यस बर्षको पर्यटन दिवस मनाइएन

धरान÷ आइबार ४१ औं पर्यटन दिवस ः देशभर भव्य कार्यक्रमको आयोजना विना नै यो दिवस मनाइएको छ । गत बर्ष यही दिवस विभिन्न कार्यक्रम गरी मनाइएको भएपनि यस बर्ष कोरोना भाइरस (कोभिड १९) को महामारीले गर्दा प्रभावित बनेको हो ।
विश्व पर्यटन दिवसकै अवसरमा गत बर्ष धुमधामसंग मनाइएको यो दिवस धरानमा समेत भव्यताका साथ मनाइएन् । यस बर्ष दीगो विकासका लागि ग्रामीण पर्यटन भन्ने मुल नाराका साथ मनाइएको पर्यटन दिवस धरान उपमहानगरपालिकामा पर्यटन व्यवसायीको आयोजनामा धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले बेलुन उडाएर मनाइएको छ ।
विश्व व्यापी कोरोनाका कारण भ्रमण बर्ष २०२० समेत प्रभावित भएको बनाएको बताउदै कोरोना भाइरसले सबैभन्दा बढी पर्यटन व्यवसायी मारमा परेको पर्यटन व्यवसायी बासुदेव बरालले बताउनुभयो ।
उहाले अहिले जीवन मरणको लडाइमा रहेका नेपालीहरुको हरेक व्यवसाय चौपट भएपनि पर्यटन व्यवसाय भने उठ्नै नसक्ने गरी थला परेको बताउनुभयो ।
पर्यटनलाई ध्रान उपमहानगरपालिकाले महत्वपूर्ण पाटोको रुपमा लिदै आएको धरान उपमहानगरपालिकका प्रमुख तिलक राईले बताउनुभयो । उहाँले पर्यटन दिवसकै पूर्व सन्ध्यामा नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकबीच महत्वपूर्ण समझौता भएको बताउनुभयो । धरानलाई केन्द्रविन्दु बनाएर प्रदेश नंं १ को पर्यटकीय गन्तव्यको विकासमा यो सम्झौताले ठूलो महत्व राख्ने बताउनुभयो ।
अहिलेको अवस्थामा पर्यटन क्षेत्र तहसनहस भएको बताउदै प्रमुख राईले पर्यटन क्षेत्रको विकासमा भविष्यमा धरान उपमहानगरपालिका महत्वका साथ अगाडि बढ्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया