धरानमा लागू औषध कारोबारी धमाधम प्रक्राउ

धरान÷ धरानमा लागू औषध कारोबारीको संख्यामा वृद्धि भएको पाइएको छ । लागू औषध नियन्त्रणमा प्रहरीले जति नै सक्रियता बढाए पनि कारोबारी भने सल्बलाउन छाडेका छैनन् ।
यसको उदाहरण धरानमा एकै दिन दुई प्रकृतिका कारोबारीसहित उनीहरुले विक्री वितरण गर्ने लागू औषध प्रक्राउ गरेबाट प्रष्ट हुन्छ ।
प्रहरीले सूचनाको आधारमा खनतालसी गर्दा घरमा नै लागुऔषध राखेर बिक्रीबितरण गरेको अवस्थामा दुई जनालाई घरैबाट प्रक्राउ गरेको छ भने भने धरानको व्यस्त बजार भानुचौकबाट एक जनालाई खैरँे हिरोइन सहित प्रक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालयल् धरान १० का ३८ बर्षीय पुर्णबहादुर लिम्बु र धरान ११ का ५० बर्षीय साकुरा लिम्बुलाई धरान १० धर्मपथ स्थित पुर्ण लिम्बुको कोठाबाट डाइलक्स डिसि ३६ बोतल, स्पास्मो प्रोक्सिभन प्लस ७२ क्याप्सुल, नाइटूोसन ट्याब्लेट ६ चक्की वरामद गरको जनाएको छ ।
ेइलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले अनुसार प्रक्राउ लिम्बुद्वयको साथबाट एयर गन १ थान, तरवार १ थान, खुकुरी १ थान, छुरा १ थान, दाउ १ थान र प्लाष्टिकको पेस्तोल जस्तो देखिेन खेलौती पेस्तोल १ थान नगद २९ हजार ५ सय बरामद गरिएको जानकारी दिनुभयो । धरानको भानुचोकस्थित बसपार्कबाट प्रक्राउ परेका सुनिल राईको साथबाट भने खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । प्रक्राउ परेका मोरङको पथरी शनिश्चरे नगरपालिका ४ का २६ बर्षीय सुनिल राईका साथबाट २ ग्राम खैरो हेरोइन प्रहरीले जनाएको छ । प्रक्राउ परेका लिम्बुद्वय मंसिर १८ गते ४ बजे प्रक्राउ परेका थिए भने सुनिल राई साढे ५ बजे प्रक्राउ गरिएको डिएसपी बस्नतले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया