राजसंस्थाको पुनस्र्थापना, संघीयता खारेज र हिन्दु राष्ट्रको पक्षमा झापामा विशाल रयाली सत्ता पक्षको झगडामा विदेशी दूतको चलखेल, सत्ता टिकाउन मुलुक नै धरौटीमा राख्न सक्ने – लि·देन

नेपाली हामी रहौला कहाँ
नेपालै नरहे………….।
उठ जाग लक्क हे…
रातो र चन्द्र सूर्य
जंगी निशाना हाम्रो

झापा÷प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृह जिल्ला झापाको काँकडभिट्टादेखि दमकसम्म हजारौ मानिसको भीडमा माथि उधृत गीतका हरफहरु मात्र घन्किएका थिएनन् राजा आउ देश बचाउ, गणतन्त्र धोका हो, गणतन्त्र संघीयता खारेज गर, हिन्दू राज्य कायम गर भन्दै शनिवार गगनभेदी नारा गुन्जिए ।
गणतन्त्र, संघीयता, धर्म निरपेक्षताको प्रार्दुभाव भएको झण्डै डेढ दशकमा आम सर्वसाधारण नागरिक यसरी सडकमा आउँछन् भन्ने कल्पना गणतन्त्र, सघीयता, धर्मनिरेक्षताका सुत्रधारहरुले कल्पना सम्म गरेका थिएनन् होला । शनिवार झापाको काँकडभिट्टाबाट शुरु भएको दशौ हजारको मोटर साइकल साना सवारी साधन, गाउँ गाउँबाट यात्रुवाहक बस रिजर्भ गरेर आएका सर्वसाधारणको उपस्थितिले पूर्व पश्चिम महेन्द्र राजमार्ग खण्ड भरिभराउ हुँदा अन्य सवारी साधनहरु झण्डै तीन घण्टा रोकिएका थिए । ¥यालीलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीलाई हम्मे हम्मे परेको थियो । झापाका हरेक स्थानमा प्रहरी, सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो । ¥यालीको अगाडि र पछाडि नेपाल प्रहरी रसशस्त्र प्रहरीको भ्यानले सुरक्षा प्रदान गरेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा भएको ¥यालीमा विश्व हिन्दु महासंघको व्यानर देखिए तापनि नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी, राजपा, पहिचान पक्षधर क्षेत्रीय राजनैतिक पार्टीका कार्यकर्ताहरुको समेत ठूलो संख्यामा उपस्थिति रहेको
थियो । काँकडभिट्टाबाट शुरु भएको ¥याली विर्तामोडको सहीद चाँैकमा आएर केही समय अडिएको थियो । सो अवसरमा बोल्दै संघीय सांसद एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता राजेन्द्र लिङ्गदेनले छोटो सम्बोधन गर्नु भएको थियो । सो अवसरमा बोल्दै नेता लिंगदेनले भन्नुभयो यो कस्तो दण्डहीनता भएको मुलुक हो ? सत्ताधारी दलका दोस्रा अध्यक्ष प्रचण्डले खुल्ला रुपमा भाषण गर्दा मैले पाँच हजार मान्छे मारेको हुँ भनेर स्विकारी सकेको अवस्थामा उनलाई राज्यले प्रक्राउ गर्नुपर्दैन ? अनुसन्धान हुनुपर्दैन ? कार्वाही गर्नु पर्दैन ? हामी समेत यस विषयमा टुलुटुलु हेरेर बसेका छौं ।
नेता लिंगदेनले भन्नुभयो सत्ताधारीहरु नै अहिले एक अर्कालाई भ्रष्टाचारी, हत्यारा भनेर उफ्रिरहेका छन् । यसमा छानविन हुनु पर्दैन ? उहाँले काँग्रेस कम्युनिस्टका युवाहरुलाई आग्रह गर्दै भन्नुभयो हिजो तपाईहरुले भनेजस्तो नहुँदा आन्दोलन गर्नुभयो । गणतन्त्र र सघीयताले अझ राम्रो होला, मुलुक समृद्धितर्फ अगाडि बढ्ला भनेर समर्थन गर्नुभयो । तर आजको राज्य व्यवस्था झन ठूलो धोका भएको प्रमाणित भइसक्दा पनि अब त्यसैका लागि सति जानु पर्छ भन्ने
होइन । सम्बोधनका क्रममा लिंगदेनले भन्नुभयो कतिपय आज तर्क गर्ने गर्छन् राजा आए पछि सबै ठिक हुन्छ त ? हिजो पनि त राजा थिए नि । त्यसो होइन राजसंस्थको अभावमा आज अस्थिरता मौलाएको छ विदेशी हस्तक्षेप बढेको छ । विकास र प्रगति अवरुद्ध भएको छ । सत्तारुढ नेकपाभित्रको पार्टीको झगडामा विदेशी दूतको नाँगो चलखेल भएको छ । लिंगदेनको आशय थियो उत्तरी चीनका राजदूत होउ याङ्गछीले प्रधानमन्त्री, राष्ट्रपति, पुष्पकमल दहाल लगायत नेताहरुलाई भेटेर मिलाउने प्रयास जुन गरिन त्यो आपत्तिजनक भएको, देशको सार्वभौम सत्ताका विरुद्धमा एउटा विदेशीले चलखेल गर्दा पनि काँग्रेस, कम्युनिस्ट भएरै बाह्य हस्तक्षेप सहनु त्यसलाई समर्थन गरेको हुने लिँगदेनको कथन थियो । उहाँले अब देशको स्वाभिमान जोगाउन काँग्रेस र कम्युनिस्ट भएर होइन एउटा स्वाभिमनी नागरिक भएरसोच्न आवहान गर्दे भन्नुभयो यही अवस्था अझ केही दिन कायम भएमा सत्ता जोगाउन वर्तमान सरकारले देश नै धरौटी राख्न सक्छ ।
स्थानीयद्वारा भव्य स्वागत


विगतका जन आन्दोलनमा निस्किएको सर्वसधारणको भीड भन्दा राजसंस्था पुनस्र्थापना, संघीयता खारेज गर, धर्म निरपेक्षताको विरुद्धमा हिन्दु राष्ट्र कायमको मुद्दालाई अगाडि सारेर शनिवार झापामा निस्किएको मानव सागर अत्यन्तै ठूलो भएको विर्तामोडका सुगम डाँगीले बताए । काँकडभिट्टाबाट शुरु भएको ¥यालीलाई स्थानीयले भव्य स्वागत गरेका थिए । घरघरबाट निस्किएर उनीहरुले ताली पिटेर स्वागत गरेका थिए ।
चारआलीका विजय रिजालले घर घरबाट निस्किएर उनीहरुलाई ताली पिटेर स्वागत गरेको बताए । चार आलीका रिजालले भने भ्रष्ट, हत्यारा, माफियाहरुलाई पाल्नु भन्दा हजारौ गुणा राजसंस्था नै ठीक देखियो । उनले भने राजसंस्था नहुँदा आज मुलुक नै रहला नरहला भन्ने अवस्थामा पुग्यो । अराजकता र दण्डहीनताले नागरिक बोल्न सक्ने अवस्थामा छैनन् । नव राजाहरुको हालीमुहाली मच्चिएको छ । चारपाने झापाकी गंगा बाराकोटीको आशाय पनि रिजालको भन्दा पृथक थिएन । उनले भनिन् जुन उद्देश्यले हामी विगतमा सडकमा आएका थियौ त्यो उद्देश्य विपरीत तीनै तहका सरकार हिडेका छन् । अब राजसंस्थाको विकल्प देखिएन । त्यसैले म भिन्न विचार बोक्ने भएपनि राजसंस्था संघीयता र धर्मनिरपेक्षताका सवालमा आयोजकको नारामा सहमत भएँ । उनले आफू मात्र नभएर आफूसँगै आएका साथीहरुप्रति इंगित गरेर भनिन उहाँहरुले पनि हिजो काँग्रेस, एमालेलाई मतदान गर्नुभएको थियो तर आज त्यो अवस्था रहेन ।
आन्दोलन निरन्त अगाडि बढ्छ
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, पूर्व मन्त्री एवम् सभासद रामकुमार सुब्बाले धरान साप्ताहिकसँग छोटो प्रतिक्रिया दिदै भन्नुभयो अब तेस्रो जन आन्दोलन पूर्वबाटै शुरु भएको छ । शनिवारको ¥यालीमा उर्लिएको मानव सागरबाट हौसिएका सुब्बाको कथन थियो नेपाली जनताले अब सदैव अराजकता, विकृति, विसंगति, दण्डहीनता सहँदैनन् भन्ने कुरा स्वस्फूर्त रुपमा उर्लिएको भीडले प्रमाणित गरिसकेको छ ।
नेता सुब्बाले भन्नुभयो अब नेपालीहरुले सुखद अवस्था यतिबेलासम्म पाउँदैनन जबसम्म राजसंस्था स्थापना हुँदैन । संघीयता देशले धान्न सक्दैन, धर्म सापेक्षता हुनुपर्छ । हामीले भन्दै आएका छौ विकेन्द्रिकरण अतर्गत स्थानीय निकायलाई अधिकार सम्पन्न बनाइनुपर्छ । संघीयता आज बोझ भइसकेको छ । राप्रपाले यो कुरा प्रारम्भदेखि नै उठाउँर्दै आएको छ । यो ¥याली आज मात्र निकालिएको हो ? भन्ने सवालमा सुब्बाले भन्नुभयो होइन अब यसले एउटा आन्दोलनको रुप लिन्छ । जबसम्म राजसंस्था पुनस्र्थापना हुँदैन, संघीयता खारेज हुँदैन, हिन्दु राष्ट्र कायम हुँदैन तबसम्म आन्दोलन भइरहन्छ ।
सामाजिक सञ्जाल रंगि
राजसंस्था पुनस्र्थापना, संघीयता खारेज, हिन्दु राष्ट्र कायम हुनुपर्ने माग सहित देशका विभिन्न भागमा बेग्लाबेग्लै व्यानरमा सर्वसाधारणहरु स्वस्फूर्त रुपमा सडकमा आउन थालेपछि यतिबेला सामाजिक सञ्जालमा यसको तिब्र बहस शुरु भएको छ ।
सत्ता निकट रहेका मन्त्री, नेता, सांसदहरुले यसलाई प्रतिक्रियाबादी हरुको चलखेलको रुपमा अथ्र्याएका छन् । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्रको भात पाक्न ढिलो भयो भन्दैमा राजतन्त्रको गोवर नखाउ भनेर सामाजिक सञ्जालमा आफनो मत राखेकोप्रति आन्दोलनमा स्वस्फूर्त रुपमा आएकाहरुलाई थप आक्रोसित बनाएको छ । उनले जाहेर गरेको मतमा कसैले पनि समर्थन गरेका छैनन् । उल्टै उनलाई अश्लिल गाली गर्नेहरुको लस्कर लागेको छ । कसैले उनलाई हत्यारा, दलालको उपमा दिएर गाली गरेका छन् भने कसैले अपदशब्द बोलेका छन् ।
राजा फर्काउने जुुलुसमा प्रचण्ड र ओलीका कार्यकर्ता
अवस्था कतिसम्म असहज र विकराल बन्दै गएको छ भने केही दिनदेखि गणतन्त्रको विरुद्ध भइरहेका सडक ¥यालीमा सत्ता पक्षका प्रचण्ड र ओलीका कार्यकर्ताहरुको समेत ठूलो संख्यामा सहभागिता देख्न थालिएको छ । झापादेखि महेन्द्रनगरसम्मका जुलुसमा उनीहरुका कार्यकर्ता नेपालको झण्डा बोकेर उग्र नारा लगाउँदै सहभागि भएका थिए । गणतन्त्र विरुद्ध राजा आउ देश बचाउ भन्दै नेपालको झण्डा बोकेर शनिवार झापाको जुलुसमा प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकका कार्यकर्ताको ठूलो संख्यामा उपस्थिति देखिएपछि अब गणतन्त्रको आयु सिद्धिएकै हो कि भन्ने प्रतिक्रिया आउन थालेको छ ।

तपाईको प्रतिक्रिया