राजधानी÷नेपाल–भारत वाणिज्य स्तरीय सचिवहरुको सोमबार बसेको बैठकले व्यापार तथा वाणिज्य क्षेत्रका प्रमुख एजेन्डा माथि दुई देशबीच भएको प्रगतिका बारेमा गहन समीक्षा गरेको छ ।
नेपाल र भारतका वाणिज्य सचिवहरुको अध्यक्षतामा अनाधिकृत व्यापार नियन्त्रणका लागि व्यापार, पारवहन तथा सहकार्यका विषयमा भारत–नेपाल अन्तर सरकारी समितिको बैठक (आइसिजी) भिडियो कन्फ्रेन्स मार्फत सम्पन्न भएको थियो ।
भारत सरकारको विभिन्न मन्त्रालय तथा काठमाण्डौ स्थित भारतीय राजदूतावासका पदाधिकारी सहित १५ सदस्यीय भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रासँगै भारत
सरकारका वाणिज्य मन्त्रालयका वाणिज्य सचिव अनुप बाधवाले गर्नुभएको थियो । यसैगरी नेपालका तर्फबाट विभिन्न मन्त्रालयका सचिव एवम विभागका पदाधिकारी सम्मिलित टोलीको नेतृत्व वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गर्नुभएको थियो ।
आइसिजी नेपाल र भारतबीच व्यापार तथा लगानीलाई प्रवद्र्धन गर्ने प्रमुख द्विपक्षीय संयन्त्रको रुपमा रहँदै आएको छ । बैठकमा व्यापार एवम् वाणिज्य क्षेत्रका प्रमख एजेण्डामा भएका प्रगतिलाई समीक्षा गरिएको थियो । भारतीय ाजदूतावासद्वारा जारी विज्ञप्तीमा भनिएको छ बैठकमा व्यापार तथा पारवहन सन्धीको वृहत समीक्षा, रेलवे सेवा सम्झौता संसोधन, लगानी प्रवद्र्धनका लागि भएका पहल तथा प्रयास, संयुक्त विजनेस फोरमको गठन, दुवै पक्षबीच व्यापार पूर्वाधारको विकास तथा स्तरमा सामन्जस्यता कायम लगायतका विषयमा गहन छलफल भएको थियो । विज्ञप्तीमा भनिएको छ व्यापार तथा वाणिज्य सम्बन्ध तथा सम्पर्कलाई भविष्यमा अझ सुदृढ बनाउन सरकारी स्तरमा गर्नुपर्न प्रयासका बारे पनि छलफल भएको थियो ।
आइसिजी बैठकको तयारीका लागि मंंसिर १८ र १९ गते अन्तर सरकारी उपसमितिको सहसचिव स्तरको बैठक बसेको थियो । नेपालको आयात तथा निर्यात दुवै क्षेत्रमा भारत नेपालको सबैभन्दा ठूलो व्यापार तथा लगानी साझेदारको रुपमा रहँदै आएको छ । भारत नेपालाको त्यस्तो साझेदार मुलुक हो जोसँग पछिल्लो दुई तीन बर्षमा नेपाली निर्यातमा लगातार बृद्धि
भइरहेको छ । बैठकमा भएको विस्तृत छलफल र प्रगतिले दुवै देशबीचको आर्थिक तथा वाणिज्य सम्बन्धधलाई विस्तार गर्नेमा वैठकमा सहभागी दुवै देशका प्रतिनिधिले विश्वास व्यक्त गरेका थिए ।
