बीपी प्रतिष्ठानमा चरम अराजकता –उपकुलपतिकै अगाडि डाक्टरको हानाहान रजिष्ट्रारको उपकुलपति बन्ने सात करोडको सेटिङले हावा खायो ः प्रतिष्ठानमा हिसिला प्रवृत्ति हावी

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका फ्याकल्टी शिक्षक तथा कर्मचारीहरुको बढुवा प्रक्रिया रोकिएको बर्षो भयो । बढुवा सम्बन्धमा प्रतिष्ठानका सिनियर, जुनियर फ्याकल्टीबीच सधै रडाको मच्चिने गर्छ ।
यसले प्रतिष्ठानको कार्यक्षमतामै ह्रास आएको छ । फ्याकल्टी शिक्षक तथा कर्मचारीहरुले व्यवस्थापन समक्ष पटक पटक प्रमोशनको कार्य अगाडि बढाउन दबाब दिएपछि गएको ४४ औं सिनेट बैठकले उपकुलपति डा. ज्ञानेन्द्र गिरीको संयोजकत्वमा एउटा समिति समेत गठन गरेको थियो ।
महिनौ लगाएर समितिले प्रमोशनको कार्यविधि तयार पार्दे प्रतिवेदन बुझाइसकेको अवस्थामा गत सोमबार उपकुलपति डा. गिरीले फ्याकल्टीहरुलाई छलफलमा बोलाएको एक प्राध्यापकले बताए । उनका अनुसार छलफलमा मेडिकल तथा डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष लगायत सिनियर, जुनियर फ्याकल्टीहरुको उपस्थिति रहेको थियो । प्रतिष्ठानका डा. पप्पु रिजाल, डा. सूर्य रिमाल, सन्दिप रिमाल, डा. नारायण भट्टराई, डा. आशिष घिमिरे, डा. निदेश सापकोटा, डा. सरुण कोइराला, डा. रविन मास्के समेत रहेको छलफलमा दुई डाक्टरले विवाद गर्दा हात हालाहाल सम्मको अवस्था सिर्जना भएको थियो ।
छलफलमा सहभागी एक चिकित्सकका अनुसार सिनियर र जुनियर फ्याकल्टी बीचको लडाईले प्रतिष्ठान अस्तव्यस्त भइरहेको बेला जिम्मेवार फ्याकल्टीहरुको हात हालाहालले उपकुलपति समेत आश्चर्यमा परेका थिए । सिनियर फ्याकल्टीलाई जुनियरले इज्जत नगरेको आरोप लाग्दा जुनियर फयाकल्टीहरुले पनि सिनियरहरुलाई आफ्नो हक हितमा रोकावट गर्न लागेको आरोप लगाएका थिए ।
चिकित्सकले पदीय मर्यादा नै विर्सिए
छलफलमा सहभागी एक चिकित्सका अनुसार त्यहाँ दुई चिकित्सकले पदीय मर्यादा नै बिर्सिएर एक अर्काको कठालो समता समातको अवस्था सिर्जना भएको थियो । उनका अनुसार जुनियर फ्याकल्टीहरुले सिनेटबाट पारित ६५ बर्षमा हुने अवकाशलाई कार्यान्वयन हुन नदिन लविङ गरेका छन् । उनले भने गुट उपगुटको राजनीति गर्ने गरेको, सिनियर पदाधिकारीहरुबाटै परिचालित हुँदै आर्थिक चलखेलमा लाग्ने गरेको आरोप पनि छ । मेडिकल र डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष लगयत पदाधिकारीहरुले बेला बेलामा प्रतिष्ठानका सिनियर फ्याकल्टीहरुलाई काम नलाग्ने, काम चोर, विना कामको तलब भत्ता लिने गरेको आरोप लगाउँछन् । केही दिन अगाडि एक बरिष्ठ प्रोफेसरले सोसल मिडियामा पोष्ट गर्दै आफैले पढाएको विद्यार्थीहरु जुुनियर फ्याकल्टी हुँदा सिनियरलाई काम नलाग्ने भनेर मानमर्दन गर्ने गरेको दुःखेसो पोखेका थिए ।सोमबार उपकुलपतिले छलफलका लागि फ्याकल्टी एसोसिएसन लगायतलाई बोलाउनु भएको थियो । छलफल हुँदै गर्दा चिकित्सकबीच कुरा बाँझियो । शुरुमा उहाँहरु वादविवादमा उत्रनु भयो । पछि तँ तँ र म म भन्दै हात हालाहालमै पुग्नुभयो, छलफलमा सहभागी एक फ्याकल्टीले नाम उल्लेख नगर्ने शर्तमा भने । पछि छलफलमा सहभागी फ्याकल्टीहरुले दुई जनालाई छुट्याएका थिए ।
उपकुलपति गिरी ट्वा परेर हेरे

दुई चिकित्सकको झगडालाई उपकुलपति डा. गिरीले भने ट्वाँ परेर हेर्नुबाहेक केही गर्न सकेनन् । चिकित्सक जस्तो मर्यादित पेशामा रहेकाहरु तल्लो स्तरमै पुगेर कठालो समातासमात गरेको देखेपछि उपकुलपति डा. गिरीले बीपी प्रतिष्ठानलाई सुधार्न नसक्ने भएँ भनेर खुइøयँ काढेका थिए । चिकित्सकीय पेशा आफैमा मर्यादित पेशा हो । तर पछिल्लो समय चिकित्सकहरुमा मर्यादा र अनुशासन हराउदै गएको आभाष भएको छलफलमा सहभागी एक चिकित्सले बताए । उनले भने यद्यपि सबै चिकित्सहरुमा यो लागू हुँदैन । उहाँहरुले त्यहाँ गरेको हर्कत र व्यक्त गरेको शब्द लेख्न योग्य छैन, उहाँहरुले चिकित्सकीय मर्याादा समेत भुल्नुभयो उनले भने ।
सात करोडको सेटिङले हावा खायो

यता प्रतिष्ठानका रजिष्ट्राको नियुक्ति लिँदै उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई तीन महिनाभित्र हँटाएर आफू उपकुलपति बन्ने सात करोडको प्याकेज सहमति गरेर तिब्र चलखेल गरिरहेका डा. मोहनचन्द्र रेग्मीलाई संसद विघटन र नेकपाको फुटले ठूलो झट्का दिएको छ ।
देशको वर्तमान राजनैतिक अवस्थाले रजिष्ट्रार डा. रेग्मीलाई उपकुलपति बनाउने सेटिङमा लागेका एक मदिरा व्यवसायी, पूर्व सभामुख सुभाषचन्द्र नेम्बाङका छोरा, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलकी श्रीमति सुजाता शाक्य र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालका छोराले तत्काल डा. गिरीलाई उपकुलपतिबाट हँटाउन नसकिने भयो भन्दै हात झिकेपछि आफनो सात करोड हावाले उडाएको महसुस गरेर रजिष्ट्रार रेग्मी दुई दिन पहिला उपकुलपति डा. गिरीको आवासमा गएर अनेक अनुनय विनय गर्दै माफी मागेको एक कर्मचारीले बताए । डा.रेगीमीले आफ्नो गुमेको छवि सुधार्न उपकुुलपति र अन्य व्यक्तिहरुसँग मध्यस्थता गर्न आफ्नै श्रीमतिलाई पनि सक्रिय बनाएका छन् उनले भने । सम्बन्धित निकायले उनको मोवाइलको कल डिटेल हे¥यो भने प्रष्ट हुन्छ । श्रीमान् पदमा श्रीमति सेटिङमा, प्रतिष्ठनमा डा. बाबुराम भट्टराईको जस्तै हिसिला प्रवृत्ति हावी हुन थाल्यो, उपकुलपतिले बनाएको सल्लाहकार समितिका एक सदस्यले भने ।

तपाईको प्रतिक्रिया