सम्मानले आफूहरुको ऊर्जामा थप बल मिलेको खेलाडीहरुको भनाई

धरान÷ १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट सहभागी भइ जित हासिल गरेका खेलाडीहरु जित पछिको सम्मानपश्चात आफूहरुलाई हौसला मिलेको बताएका छन् । उनीहरुले आफूहरुको सम्मानले खेलप्रति अझ उत्साहित बनाएको बताएका छन् ।
नेपाललाई जित दिलाउदा आफूहरु गर्भान्वित भएको महसुस भएको र समय समयमा विभिन्न संघ संस्थाले गरेको सम्मानले अझ हौसला बढाएको उनीहरु बताउछन् ।
१३ औं सार्ग गेममा तेक्वान्दोबाट स्वर्ण पदक नेपाललाई दिलाउन सफल सुनसरीको धरानकी चेली स्वास्तिका तामाङ नेपाललाई स्वर्ण पदक दिलाउदा जति खुशी थिइन् अहिले सबैले सम्मान गरेकोमा अझ गौरान्वित महसुस गर्छिन् । यसरी विभिन्न संघ संस्थाले कार्यक्रमकै आयोजना गरेर सम्मान गर्दा आगामी दिनकालागि अझ ऊर्जा थपिएको उनी बताउछिन् ।
यस्तै तेक्वान्दोबाटै नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी सुनसरी तरहराकी सुशिला राईको बुझाई पनि स्वास्तिको भन्दा फरक छैन । उनी समेत १३ आंै सार्ग प्रतियोगितामा स्वर्ण पदक दिलाउन सफल भएपछि खेल क्षेत्रमा लागेकाले गरेको सहयोग र सम्मानले आफूलाई धेरै उर्जा मिलेको बताउछिन् ।
पेशाले डेन्टल चिकित्सक रहेकी डा. आशा राईले पनि बास्कटबलमा रजत पदक पाएकोमा अत्यन्तै खुशि देखिन्छिन् । चिकित्सा पेशा र खेल क्षेत्र फरक फरक विद्या भएपनि उनले दुवैलाई मिलाएर अगाडि बढाएको कारण बास्केटबलमा उनले सोचेजस्तो सफलता पाइन् । खेलाडीप्रति सबैले गर्ने सम्मानले आफूलाई खेलप्रति उत्प्रेरित गर्न सहयोग पु¥याएको उनी बताउछिन् । उनीहरुमात्र हैन सम्मानित हुने सबैको भनाई उस्तै छ । राज्यले खेलाडीलाई अझ प्रोत्साहन हुने काम गर्नुपर्ने उनीहरुका भनाई छ ।
१३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता नेपालको काठमाडौ,पोखरा र जनकपुरमा २०७६ मंसिर १५ देखि ०७६ सम्म अर्थात २०१९ डिसेम्बर १ देखि १० सम्म सञ्चालन भएको थियो । सो प्रतियोगितामा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको थियो भने ६० रजत र ९६ कांस्य गरी कूल २ सय ६ वटा पदक जित्यो । त्यसबेला २७ वटा खेल समावेश भएका थिए । नेपालले सबैमा प्रतिष्पर्धा गरेको थियो । प्रतियोगितामा नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दो जित्यो । तेक्वान्दोमा १२ वटा स्वर्ण र जुडोमा १० वटा स्वर्ण जितेको थियो ।

तपाईको प्रतिक्रिया