सुदिप विष्ट
पाँचथर (फिदिम)÷ गाउँ पालिकाले सिजनल हिसाबले आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन हेतु बनाइएका होम स्टे, स्थानीयले बनाएको चौरी गोठमा सीमा सुरक्षा हेतु केही समय अगाडि स्थापना गरिएका पाँचथरका सीमा सुरक्षा बल (विओपी) का जवानहरु यतिबेला अधिक हिमपातका कारण कठ्यांंग्रिन थालेका छन् ।
भारतसँग सीमा जोडिएका पाँचथरको चार स्थानमा विओपी राखिएका छन् । भारतको सिक्किम राज्य र पश्चिम बंगालसँग सीमा जोडिएका फालेलुङ्ग गाउँ पालिकाको वडा नं ४, प्राङ्गबुङ्ग चतराई, याङ्गबरक गाउँ पालिका वडा नं. १ चिवाभन्ज्याङ्ग, फालेलुङ्ग गाउँ पालिका वडा नं. ४ प्राङ्गबुुङ्ग भैसे र सोही वडाको गोरुवाले भन्ज्याङ्गमा सीमा सुरुक्षा बल स्थापना गरिएको छ ।
गठन गरिएको चारवटा विओपीले पाँथर जिल्लाको ४४. ३८ किमी लामो सीमाको सुरक्षा गर्ने जिम्मा पाएको छ । बर्षको ६ महिना स्थानीयले ती स्थानहरुमा चौरी गोठ राख्ने भए पनि असोजदेखि अधिक हिमपातका कारण गोठहरु न्यानो स्थानतिर झार्ने भएकोले ती स्थानहरु मानव विहीन हुने गरेका छन् । विओपीको पाँचथरमा आफ्नो भवन छैन । हाल बसेका घरहरु टिनले छाएका र टिनले नै घेराबारा गरेको हुँदा हिउँले थप असर गरेको प्राङ्गबुङ्ग
चतराईका एक जवानले बताए । उनले भने भित्र अत्याकि चीसो हुन्छ, हिउँले छानो ड्याम्मै ढाकेको छ । यसै सम्बन्धमा फालेलुङ्ग गाविसका अध्यक्ष सञ्चकुमार खेरुङ्ग भन्नुहुन्छ चीसो अत्याधिक बढेको छ । हिउ पर्न थालेको छ । सरकारले पूर्वाधार तयार नगरी त्यत्तिकै लगेर राखिदिएको छ । हामीले स्थानीय तहबाट सहयोग त गरेकै छौं । उनीहरुका लागि घर बनाउने कुरा मात्र गर्छ पैसा आउँदैन । उहाँ भन्नुहुन्छ स्थानीय तहले अस्थायी भवन, सोलार, खानेपानीको व्यवस्था गरिदिएका छौं । स्थानीय तहले सबै कुरा गर्न सक्ने कुरा पनि भएन अध्यक्ष खेरुङ्गले भन्नुभयो ।
स्थापना गरिएका चारवटा विओपीहरु चार हजार चारसय सत्चालीसदेखि चार हजार एक सय मिटरको उचाइमा रहेका छन् । विओपीका लागि यतिबेला बस्न खानको मात्र नभएर सञ्चार सुविधाको समेत अभाव भएको अध्यक्ष खेरुङ्गले बताउनुभयो । हिउ पर्न थालेपछि घोडा खच्चडले खाद्यान्न ढुवानी गर्न सक्ने अवस्था हुँदैन । सडकको पहुँच पनि छैन । यसै सम्बन्धमा सशस्त्र प्रहरी प्रदेश न. १ का डिआइजी बम्शी राज दहालसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो हिउँ परेको छ । बसेका घरहरु राम्रै छन् । माथि टिनको छानो भएपनि भित्र काठ छापेको छ । त्यो भन्दा राम्रो भए अझ राम्रो हुन्थ्यो । सञ्चार सेटहरु हिमाली क्षेत्रमा हिउ परेको अवस्थाका कहिलकाही सम्पर्क हुँदैन । नत्र फोन सेटमा सम्पर्क हुन्छ । उनीहरुका लागि अतिरिक्त सुविधा पनि केही दिएइको छ भने सवालमा उहाले भन्नुभयो छ, उनीहरुलाई हिउँमा लगाउने कपडा, बुट, ज्याकेटहरु सरकारले उपलब्ध गराएको छ । उनीहरुका लागि भत्ताको पनि व्यवस्था गर्नुपर्छ भनेर वार्ता भइरहेको छ । यो नयाँ कुरा भयो । हिउ परेको ठाउँमा असहज, असुविधा त अलिकति हुन्छ नै । यतिबेला स्थाीयले चौरी गोठ तल झारे झै अलिकति तल झार्न सकिदैन भन्ने सवालमा उहाँले भन्नुभयो त्यसो गर्ने भन्दा पनि त्यही ठाउँलाई नै विस्तारै राम्रो बनाउँदै लैजानुपर्छ ।
डिआइजी दहालले भन्नुभयो हिमालमा पनि सेना, फोर्स बसेकै हुन्छन् । भारत–पाकिस्तान, चीन–भारतको हिउ पर्ने ठाउँमा फोर्स बसेकै छन् । उनीहरुलाई थप सुविधाको लागि भत्ताको कुरा भइरहेको र भवन बनाउने कुरालाई लिएर टेन्डर समेत हुन थालेको छ । चिवा भन्याङ्गको भवनका लागि ठेक्का प्रक्रिया भइसकेको छ हाल एउटा विओमा २५ जनासम्म पु¥याउने भन्ने योजना अनुसार हाल २०–२३ जना सम्म छन् । इनिसेसन भएपछि अब बन्छ । हामीकहाँ सबै पूर्वाधार तयार भएर काम हुने होइन । अब बन्ने भवन ३५ जना अँटाउने गरी बन्ने छन् । हाल सइको नेतृत्वमा चारैवटा विओपीमा जवानहरु बसेका छन् । उहाँ भन्नुुन्छ समस्या अलि अलि छ । हिउँले ढाकेको अवस्थामा यहाँ मात्र नभएर अन्यत्र पनि हरेक कुराको समस्या हुने गर्छ ।
यहाँ स्मरणीय कुरा के छ भने पाँचथरको याङ्गवरक, फालेलुङ्गमा स्थापना गरिएका नेपालतर्फका विओपी भारतीय सीमा भन्दा तीन सयदेखि ५ सय मिटरको दूरीमा रहेका छन् । भारततर्फका सीमा सुरक्षा बल भने भवनहरु सुविधा सम्पन्न रहेका छन् ।
