नेपालको नयाँ संविधान जारी भएपछि नेपाली जनताले राज्यबाट ठूलो अपेक्षा गरेका थिए । राज्य सञ्चालनको जिम्मा पाएकाहरुले जनताका आकांक्षा अपेक्षा पूरा गर्लान् भन्ने सोच राखेका थिए । तर त्यसको ठीक उल्टो भएको छ ।
देशमा यतिबेला तीन तहका सरकार छन् । स्थानीय, प्रदेश र संघीय सरकार दिनप्रतिदिन जनताका लागि बोक्नु भन्दा Ïयाक्नु वेशको अवस्थामा पुगेका छन् । स्थानीय सरकारले गल्ति गर्दा प्रदेश सरकारले नियन्त्रण, प्रदेश सरकारले गल्ति गर्दा संघीय सरकारले नियन्त्रणको अवस्थै रहेन । सबै आफ्नै मोजमस्तीमा चलेका छन् ।
मुलुकमा सरकार पनि छ ? भन्ने आभाष कहीँ कतै छैन । जनप्रतिनिधि हौ भन्नेहरु नै मनोमालिन्य ढंगले चलेका छन् । उनीहरु आफूलाई छोटे राजा भन्दा कम आक्दैनन् । जनताले खाइ नखाई
तिरेको करको चरम दुरुयोग गरिरहेका छन् । भ्रष्टाचारी, बलात्कारी, माफिया, तस्करीहरुको संरक्षण बनेका छन् । स्रोत साधनहरुमाथि पैत्रिक सम्पत्तिमाथिको कब्जा जमाए जस्तै कब्जा जमाएर बसेका छन् । एकातिर आपूmलाई जन प्रतिनिधि भन्छन् अर्कोतिर जनताकै हुर्मत लिन्छन् । ठेक्कापट्टा लगायतका काममा आफै अगाडि सर्छन् ।
आफ्नो निजी स्वार्थका कारण जनप्रतिनिधि पदकै, मर्यादाको धज्जी उडाएका छन् । अनियन्त्रित महंगीले आम सर्वसाधारण बाँच्न नसक्ने अवस्थामा पुगेका छन् । जनप्रतिनिधिको विल्ला भिरेर महँगा गाडीमा त्यसै हाइफाई गर्दै बिना काम तुक न बेतुकसँग तिनै जनताले तिरेको करबाट हुइकिएका छन् । तीनै भोट दिने जनतालाई हप्काएका छन् । जनप्रतिनिधि जिम्मेवारी हो व्यवसाय होइन भन्ने सामान्य ज्ञान समेत नभएको देखिएको छ । जनप्रतिनिधिको रवाफमा केवल कमाउ धन्दामा लाग्दा आम सर्वसाधारण मतदाताको यिनीहरुलाई हेर्ने दृष्टमै फरक परेको छ । सबै चोरै त हुन नि भन्ने छाप परेको छ । छोटो समयमा अर्थात केही बर्षको अन्तरालमा नेपाली जनताले पञ्चायत भोगे, प्रजातन्त्र भोगे र अहिले गणतन्त्र भोग्दैछन् । यी तिनै व्यवस्था भोगाइका क्रममा गणतन्त्र सर्वाधिक घृणायोग्य भएको उनीहरुले महसुस गर्न थालेका छन् ।
कुनै पनि व्यवस्था आफैमा नराम्रो हुँदैन । त्यसलाई सञ्चालन गर्ने जिम्मेवारी लिएका सारथीहरुले शुझबुझ ढंगले जनचाहना अनुरुप काम नगर्दा वितृष्णा उब्जन्छ र त्यो स्वभाविक पनि हो । जनप्रतिनिधिको मुख्य दाउ आफू कसरी सत्तामा टिक्ने र बढी भन्दा बढी दोहन गर्ने भन्नेमै केन्द्रित हुन थालेको छ । स्थानीय स्तरमा मात्र नभएर केन्द्रीय स्तरमा पछिल्लो ६ महिना यता देखिएको सत्ता पक्षीय भित्रकै रोइलोले त झन नागरिकहरुलाई आक्रोस बनाएको छ भने अन्तर्राष्ट्रिय जगतलाई हँसाउने काम गरेको छ । सर्वोच्च पदमा पुगेको व्यक्ति व्यक्ति बीचमा तँ भ्रष्टाचारी होस्, तँ महा भ्रष्टाचारी होस्, तँ हत्यारा होस, तँ महा हत्यारा होस् भन्दै तल्लो स्तरको गाली गलौजमा उत्रन थालेपछि त्यसलाई आम सर्वसाधारणले कसरी लिने ? नागरिकले भर पर्ने निकाय कही पाउन सकेनन् । सत्ता पक्षबीचमा मात्र नभएर प्रतिपक्षका बीचमा पनि यही प्रवृत्ति देखिछ । आफ्नो कारणले दलले इतिहाँसमै लज्जास्पद हार व्योहोर्नु प¥यो भन्ने शास्वत सत्यलाई आत्मसात नगरी सदा सर्वदा त्यही पदमा आशिन भइरहने मनस्थितिले प्रतिपक्षी समेत जनताका नजरमा माथि उठ्न नसक्ने अवस्थामा पुगेको छ । यतिमात्र नभएर सत्ता पक्षले गरेका हरेक जनहित विपरीतका कार्यहरुलाई मौन समर्थन गर्नु थप रहस्यमय बन्न पुगेको छ । आज सत्ता पक्ष र प्रतिपक्षकै कारण नागरिकहरु यो व्यवस्थाकै विकल्प खोज्न थालेका छन् । दैनिक जो व्यवस्थाको विरुद्धमा नागरकले सडकमा नारा जुलुस गर्न थालेका छन् ।
राजसंस्थाप्रति एकाएक नागरिकहरु नारा जुलुस गर्दै सडकमा आएपछि सत्ताको रसास्वादमा रमाएकाहरुको हिजो आज निद हराम भएको छ ।
