फोस्रो वार्ताको औचित्य छैन : कााग्रेस एमालेसाग मिल्नु भन्दा राजा फर्काए बेस–भट्टराई एकल जातिमा वहुपहिचानमा तुरुन्त सहमति हुन्छ : सुधारिएको संसदीय व्यवस्था मान्छौ–दहाल

धरान/तीस दलीय र उन्साइस दलीय मोर्चा बनाएर बिना मौसमी
राग अलाप्दै आन्दोलनको आाधिरबेहरी ल्याउने अभियानमा जुटेको एमाओवादी अध्यक्ष प्रचण्ड र त्यसका नेताहरुबीच प्रधानमन्त्री सुशिल कोइरालाको वार्ताका निम्ति आवहान गरिएको वक्तव्य आउनासाथ अन्तरद्वन्द्व चर्किएको छ ।
आफ्ना एजेन्डा छाडी मधेशी दलहरुको एजेन्डा बोकेर हिडेको भन्दै पार्टी भित्रैबाट चर्को आवाज उठ्न थालेपछि प्रचण्डको पार्टीभित्रै आलोचना हुन थालेको थियो । आन्दोलनको घोषणा गरिसकेको अवस्थामा सेफल्याण्डिङ्गको पर्खाइमा रहेका प्रचण्डलाई प्रधानमन्त्री शुशिल कोइरालाको वार्ताका निम्ति आवहान गरिएको वतव्य यतिबेला
बरदान जस्तै भएको छ ।
एकल जातीय पहिचानका आधारमा संघीयता, पार्टीले उठाउदै आएको एजेन्डा अनुसार संघीय प्रदेशको संख्या, शासकीय स्वरुप, न्याय प्रणाली आदिमा सत्तापक्षसाग विगतमा दर्जनौ पटक वार्ता भएपनि सहमति हुन नसक्दा मधेशवादी दल र केही जातीय तथा क्षेत्रीय पार्टीहरुसाग मोर्चा बनाएका प्रचण्डले यतिबेला वहुपहिचान भए कााग्रेस एमालेसाग तुरुन्त सहमति हुन सक्ने बताएका छन् । प्रचण्डले नोट अफ डिसेन्ट सहित सुधारिएको संसदीय व्यवस्था स्वीकार्न सकिने अभिव्यक्ति दिएका छन भने पार्टीको भावी अध्यक्षको तानावाना बुनेर बसेका डा. बाबुराम भट्टराई भने कााग्रेस र एमालेसाग गर्ने फोस्रो वार्ताको औचित्य नभएको, जातीय विभेद अन्त्य गर्न जातीय राज्य हुनुपर्ने, कााग्रेस एमालेसाग वार्ता गर्नुभन्दा बरु राजा फर्काउनु वेश भन्दै हिड्न थालेका छन् ।
यी दवै नेताको परक फरक अभिव्यक्तिले आफैले आवहान गरेको आन्दोलनको औचित्य समाप्त भएको देखाएको छ । प्रचण्ड भन्दा बााबुराम भट्टराई बढी क्रान्तिकारी अभिव्यक्ति दिन थालेकोप्रति मुख हुादाहुादै नाकले पानी पिउन थालेको भन्दै कार्यकर्ताले टिप्पणी गर्न थालेका छन् । प्रधानमन्त्री सुशिल कोइरालाले वार्ताको लागि आवहान गर्नासाथ पूर्वको आन्दोलनको कमाण्ड छाडेर प्रचण्ड वार्ताको वातावरण बनाउन आग्रह गर्दै काठमाण्डौ फर्किसकेका छन् । उनले विराटनगर, इटहरी, राजविराज, जनकपुरमा कार्यकर्ता प्रशिक्षणमा जुन प्रकारकाले चर्को र आम जनतालाई अपाच्य हुने गरी अभिव्यक्ति दिएका थिए र त्यसपछि आएका प्रतिक्रियाले उनलाई झस्काएको धेरैले महसुस गरेका छन् । नत्र प्रधानमन्त्रीको एक पटकको आवहान पश्चात
जनकपुरबाट सिधै उनी काठमाण्डौ फर्कने थिएनन् । उता माओवादीका अर्का नेता डा. बाबुराम भट्टराई सत्ता पक्षसाग वार्ताको औचित्य नभएको भन्दै गोरखाबाट पश्चिमतिर लागेका छन् ।
सहमतिबाटै संविधान जारी गर्ने भनिए तापनि लामो समयदेखि सहमति जुट्न नसकेपछि सत्तारुढ कााग्रेस एमालेले माघ ११ गते प्रक्रियाबाटै संविधान बनाउने कार्यलाई अगाडि बढाएका
थिए । यसबाट आक्रोसित हुादै माओवादी केन्द्रीय समितिले सशक्त सडक आन्दोलनको घोषणा गरेको थियो । सोही अनुसारको जिम्मेवारी बोकेर प्रचण्ड पूर्वी क्षेत्र आएका थिए । प्रधानमन्त्रीको वक्तव्य आउनुभन्दा अगाडि उनले आफ्ना कार्यकर्तालाई प्रशिक्षण दिादै भनेका थिए मन्त्रीको गाला चड्काउनुस्, गाडी तोडफोड गर्नुस्, प्रहरीमाथि ढुंगामुढा गर्नुस् । तर जब प्रधानमन्त्रीको वक्तव्य आयो उनले आफ्नो बोली फेर्दै भने हामीले वार्तामा बस्दै बस्दैनौ त भनेका छैनौं । आन्दोलनलाई लिएर मोर्चमा
रहेका मधेशवादी दलहरुबीचमा प्रारम्भदेखि नै विवाद थियो । विजय गच्छदार लगायतका दलहरुले आन्दोलनको औचित्य नभएको र संसदभित्रै आफ्ना धारणा
राख्नुपर्ने अडान बारम्बार दोहोर्‍याएपछि आन्दोलनले समेत निकास नदिने पक्षमा प्रचण्ड भित्री रुपमा पुगेका थिए ।

तपाईको प्रतिक्रिया