धरान÷ भक्तजनहरुको असुविधालाई मध्यनजर गरी नेपाल सरकारको स्वास्थ्य प्रोटकल पालना गर्दै धरान १४ मा रहेका मठमन्दिरहरु खुल्ला गरिएको छ ।
धरान १४मा रहेका बढी भिडभाड हुने पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली मन्दिर स्वास्थ्य प्रटोकलअनुसार खुल्ला गरिएको भनिए पनि खुल्ला गरिएका मन्दिरमा स्वास्थ्य सावधानी अपनाइएको पाइदैन
भक्तजनहरुको सुविधालाई ध्यानमा राखी लामो समयपछि धरान विजयपुरमा रहेका मठमन्दिरहरु खुल्ला गरिएका छन् । बुधबार संघीय सांसद जयकुमार राई,
धरान उपमहानगरपालिकाका प्रमुख तिलक राई, धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई र मन्दिर व्यवस्थापन समितिका पदाधिकारी बीच भएको छलफलपश्चात शनिवारबाट मन्दिर खुल्ला गरिएको हो । विजयपुरमा
रहेका मठमन्दिरमा भक्तजनहरुको आस्था प्रगाढ भएकै कारण धरानबाट मात्र हैन नेपाल लगायत भारतबाट समेत भक्तजन आउने गरेका छन् । स्वास्थ्य प्रटोकल अनुसार मन्दिर खुल्ला गरिएको भनिए पनि सो अनुरुप नहुदा कोरोनाको जोखिम बढेर गएको धरान १४ का स्थानीय प्रेमप्रसाद पराजुली बताउनुहुन्छ । ‘निर्णय ग¥यो कार्यान्वयन भने हुनसकेन’ पराजुलीले बताउनुभयो ।
विजयपुरमा रहेका पिण्डेश्वर मन्दिरमा साउन महिनामा बढी भीड हुने र दन्तकाली मन्दिरमा दशैमा बढी भीड हुने गरे पनि बुढासुब्बा मन्दिर भने जुनै समयमा भक्तजनहरुको भीड हुने गरेको छ । करिब ९ महिनापछि खुलेको बुढासुब्बा मन्दिरमा कुनै कोरोना जोखिम नभएको झै विगतकै जस्तो भीड भएको थियो ।
मन्दिरमा आउने भक्तजनलाई व्यवस्थित ढंगले र सहज रुपमा दर्शन गर्ने वातावरण तयार पार्ने भनिएका भए पनि मन्दिरमा स्वास्थ्य सुरक्षा अपनाउदा जोखिम बढेर गएको स्थानीय इन्द्रबहादु श्रेष्ठ बताउनुहुन्छ । ‘मन्दिर खुलेपनि स्वास्थ्य सुरक्षालाई खासै ध्यान दिन सकेको छैन’ उहाको भनाई थियो ।
कोरोना जोखिमलाई ध्यानमा राखेर त्यहा रहेका फूलमाला व्यापार गर्ने व्यापारीलाई जोर विजोगर प्रणाालीमार्फत विक्री वितरण गर्न दिइएको छ भने मन्दिरको सुरक्षामा प्रहरी, नगर प्रहरी खटाइने छलफलमा उल्लेख गरिएको थियो । तर विहीबार मन्दिरमा आएका भक्तजनहरुलाई भौतिक दूरी पालना गरेर पूजा आजा गर्न प्रहरी खटाइएको थियो न त स्वयम्सेवक नै । यसले अझ कोरोना जोखिम बढाएको त्यहा आउने भक्तजनहरु बताउछन् । इटहरीबाट आएका हेम प्रधानले भने‘ मन्दिर व्यवस्थापन समिति, स्थानीय सरकारले भीडभाड कम हुने वातावरण नमिलाए अझ जोखिम बढेर जाने निश्चित छ ।’
यता भीडभाड व्यवस्थान गर्न बनेको व्यवस्थापन समितिले भने भर्खरै मन्दिर खुलेका कारण कोरोना जोखिम कम गर्नका लागि व्यवस्थित गर्न कठिन भएको स्विकारेको छ । यसलाई विस्तारै व्यवस्थित गर्ने व्यवस्थपन समितिका सल्लाहकार किशोर राईले बताउनुभयो । ‘लामो समयपछि खुलेको मन्दिरमा व्यवस्थापनमा चुनौति थपिए पनि विस्तारै यसलाई सहज बनाउदै लान्छौ,’ राईल ेविश्वास दिलाउनुभयो ।
स्थानीय सरकार धरान उपमहानगरपालिकाले भने मन्दिर खोल्न केन्द्रको सर्कुलर नभए पनि टाढाटाढाबाट पूजाआजा गर्न आएका भक्तजनहरुको सहजतालाई ध्यानमा राखेर सबै मन्दिर व्यवस्थापन समिति, धरान उपमहानगरपालिकाको छलफल पश्चात स्वास्थ्य प्रटोकल अनुसार खोल्न दिने सहमति भएको १४ नंं वडा समितिका अध्यक्ष कृष्ण प्रसाद बताउनुभयो । उहाले भन्नुभयो, ‘सर्वसाधारणको असहजतालाई मन्दिर खुल्ला गरिएको हो, यसलाइ विस्तार्रै सहज बनाउदै लान्छांंै ।’
विगतमा मन्दिर बन्द हुदा समेत विजयपुरमा रहेका मठमन्दिरमा फाट्टफुट्ट भक्तजनहरु आउने गरेका थिए । अहिले स्वास्थ्य प्रटोकल अनुसार भक्तजनलाई मन्दिरमा पूजाआजा गर्न दिने भनिएसंगै मन्दिरमा भक्तजनको भीड बढेको छ । नेपाल लगायत भारतदेखि पनि हजारौ भक्तजन दर्शनका लागि आउने गर्छन ।
