रमेश विकल साहित्य पुरस्कार वितरण

नेपालका बरिष्ठ आख्यानकार रमेश विकलको स्मृतिमा स्थापित यस बर्षको आधा दर्जन पुरस्कार शनिवार वितरण गरिएको छ ।
वि.सं. १९८५ सालमा जन्मनु भएका आख्यानकार विकल नेपालका एक मुर्धन्य कथाकार र उपन्यासकार हुनुहुन्थ्यो । अविरल बग्छ इन्द्रावतीका लेखक विकलको आख्यान यात्रा साहित्य, बाल साहित्य, नयाँ सडको गीत चर्चित रहेका छन् । नयाँ सडकको गीत कथा संग्रहमा उहाँले २०१८ सालमा मदन पुरस्कार पाउनु भएको थियो । काठमाण्डौको चर्चित चालिसे परिवारमा जन्मनु भएका विकल कलिलै अवस्थामा टुहुरो बन्न पुगेकोले उहाँको बाल्यकाल, किशोरावस्था त्यति सुखद रहेन र शिक्षा दिक्षा पनि व्यवस्थित रुपले अगाडि बढेन । वि.सं. २००६ सालमा प्रकाशित गरिब शीर्षकको कथाका माध्यमबाट नेपाली साहित्यमा प्रवेश गरेका विकलका
विरानो देशमा, आज फेरि अर्को तन्ना फेरिएछ, एउटा बूढो भ्याइलेन आशावरीको धुनमा, उर्मिला भाउजु, शव, शालिक र सहस्र बृद्ध, हराएका कथाहरु, सुनौली, सागर उर्लन्छ सगरमाथा छुन्छ, सात सूर्यको एक फन्को, निलगिरीको छायाँमा, अब अगाडि बढ्नु छ अझ अगाडि, मानिस भैरव र मृत्यु, सरदार भक्ति थापा, मिल्किएको मणि, अँगेनाको डिलमा, तेह« रमाइला कथा, एक्काइस रमाएला कथा, पंचतन्त्रका कथाहरु, केही मूर्खहरुका कथाहरु, हिउँदे छुट्टीमा, विक्रम र नौलो ग्रह, इन्द्रजाली रुख, सात थुंगा, बाह« महिनाको गीत लगायत प्रकाशित रहेका छन् ।
विकल प्रतिष्ठानले वाङमय तर्फको साहित्यिक पुरस्कार भाषासेवी शान्तदाश मानन्धरलाई ३० हजार राशी सहित सम्मननपत्र, विराटनगर अनाथाश्रमकी सीता पोख्रेललाई २० हजार राशीसहिको सुशिला समाजसेवा पुरस्कार प्रदान गरेको थियो । विकल सिर्जना पुरस्कार सात्यिकार एवम सौन्दर्य चिन्तक आहुति, बाल साहित्य पुरस्कार प्रभा भट्टराई, रमेश विकल सुशिला नारी पुरस्कार देवी विश्वकर्मा र रमेश विकल कला संगीत पुरस्कार बरिष्ठ कलाकार हरिप्रसाद शर्मालाई प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया