काग्रेस खेलकूद विभागद्वारा खेलाडी प्रशिक्षक सम्मानित एवम् पुरस्कृत

धरान÷तेह«ौ दक्षिण एसियाली खेलकुद (साग) मा धरानबाट सहभागी भएका खेलाडी तथा प्रशिक्षक शनिवार दंग थिए । सागमा नेपाललाई स्वर्ण पदक दिलाएका उनीहरुलाई धरानका अन्य संघ सस्था, व्यक्ति तथा
राजनैतिक दलले विर्सिए पनि नेपाली काँग्रेस केन्द्रीय खेलकुद विभागले भने दोसल्ला ओढाएर सम्मान सहित नगद पुरकारबाट सम्मानित गरेपछि खेलाडी तथा प्रशिक्षक दंगदाश भएका हुन् ।
युवा उद्यमशील र स्वास्थ्यको लागि खेलकुद, खेलकुदका लागि नेपाली काँग्रेस भन्ने नाराका साथ नेपाली काँग्रेसको केन्द्रीय खेलकूद विभागको आयोजना, खेलकुद समन्वय समितिको संयोजन र भातृ तथा शुभेच्छुक संस्थाको विशेष सहयोगमा खेलाडी, प्रशिक्षक सम्मान एवम् पुरस्कार सहित वृहत रक्तदान समेत सम्पन्न भएको थियो ।
नेपाली काँग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य एवम धरान उपमहानगर पालिकाका पूर्व सभापति किशोर राईको विशेष पहल र सक्रियतामा अमान बजारमा भएको विशेष कार्यक्रमा नौ जना खेलाडी र ६ जना प्रशिक्षक सम्मानित भएका थिए भने रक्तदान कार्यक्रममा ७७ पिन्ट रगत संकलन भएको थियो । सम्मानित हुने खेलाडीहरुमा तेक्वान्दोका सीता मादेन, सुशिला राई, स्वास्तिका तामाङ्ग रहनु भएको थियो । यस्तै फुटबलका हेमन्त थापा मगर, गल्फका टंक कार्की, शुक्रबहादुर राई, निरज तामाङ रहनु भएको थियो भने प्रशिक्षकमा बक्सिङ्गका अनुुप लामा, टेवल टेनिसका विनोद शाक्य, करातेका दिपेश शाक्य, बास्केट बलका विकास चाम्लिङ, मदन राई, गोपाल राईलाई समेत सम्मान गरिएको थियो । यसैगरी बास्केटबलकी डा. आशा राई, तेक्वान्दोकी युनिसा राईलाई समेत सम्मान गरिएको थियो । धरानमा सक्रितापूर्वक सदैव सामाजिक कार्यमा सक्रिय रहँदै आएका ६ वटा सामाजिक संघ संस्थाहरु धरान जेसिस, नेपाल
रेडक्रस सोसाइटी, नेपाल परिवार नियोजन संघ, लायन्स क्लब, होप धरान र संजीविनी पुनस्र्थापना केन्द्रसंगै कोभिडको महामारीका समयमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा विरामीको उपचारमा अहोरात्र खटिनु हुने स्टाफ नर्स, सरसफाई मजदुर, यातायात मजदुर, महिला अधिकारकर्मी, पुराना राजनैतिक कर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।
नेपाली काँग्रेस खेलकुद विभागका केन्द्रीय सदस्य किशोर राईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेस खेलकुद विभागका केन्द्रीय उपाध्यक्ष मोहन राई, पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत, जिल्ला सभापति
राजीव कोइराला, नगरप्रमुख तिलक राईले समेत काँग्रेसले खेलाडी, समाजसेवी,
राजनीतिकर्मीहरुको सदैव सम्मान गर्ने बताउनु भएको थियो । सञ्चालन महेन्द्र प्रधानले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया