सिराहा/सिराहा जिल्लाको गोलबजार नगरपालिका वडा नं. ८ मा सोमबार विहान फेरि एक महिलाको जलाएर पासविक हत्या गरिएको छ ।
पछिल्लो केही समय यता दहेज, पारिवारिक खटपटका कारण महिलाको जलाएर हत्या गर्ने प्रचलन बढ्दै गएको छ । खासगरी सप्तरी, सिराहा, धनुषा, महोत्तरी, बारा, पर्सा, रुपन्देही, बााके, बदिया लगायतका तराईका जिल्लाहरुमा महिलालाई जलाएर मार्ने क्रम घट्नुको सट्टा झन झन बढ्न थालेको छ ।
सोमबार विहान गोलबजार नगरपालिका वडा नं. ८ की १८ बर्षीया सरिता सहनीलाई जलाएर हत्या गरिएको पाइयो, गोलबजार प्रहरीलाई उद्धृत गर्दै स्रोतले
भन्यो । केही समय अगाडिमात्र विवाह भएकी सहनीको मृत शरीर आफ्नै घरको कोठाबाट प्रहरीले बरामद गरेको थियो । गत मंसिरमा विवाह भएकी सहनीलाई मट्टितेल खन्याएर आगो लगाउने उनका पति सीताराम लगायत परिवारका अन्य सदस्यहरुलाई गोलबजार इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ । पति सीताराम सहनी लगायत आफन्तले पहिला आफै सरिताले मट्टितेल खन्याएर शरीरमा आगो लगाई आत्महत्या गरेको भन्दै गाउाभरि हल्ला पिटएका थिए । प्रहरीले मृतक सरिताको शव पोष्टमार्टमका लागि सिराहा अस्पताल पुर्याएको छ । गोलबजार प्रहरी निरीक्षक सन्तोष निरौलाका अनुसार सरिताको हत्या परिवारभित्रैबाट भएको आशंका छ । यसै अनुसार अनुसन्धानलाई अगाडि बढाइएको उहााले बताउनुभयो । गाउालेका अनुसार विवाह गरेर ल्याउादादेखि नै पति सिताराम लगायतका परिवारका सदस्यले दाइजोका निहुामा सरितामाथि कुटपट गर्ने गरेको बताएका छन् । स्थानीय रतन यादका अनुसार सरिताको अत्या परिवारले नै गरेका हुन् ।
