भैसपतिको लगनगाँठो
हाम्रा भैसपति माने राष्ट्रपति
रामवरन जादव र माउवादीका अध्येक्षे प्रचण्डाउबीचमा हिजो आज लगानगााठो कस्सिदै गएको छ । कटुवाल काण्डबाट तर्किएको माउवादीले जादवको त्यस बेला कम्ता उछितो काढेका थिएनन् । कहिले नक्कली राष्ट्रपति बनाएर भौसीमा चढाएर दौडाए, कहिले मुलुकैभरि पुतला बनाएर जलाए, प्रचण्डाउ जादवलाई बांगा आाखो सम्म देख्न सक्दैनन्थिए । कुन कट लागेर हो कुन्नि यतिबेला दुवैको लगनगााठो कस्सिएको छ । गाइगुई चले अनुसार माउवादी संविधान नबनोस् र राष्ट्रपति जादव पद छोड्नु नपरोस भनेर खटपट्टिएका थिए । यसमा दुवैले एक अर्कालाई सघाउने गुह्य सहमति भा’हो रे । होला पनि पहिला तिनै राष्ट्रपति जसरी पनि माघ ८ गते नभूल, सविधान जसरी पनि बनाउ भन्थे । अव अहिले सहमतिबाट मात्र संविधान बनाउ भन्न थाल्या छन् । उता माउवादी पनि सहमतिमा संविधान नबनाए ज्यान गए मान्दैनौं भन्दै उफ्रन थाल्या छन् । यसो भएसी न सहमति होस् न संविधान बसोस् । बनेसी राष्ट्रपतिले पद छाड्नु परेन । आखिरी चोर–चोर मौसरे भाइ भन्या यही हो ।
लारायनको वक–वक
माउवादीको घोषित आन्दोलनको पूर्वाञ्चल कमाण्डर भएका लारायन काजीको ताइ न तुईको वकवकले कार्जेकर्ताहरु नै हैरान हुन थाल्या छन् । कहिले जातीय राज्ये हुादैहुादैन भन्छन्, कहिले सहमतिको लागि तयार छौं भन्छन्, कहिले जसरी पनि संविधान बनाउनुपर्छ भन्छन् । हैन हौ लारायन काजी खुस्केकी क्या हो हा ? आन्दोलनका लागि कार्जेकर्तालाई प्रशिक्षन दिन हिाड्या हुन् कि विच्क्याउन हिाड्या हुन ? यतिबेला घण्टाघर अलमल्लमा पर्न थाल्या
छ । केही दिन अगाडि प्रचण्डाउ इटहरीमा आएर मन्त्रीका गालामा झापड हान्नु, गाडी जलाउनु, प्रहरी माथि ढुंगामुढा गर्नु भनेर जुरुक्कै उचालेर गा’थे । अहिले लारायनकाजी आएर उचिालिएका कार्जेकर्तालाई थेचार्ने काम गर्दैछन् । उहिताकी
बुहारी भटमास खाएकी भनेझौ माउवादीभित्रै आलोचित काजीले के गर्न खोज्या होलान् ? लहै काजी समयमै होस पुर्याउ है ?
जेल मुद्धा रौँ
प्रचण्डाउ भन्या प्रचण्डाउ नै हुन । चुनाउमा हारेर हात्तीबाट मुसा भए नि के भो र ? आखिरी हिङ्ग बाध्या टालो त हो नि । हिङ्ग नभएर के भो ? खै कस्ले हो कुन्नि प्रचण्डाउलाई लडाकुको पैसामा अरबौ भ्रष्टाचार गरेकोमा मुद्दा हाल्नुपर्छ, जेल हाल्नुपर्छ भनेछ । यति सुनेसी उन्का कन्पारा नतातिने कुरै भएन । उन्ले नि भन्देछन् मलाई मुद्दा हाल्नु पर्छ, जेल हाल्नुपर्छ भन्नेहरु कायर हुन् । मुद्धा र जेल आफ्ना लागि रौं बराबर मात्र हो । प्रचण्डाउले ठिकै भने जाबो जेल र मुद्दाले के चाहि लछारपाटो लगाउाछ र ? हिजो गिर्जाउलाई पनि लाउडा, धमिजा, चेज एयरमा अख्तियारले बोलाउादा अख्तियारलाई रौा बजाबर पनि गनेनन् । त्यसैले अख्तियार ठूला माछा उम्काएर साना माछा मात्र समातेर काम देखाउाछ । अख्तियारको पाइन भए हेरौ प्रचण्डाउलाई मुद्दा हालेर जेल हालेको ? भुक्न पो सजिलो छ त? कि कसो हौं ?
लालबाबु बेपत्ता
झालेमालेको कोटाबाट मन्त्री भा’का लालबाबु पण्डित हिजोआज स्वखलित भएछन् कि क्या हो ? पहिलो पहिला त बडो फाइफुई गर्थे । स्वदेशमा बसी जागिर खाएका अनि अरु देशको पिआर पड्काएकाहरु कसैलाई छाड्दिन भन्दै धोती उचाल्थे । आजकल भने सटकदम देखिएका छन् । पण्डितले थर्काएर लाइन बसाए जस्तो छ । पिआर वालाले तिन्को भौसीको थुतुनो जस्तो मुख राम्रैसाग घाास हाल्द्या जस्तो छ । सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी थकाएर माल पड्काउने त हो । नथर्काएर माल नझर्ने देखेसी उन्ले पहिला पहिला पिआरवाला त्यस्तो विधि थर्काएको रै’छन् क्यारे । नत्र अहिलेचाहिा चुा सम्म बोल्दैनन् ।
खतरनाक हुने
हैन हौ यो मुलुकलाई सााच्चै सतिले सरापेको थिएन त ? हुादा पनि नहुने, नहुादा पनि नहुने । अब हेरौ न देशकै मुख्य सचिव भैटोपल्या
खिरिराज मणि पोख्रेल माने लीला मणिले अस्तिका दिन प्वाक्क भने यो देशाा संविधान बनेपछि झन खतरनाक दिन आउाछ रे । उनले भनेछन् प्लेन बनाउने इन्जिनियर पढ्छौ र बोको काटेर रगत टावरमा दल्छौं । खिरिलामणिपोख्रेलले भनेको सोह्रैआना ठीक हो । सविधान बनाउन यत्रो माथापच्ची छ भने बनिसकेपछि त्यसलाई कार्यान्वयन गराउन झनै माथापच्ची हुन्छ । त्यै बुझेर होला माउवादी, मधेशवादी जस्ता हरुवा दलहरु सविधान बनाउनै हुादैन भनेर पूर्व–पश्चिम दगुरी रहेका छन् । घण्टाघरको घैटोमा पनि कहिलेकाहीा अलि ढिलै घाम लाग्छ । संविधान बनाउन हरुवाहरु पूर्व पश्चिम दगुरेका होलान् भन्ठान्या त भुत्रो हुन्थ्यो । बनाउनु हुन्न भनेर पो रै’छ । धन्न संविधान बन्दा खतरनाक हुन्छ भन्ने कुरा उनेरले बुझ्या रै’छन् ।
छोरो पाउनु कहिले
छोरो पाउनु कहिले कहिले कोक्रो बन्नु पहिले भनेर नेप्लीज कााग्रेसका गन्हाउने अनुसार भएका नेताहरुले जग हासाउने काम गर्न थालेका छन् । अब हेरौ न एक थन संविधान जारी गर्न नसकेर रनभुल्लमा परेको नेप्लीज कााग्रेसको महाधिवेशनबाट नेतृत्व हत्याउने खेलमा त्यस्ता गन्हाउने अनुहारहरु यतिबेला ज्यान Ïयााकेर लाग्या छन् पााचबषै कार्यकाल शिव भएर एक बर्षको समय थपिएको कााग्रेसको महाधिवेशन आगामी असोज ५ गते गर्नैपर्छ । अधिवेशन हुने छााटकाट नभए पनि कााग्रेसका कोठे राजनीति गर्ने भकभके काजी माने छेरबहादुर देउवा, तेस्रो लिागी रामचन्द्रे बाजे, गणेशमानको विरासत कुम्लाउने प्रकाशमान सिंह, आयाराम गयाराम कृष्णे कुमाइ, बीपीको विरासत पड्काउने शशांक कोइराला, राजस्व डकार्ने रामशरन महत, गिर्जाउको ढुकुटी चप्काउने सुजु जोष्ठ नेतृत्व हड्प्ने होडबाजीमा लाग्या छन् ।
फुइयाको विद्रोह
नेप्लीज जन्ताले मुरख विद्वानको उपाधि दिएका माउवादीका नेता बाउराम भट्टराईको बुद्धि कहिल्यै सुल्ने नहुने भो बा † जहाा गए नि उनी विद्रोहकै कुरा गर्छन् । हुन कमजोर भएसीि मान्छे धम्कीको भाषा बोल्छ भन्ने हो रै’छ । जनताले माउवादीलाई डिसलाइक गरेर सानो पोको बनाइदिएपछि यतिबेला माउवादीका बाउराम मत्र हैन सबै नेता विद्रोहकै भाषा बोल्न थाल्या छन् । अब हेरौ न अस्तिका दिन मुरख विद्वान बाउराम नेपालगञ्जतिर पुगेर दुई चार जना आउरेभाउरेलाई भनेछन् सत्तापक्षले जबरजस्ती संविधान जारी गरे विद्रोह हुन्छ रे । फुइय्यााको विद्रोह हुन्छ ? अब कसेले विद्रोह गर्ने ? अब तम्रा पछाडि जन्ताका छोराछोरी कोही पछि लाग्लान् जस्तो छैन । त्यसैले अब भष पो पपिरवर्तन गर्ने हो कि ?
अन्तेमा
भागबण्डा गर्ने र खाने मामलामा उपरदेखि निचसम्मका दलका नेताहरु एकै ठाउामा थुतुनो जोड्न पुग्छन भन्ने सत्य रै’छ । अब हेरौ न मुलुकभरि कााग्रेस, एमालेका विरोधमा आन्दोलनमा हिाडेको माउवादीले भागबण्डामा भने सत्तापक्षसाग चासोमोसो बढाएको छ । अख्तियार, लोकसेवा आयोगमा
रिक्त रहेका पदपूर्ति गर्न अस्तिका दिन वाल्वाटाराा भएको बैठकाा प्रचण्डाउ लुसुक्क पुगेर आÏना मान्छे सिफारिस गरे । आखिरी खाने मामला र भागण्डामा त सहमत हुदा राान । अरु बेलाचाहिा वित्थाा किन नाटक गर्नु ?
