धरान÷ शाही कालमा राजा वीरेन्द्रको नाममा वीरेन्द्र शिल्ड हुने गरेको थियो भने लोकतन्त्र स्थापित भएपछि राष्ट्रपतिको नाममा राष्ट्रपति कप हुने गरेको छ । मुलुकमा संघीयता आएपछि हरेक स्थानीय तहले मेयर कप फुटबल प्रतियोगिताको आयोजना गर्ने गरेका भए पनि अब भने सघीयताको मूलमर्मलाई टेकेर वडाअध्यक्ष कप समेत हुन थालेको छ ।
धरानमा आधा दर्जन जति फुटबल प्रतियोगिता हुने गरेका छन् । ती मध्ये धरानकै पुरानो गोल्डकपको रुपमा धरानका वडास्तरीय गोधुली फुटबल प्रतियोगता, राष्ट्रिय स्तरको बुढासुब्बा गोल्डकप आयोजनासंगै स्व. तारा सुब्बा निर्वाचित भएर आएपछि धरानमा मेयर कपको समेत आयोजना शुरु भएको थियो ।

तर अहिले धरान १४ ले पहिलो पटक आफ्नो वडामा रहेका टिमलाई सहभागिता गराएर पहिलो पटक वडाध्यक्ष कप ्रतियोगिता सम्पन्न गरेको छ । यसले ग्रास रुटमा भएका खेलाडी पहिचानसंगै खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने धरान उपमहानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो ।
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले वडाले गरेको प्रतियोगिताले राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
संघीयता कार्यान्वयनपछि पहिलो पटक धरानमा भएको वडाध्यक्ष कपका फाइनलमा धरान–१४ कै नया टोल समितिले जितेको छ ।
धरान १४ को विजयपुर खेलमैदानमा सम्पन्न फाइनल खेलमा हात्तीसार टोल समितिलाई र नया“ टोल समितिल ० का विरुद्ध १ गोल गर्दै उपाधि हात पारेको थियो । जितसंगै नया“ टोलले नगद २५ हजार, मेडल र रनिङ शिल्ड प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको हात्तीसारले नगद १५ हजार र मेडल प्राप्त गरेको थियो ।
