प्रजातन्त्रका सेनानी रेग्मीको निधन

धरान÷प्रजातन्त्रका सेनानी, राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र समाजादका लागि जीवनपर्यन्त समर्पित, धरान उपमहानगर पालिका वडानं १ का सभापति इश्वरी रेग्मीको निधन भएको छ ।
लामो समयदेखि मुखको क्यान्सरको उपचार गराइरहनु भएका रेग्मीको असोज १० गते आफ्नै निवासमा निधन भएको थियो । वि. संं. २०१२ सालमा जन्मनु भएका रेग्मी अध्ययनको क्रममा बनारसमा बस्दादेखि नै नेपाली काँग्रेसमा सक्रिय रहँदै आउनु भएको थियो ।
नेपाली काँग्रेसका पुराना एवम् अगुवा कार्यकर्ताको रुपमा उहाँलाई सुनसरी काँग्रेसले सदैव सम्मान गर्दै आएको थियो । शालीन एवम् भद्र स्वभावका रेग्मी काँग्रेस भएकै कारण सरकारी नोकरीबाट तत्कालीन शासकले उहाँलाई निकालेका थिए । उहाँको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको नेपाली काँग्रेस सुनसरीका सभापति राजिव कोइरालाले बताउनुभयो । सदैव इमान्दारी र निष्ठाको राजनीति गर्नुहुने रेग्मीले कहिल्यै पदीय लालचा नदेखाएको पनि कोइरालाले प्रष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया