घण्टाघरबाट हेर्दा

आयो गयो
यस पटकको प्रजातन्त्र दिवस पनि पोहोर परारको जस्तै गरेर आयो गयो । पर्जातन्त्र दिवसका दिन के के झर्ला भन्या त उही गुएालाको फूल । पर्धानमन्तरीले वक्तव्य दिए,
राष्ट्रपतिले शुभकामना दिए, अरु दलका नेताहरुले पनि वक्तव्य निकाले सिद्धियो । पर्जातन्त्र दिवस भन्या नेताहरुले वक्तव्य निकाल्ने दिन पो
रै’छ । पर्जातन्त्र दिवसका दिन वक्तव्यको बाढी नै आयो । वक्तव्यले जनतालाई तोर्मा दियो ? मन्त्रिका,
राष्ट्रपतिका, नेताका वक्तव्य आएपछि जन्ताले ग्याास पाएन, महागी घटेन, भ्रष्टाचार रोकिएन, गुण्डागर्दी कम भएन, माफियाहरु सिद्धिएनन् । जुन कुरा आउादा केही पाइादैन भने त्यस्तो कुरा नआएकै वेश । कागलाई बेल पाक्यो हर्ष न विस्मात ।
ओलीको बोली
झालेमालेका अध्येक्ष खप्रओ नभैद्या भे त यतिबेलासम्म माओवादीले धम्क्याएर, तर्साएर हाम्रा तेत्याङ्गग्रे पर्धानमन्तरी सुशिल दा’लाई खर्लप्पै निलिसक्थे । धन्न ढाल भएर खप्रओ उभिइद्या छन् । ओलीको बोली माउवादीलाई हिजोआज गोली नै बन्न थाल्या छ । ओली गर्जिएसी’ प्रचण्डाउको निन्द्रा गायव हुन्छ भने मुरख विद्वान भट्टराईलाई औडाहा शुरु हुन्छ । दश अर्ब दिादा माउवादी लुसुक्क आउाछन् भनेर ओलीले भन्दा कैयौ दिनसम्म प्रचण्डाउको निन्द्रै गायव भयो भने बाउराम बौलाएर पश्चिमतिर हान्निए । अस्तिका दिन ओलीले फेरि दनक हाने एमाओवादीहरु एकातिर एकता गर्छौ भने अर्कातिर कसरी उत्पात मच्चाउने भनेर ल्याग्या छन् रे । हेर्दा पढेलेखेका जस्ता पनि छन्, नामको अगाडि डा. पनि लेख्छन्, लोकतन्त्रप्रति आगाध आस्था छ पनि भन्छन् अनि दुई तिहाई र वहुमतीय प्रक्रिया मान्दिन् भन्छन् रे । देश टुक्र्याउने र एकल जातीय पहिचानमा गिभ एण्ड टेक र विन–विनको सहमति हुादैन रे । आखिरी ओली न ठहरिए । उखान तुक्का पनि कति आएको होला कुन्नि ?
समावेशी ल्हारक्याल
यतिबेला माउवादीभित्र
ल्यहारक्याल चर्चित काण्ड बनेको छ । पिाध बिनाको लोटा भनेर चिनिएिका ल्हारक्यालको मालमा लोभिएका माउवादीका अध्येक्षे प्रचण्डाउले सभासद बनाएका हुन रे । मालमा र्‍याल नचुहाउने कुनचाहिा बुद्धि सप्रिएका होलान् ? ल्हारक्याललाई मानिसले किन नबुझेका होलान ? नेप्लीज कााग्रेसले पहिला गुम्बा विकास समितिको अध्येक्षे बनाथ्यो । झालेमालेमा प्रवेश गरेसी’ राज्येमन्त्री नै बनाइयो । अहिले माउवादीले सभासद नै बनाइदियो । वास्तवमा भन्ने हो भने ल्हारक्याल सबै दलमा अटाउन सक्ने समावेशी टाइपका रै’छन् । मुलुकमा यतिबेला यत्रो समावेशिताको लहर उठिरहेरा’ छ । अनि त्यस्ता समावेशी लामामो माउवादीले सम्मान गर्‍यो । लामा जस्ता समावेशी व्यक्तिको माउवादीले सम्मान गरेरै सभासद बना हो । अरुले रिस गरेर टाउको फुटाएरचाहिा अब केही होला जस्तो छैन ।
माकुनेको दौडधूप
गठ्ठे–गठ्ठे पर्‍या जिलीगान्टे माकुन्या हिजोआज थुतुनो चमकाउदै विपक्षीसागको भेटवार्तामा व्यस्त भएका छन् । सडकमा बुर्कुसी मारिरहेका ३० दलीय मोर्चाका नेताहरुलाई वार्तामा बसाएरै छाड्ने भनेर माकुन्याउ यतिबेला व्यवस्ता भा’ हुन् रे । काम पाइनस बुहारी पाडाको पिाध कोट्या भनेझौ  माकुन्याउको काम भा’ भे त्यसरी विपक्षीको द्वार–द्वारमा पुग्ने नै थिएनन् । पार्टीतिरको काम खप्रओ एक्लै भ्याइदिन्छन्, बचेखुचेको झल्ला झलुलाई सुम्पिदिन्छन् । माकुन्याउ त चिल्लाको चिल्लै । अब कामै नभएसी’ विचरा के गरुान । घरैमा बसुम गायत्री  मेमले किचकिच गरेर विचारलाई टिक्न दिनेस हैनन् । त्यसैले माकुन्याउले आइडिया लगाएका छन् ३० दलीय नेताको द्वार–द्वार धाउने । दिनमा विपक्षी दलका दुई जना नेतालाई मात्र भेट्दा दुई चार कप कफी लडायो, उखान टुक्का भन्यो । दुई चार घण्टा त्यसै टाइमपास । सहमति त फुइयााको
हुन्छ । तर सहमतिका लागि माकुन्याउ  व्यस्त भनेर समाचारचाहिा आउने भयो । कि कसो हौ माकुन्याउ ?
राजिन्द्रले नमान्ने रे
सद्भावना पार्टीका अध्येक्षे
राजिन्द्र महतोले मधेशमा दुई प्रेशसम्म स्वीकार्ने तर मधेशका जिल्लालाई पहाडसाग जोडन नदिने भनेर अस्तिका दिन धोती उचालेर बुरुक्क बुरुक्क उफ्रिएको देख्दा अबचाहिा महतो खुस्केछन् जस्तो लाग्यो । बोल्दा पनि अलि होस पुर्‍याएर पो बोल्नुपर्छ त । मधेश यिन्लाई यिन्का बाबुले द्या हुन् र ? यिन्ले ससुरालीको दाइजोमा द्या पनि हैन होला ? यिन्ले जोड्न दिन्छु भन्दा जोडिने जोड्न दिन्न भन्दा नजोडिने हो र ? बुद्धि सडिएपछि मति बिग्रिएपछि मान्छेका थुचुनोले उल्टो उल्टो बोल्छ भन्थे हो रै’छ । मधेशी जनताको नाममा अरबौ भ्रष्टाचार गर्ने उपिन्द्रलाई चुनाउमा मधेशी जनताले उत्तनोचित्त बनाइद्या यिन्ले बिसेकी क्या हो ? आफू सभासद हुन नपाएसी समानुपातिकबाट आÏनै बुढियालाई संविधासभामा हुलेका महतोले अर्को चुनाउमा यिन्का यस्तै मति रहे कसैलाई पनि हुल्न पाउलान् जस्तो छैन । त्यसैले गन्धे मुख लगाएर जथाभावि बोल्नुभन्दा नबोलेकै जाति कि कसो हौ ?
नपाउने भए
संविधानसभाको निर्वाचन अगाडि जखमले भाग खाने माउ पार्टीबाट बच्चा पार्टीमा हाम फालेकाहरुको अब कन्तविजोग हुने भएको छ । झालेमालेमा राम्रै पद र सम्मान पाएका विजय सुब्बा फेरि झालेमालेमै फर्किए । फर्कन त फर्किए तर केही हात लागि होला जस्तो छैन । तै कही यसो चयाप चुप पार्न सकिन्छ कि भनेर विचरा खप्रओले प्रस्ताव राखे । तर योगेश भट्टराईहरुले उल्टै अध्येक्षेको सातो खाए । त्यसपछि नेपाल निर्माण पार्टी गठन गरेर समानुपातिकमा समेत एक सिट ल्याउन नसकी तिल्मिलाएका मोति दुगढ पनि झालेमालेमै प्रवेश गर्‍या छन् । यसो दान दक्षिणा टक्र्‍याउदा कहीा न कहीा हालीमुहाली गर्न पाइन्छ भन्ने ताकमा रहेका दुगढ पनि हिस्स बूढी हरियाा दाातको अवस्थामा पुगेका छन् । उन्लाई पनि झालेमालेबाट केही नझर्ने भएको छ । चोक्टा खान गएकी बूढी भोलामा डुबेर मरी भन्या यही हो ।
मुख हुँदाहँुदै
मुख हुादाहुादै नाकले पानी खान थाल्यो भने वित्याास पर्छ । कााग्रेसभित्रको गुटबढुमा नाम कमाएका खवरीलालमन्त्री मिनेन्द्र रिजालको फाइाफुई हिजोआज सानो छैन । एक त तनुवा (तानेर सभासद बनाइएका) सभासद त्यसमाथि मन्त्री बन्न पुगेका मिनेन्द्रको स्वभाव लगौटीको जुम्रा टाउकोमा पुग्दा उत्पात मच्चाएजस्तो भएको छ । सुशिल दा’लाई मालिस गरेरै पहिलो घेरामा रहेका रिजालले हिजोआज पर्धानमन्त्रीको काम पनि आफै गरौला झै गर्न थाल्या छन् । शेरबहादुर देउवा खेमाबाट रातारात क्याम्प परिवर्तन गरेर मन्त्री पड्काएका रिजालको ताइफाई हिजो आज सानो छैन । क्याविनेट वैठकमा सुशिल दा’ ले बोल्ने कुरा उनी आफै अग्रसर भएर बोल्न थालेसी बामदेव गौतमको अस्तिका दिन कन्पारो तातेछ । गौतमले पर्धानमन्तरी तिमी हौ कि कोइराला भनेसी रिजाल मुचुक्क परेर छिचरा दाात देखाएर बसेछन् । मान्छेको फेला परेछन् रिजाल ।
अन्तेमा
माउवादीले सत्ता पक्षेलाई तर्साउन र शक्ति आर्जन गरेर संसदमा प्रवेश गर्न माघ १६ गते
राजधानीमा ३ लाख मानिस उतार्ने घोषणा गरेको छ । गाउा–गाउाबाट त्यस्ता मान्छे राजधानी ल्याएसी खाने बस्ने संकट त परिहाल्छ । हाम्रा मनकारी उपपर्धानमन्तरी बाउदेव गौतमले आन्दोलनकारीहरुले दु:ख नपाऊन्, सुत्न अप्ठेरो नहोस्, निस्फिक्री भएर नारा जुलुस गर्न पाउन, परिआए ढुंगामुढा गर्न सकून भनेर माउवादीलाई सरकारका तर्फबाट व्यवस्था गरिदिम भनेर पत्र पठाएछन् । त्यस्ता मनकारी उपपर्धानमन्तरी कहाा पाउनु ? आखिरी जुलसुमा आउने जन्ता सर्कारकै त हुन नि । कि कसो हौ ?

तपाईको प्रतिक्रिया