नचाउनसम्म नचाए
सत्ताको मादल बजाएर पर्धानमन्तरी खप्रओले पूर्व माउवादीका सुप्रिम कमाण्डर प्रचण्डाउलाई नचाउनु सम्म नचाए । वाल्वाटारमा घिन्ताङ्ग–घिन्ताङ्ग मादल बजाएपछि प्रचण्डाउ नाच्न थालिहाल्छन् । नाँच्दा नाँच्दा विचरो थकित भइसके । तर खप्रओ मादल ठोक्न छाड्ने होइनन् । शितल निवासी शक्ति स्वरुपा महारानीको असिम कृपा भएसी खप्रओले प्रचण्डाउलाई मात्र होइन आफ्ना दर्जनौ सांसद , मन्त्री र नेतासँगै विपक्षी दलका नेताहरुलाई समेत फनफनी घुमाएर नचाएका छन् । वाल्वाटारे खप्रओ बालाई खुरुक्क एउटा पद छाड नछाडे निगरमुन्टी लगाउँछौ भनेर पहिला पहिला त कम्ता पेल्या थिएनन् । तर कुनै नन्दीभृंगीले खप्रओलाई टसको मस गराउन सकेनन् । झन झन स्वाँठ्ठिएर अहिले त सबैलाई फिलिलि नचाई द्या छन् । माकुने, झल्ला झलु लगायतका तीसमार खाँहरु पनि यतिबेला वाल्वाटारे शक्ति अपरम्पार भन्न थाल्या छन् रे । बाउदेउ गौतम त सर्लक्कै वाल्वाटार छिरीसक्या छन् रे ।
राष्ट्रको हुनुपर्ने रे
नेप्लिज लाँग्रेस अब सठ्याएको हो कि क्या हो ? राष्ट्रपति एमालेको भइन् राष्ट्रको हुन सकिनन् भनेर काँग्रेसले वडो चिन्ता जाहेर गरेको देख्दा घण्टाघरलाई थुुतुनो छोपी छोपी हाँस्न मन लागेको छ । गाँडा गोर्चाले पनि राष्ट्रपति कस्को भनेर Ïयाट्टै भन्न सक्छ । तर लाँग्रेसलाई अहिलेसम्म पत्तै रै’नछ । हाम्रा पर्धानमन्तरी खप्रओले दोसो कार्यकाल पनि खान्छ्यौ ? खान्छयौ भने खाउ न त भनेर भण्डार्नी बज्यैलाई राष्ट्रपति बनाएको हैन ? एमालेले राष्ट्रपति बनाएपछि उनी राष्ट्रको कसरी हुन्छिन् त ? एमालेको राष्ट्रपति हो भन्ने जान्दाजान्दै वित्थाँ किन चिन्ता ग¥या होलान् ? खप्रओले बनाएकोले उनको जवाफदेहिता अरुप्रति हुने कुरै भएन । कस्तो कुरा नबुझ्या हँ ?
का“ग्रेसको आन्दोलन फिर्ता
लामो समयेपछि लाँग्रेस जाग्ला जाग्ला देखिएको थियो फेरि मुर्झायो । पर्धानमन्तरीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि चीरनिन्द्राबाट काँग्रेस झल्यांस्स ब्युँझिएको थियो । अध्यादेश फिता लिनुपर्ने, भ्रष्टाचारीलाई कार्वाही गर्नुपर्ने भन्दै सोमबार उसले देशैभरि सिठ्ठी फुक्यो । मंगलबार ताउरमाउर गर्दै सडकमा नारा जुलुस ग¥यो । अबचाहिँ मुलुकाँ केही होला भन्ने आशा पलाएको थियो तर बुधबार देखि काँग्रेसहरु सडकबाट एकाएक गायव भए । वाल्वाटारले गर्ने आम्दानीमा भागबण्डा बुढानिलकण्ठे काजीकहाँ पनि पुग्छ भन्थे , हो कि क्याहो ? सडकमा यसो आगो झोसेर मात्र किन छोड्याहोला ? झोस्नै परेपछि दन्काएरै छोडा् भए हुन्थ्यो । झोस्नै परेपछि खरानी नै बनाएको भए हुन्थ्यो । कि कसो हौ ?
चोरहरुको समूहमा नबस्ने रे
झालेमालेका माकुन्याउले अतिस्का दिन भन्या अब चोरहरुको समूहमा बसेर राजनीति गर्न नसक्ने रे । वाल्वाटारका मुखिया बाले सुने भने आपत्त पर्ला है माकुने वा † खप्रओका नजिकका सबैलाई चोर देख्नु त दृष्टि भ्रम पनि हुन सक्छ है । वाल्वाटारको जग्गा आफने नाममा थपक्क पास गरेर लिन सक्ने ओम्नीसँग मेडिकल सामाग्री खरिद गर्दा अरबौ रुपैया लुड्याउन सक्ने, यतिलाई काखी च्यापेर कुस्त कुम्ल्याउन सक्ने, होनेहार पात्रहरु खप्रओसँग छन् । त्यस्ता इमान्दार पात्र भएको स्थानका सुप्रिमो खप्रओलाई जथाभावि बोल्न त अलि हजम हुँदैन है । बोल्न पाएँ भन्दैमा व्याक्क बोल्ने, बस्न पाए भन्दैमा थ्याँच्च बस्ने काम त गर्नु भएन नि । आकाशतिर हेरेर थुक्दा आफन्ै अनुहारभरि छिट्टा पर्छ भन्ने कुरा माकुन्याउले किन भुसुक्कै बिर्सिएका होलान् ? जुन थालमा खायो त्यही थालमा आची गर्नु त भएन नि । कि कसो हौ ? छोटी मुह बडी बात ।
पौड्याल र प्रचण्डको गठजोड
नेििप्लज लाँग्रेसका नेता माने पुले बाजे रामचन्द्रे बा’ र नेकपाका छायाँ अध्येक्षे प्रचण्डाउको अस्तिका दिन गोप्य भेटवार्ता भएछ । यी दुईको भेटवार्ता हुनु कुनै अनौठो चाहिँ पक्कै होइन । बाख्रा बाख्राकै बथानमा, भेडाकै बथानमा भनेझै आखिरी दुवै अध्येक्षे पीडित न परे प्रचण्डाउलाई नेकपाका अध्येक्षे खप्रओले हारावारा खोलाएका छन् भने पौड्याल बाजेलाई बुढानिलकण्ठे स्यालबहादुरले फनफनी घुमाइदेया छन् । दुवै पीडितहरु बसेर झण्डै एक घण्टा आफनो मनको वह पोखेछन् । पीडितले नै पीडितको मर्म दर्म बुझ्ने त हो । यता पीडितहरुले भेटघाट शुरु गरेका छन् भने उता पीीडकहरुको भेटघाट त वाल्वाटारमा बाक्लै हुने गरेको छ ।
खेति गर्नेहरुको सुख दुःख
नेपाल विचित्रैको देश हो । नेपालमा झुटको खेति गर्नेहरु सदैव सुखी हुन्छन् । झुठको खेति गर्नेहरु आलिसान महलमा बस्छन्, करोडौको महँगा गाडी चढ्छन्, सपिङ्ग महलदेखि दर्जनौ उद्योगमा लगानी गर्छन्, छोराछोरीलाई विदेशमा महँगा स्कूलहरुमा पढाउँछन्, छ्यास्स हाच्छिउ आयो भने सिंगापुर अमेरिका पुग्छन्, मार्सी चामलको भात खान्छन् । उता उखुको खेति गर्नेहरु आँशु चुहाएर चिसो सडकमा उखुको मूल्य मागेर बस्छन् । उखुको मूल्य नतिर्नेहरु पनि झुठकै खेति गर्नेहरु हुन् । तिनका लायग न सरकार न कुनै राजनैतिक पार्टी हुन्छ । अब किसानले उखुको खेति गर्नु भन्दा झुठको खेति गरेर सम्पन्न बन्ने हो कि ? वित्थामा नाँगै, भुतुंगै घाम पानी नभनी रगत र पसिना किन बगाउनु ? नेपालमा झुठको खेतिको ठूलो सम्भावना छ । जुन कुराको सम्भावना छ त्यसैको खेति गर्नुपर्छ । वित्थामा उखुको खेति गरेर किन समय खेर फाल्नु ? उखुलाई नगदे बाली भन्थे भुत्राको हुनु उधारो बाली पो रै’छ ।
केपी प्रचण्डाउलाई जेल हाल्नुपर्छ रे
जसपा माने जनता समाजवादी पार्टीका नेता राजिन्दर महतोले भन्या केपी प्रचण्डाउलाई जेल हाल्नु पर्छ रे । रेशम चौधरीलाई अपराधी मान्ने हो भने केपी प्रचण्ड पनि अपराधी हुन् रे । ए राजिन्दर महतो अहिल थुतुनो सम्हालेर बोल है । त्यिास पर्ला ? केपी प्रचण्डाउ त सत्तासीन पो हुन त । उनेरका बारेमा बोल्दा होस गर्नु पर्दैन ? उनीहरुले एक चुड्की बजाए भने कहाँ राजिन्दर कहाँ राजिन्दरका नाना हुन्छ । सत्तामा बसेकाले विगतमा जतिसुकै अपराध गरेपछि केही फरक पर्ने वाला छैन । फरक त सत्ता भन्दा बाहिर बस्नेहरुलाई पो पर्छ त ? केपी प्रचण्डलाई जेल हाल्ने कुन माइकालालको ताकत छ ? अन्टेसन्टे बकेर केही लछारपाटो लाग्नेवाला छैन ।
फाइल अख्तियार पठाइयो
स्वास्थ्ये सामाग्री खरिदमा अरबौ डकार्ने स्वास्थे मन्तरी भानुभक्त ढकाल र विना विभागीय मन्तरी इश्वर पोख्रेलको डँडेल्नु सार्वजनिक लेखा समितिले सेक्ला भन्या त हात उठाएर छोडिदियो । अनियमितता भएको प्रमाणित भयो रे तर कार्वाहीको निर्देशनचाहिँ दिन नसक्ने रे क्या बात । दालमे जरुर कुछ काला है । हुन त विचरो लेखा समितिले हात हाल्ने कुरा पनि भएन । त्यत्रा त्यत्रा मन्त्रीलाई कार्वाहीको सिफारिस गर्दा भोलि आफै खाडलमा जाकिएला भन्ने त्रास । त्यसमाथि पर्धानमन्तरीका खासै आफ्ना मान्छे, बरु हात झिक्दै वेश हुने देखेर लेखा समितिले पन्छिने उपाय सुझाएको छ । उसले सर्लक्कै फाइलहरु अख्तियारलाई सुम्पेछ । विचरो अख्तियारले केचाहिँ लछारपाटो लगाउने हो र ? फाइल लगेर तामेलीमा राख्दिएसी लन्ठै साफ । आखिरी जोगिने उपाय त गर्नैै प¥यो । आफू बाँचे त सबै कुरा हेर्न पाइन्छ । कि कसो हौ ?
