धरान÷धरान उपमहनगरपालिका वडा नं. ४ र १३ वडाले छुने निशानेमा बर्षाद्का समयमा बर्षेनी पहिरो जादा जोखिम बढ्ने गरेको छ ।
कोशी पहाडी राजमार्गले छुने यो स्थानमा बर्षेनी पहिरोका कारण क्षति पु¥याउने र राजमार्ग नै अवरुद्ध बनाउने गरे पनि सडक डिभिजन कार्यालय र स्थानीय सरकारले जोखिम न्यूनिकरणका लागि दीर्घकालीन योजना कहिल्यै ल्याउन सकेको छैनन् ।
धरान उपमहानगरपालिका भए पनि उपमहानगरपालिकाबाट करिब ४ किलोमिटरमा पर्ने निशानेमा प्रत्येक बर्ष बर्षाद्को समयमा पहिरो जाने गर्छ । विहीबार गएको पहिरोका कारण त्यहा सञ्चालनमा रहेको युरो होटल र अमर राईको घरमा बस्नै नसकिने गरी जोखिम बढेको छ । घरको छेउमै पहिरो पुगेका कारण अझै पानी परेको खण्डमा घरसमेत बगाएर लाने अवस्थामा पुगेको छ । पहिरो गएसंगै अहिले होटल र घरका सामानहरु अन्यत्रै सारिएको छ भने घरमा बस्नै छाडिएको छ ।
बर्षादको समयमौ यस स्थानमा पहिरोको बढी जोखिम हुने गरेको छ । भौगोलिक दृष्टिले पनि यस स्थान कमसल भएका कारण बर्षेनी पहिरोको जोखिम बढेको स्थानीयको भनाई छ । प्राय ः गरेर अहिलेसम्म गएको पहिरो दिउँसोको समयमा जाने गरेका कारण मानवीय क्षति भने नभएको उनीहरु बताउँछन् । पहिरोको समयमा आफू घरमा नभएको स्थानीय अमर
राई बताउनुहुन्छ ।
पहिरो गएसंगै कोशी पहाडी राजमार्ग अवरुद्ध हुने गरेको छ । विहीबारसमेत अबरुद्ध सडक स्काइभेटरको माध्यमबाट करिब ३ घण्टामा मात्र सवारी साधन सञ्चालन भएको थियो । यो क्षेत्र जोखिम क्षेत्र भएका कारण त्रासमा सवारी साधन चलाउनुपर्ने अवस्था रहेको चालक सुमनकुमार राई बताउनुहुन्छ ।
अरुबेला आखा चिम्लेर बस्ने गरेको सम्बन्धित पक्ष पहिरो गएपछि भने अनुगमनमा निस्किने गरेका छन् । विहीबार समेत निशानेमा पहिरो गएर सवारी आवागमन नै बन्द भएपछि स्थानीय सरकार धरान उपमहानगरपालिका, सडक डिभिजन कार्यालयले अनुगमन गरेको थियो । अनुगमनका क्रममा कोशी राजमार्गको मुख्य सडक नै क्षति हुने गरी बर्षेनी जाने गरेको पहिरो नियन्त्रणका लागि प्रदेश सरकार र सडक डिभिजनको ध्यानकर्षण गराइएको धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताउनुभयो ।
गत बर्ष यही स्थानमा निशाने खोलामा आएको बाढीले कटान गरेसंगै आएको पहिरोले भक्तबहादुर राईले सञ्चालन गरेको होटल एवान बगाएर पूर्ण क्षति भयो । त्यही आसपास तीन बर्ष राजमार्गको सडक नै बगाएपछि सडक वैकल्पिक बाटो बनाएर यातायात सञ्चालन गरियो । पछि त्यही वैकल्पिक बाटोमा कालोपत्रे गरेर त्यसलाई नै सुचारु गरिएको थियो । पहिरो जाने अनि पन्छाउने गरेर अवरुद्ध सडक सञ्चालन गर्ने भन्दा पनि दीर्घकालीन समस्या समाधनका लागि सम्बन्धित पक्षको ध्यान जानुपर्छ । हैन भने पहिरोकै कारण भौतिक तथा मानवीय क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्छ । यसतर्फ सचेत रहन आवश्यक छ ।
