अग्नी सापकोटा लगायतले पनि चटक्कै छाड्दया छन् । धन्न माकुने र झल्ला झलुले तिनको पाखुरामा अँठयाएका छन् । नत्र प्रचण्डाउ कहाँ जुठे कहा जुठेकी आमा हुने थिए ।

तपाईको प्रतिक्रिया