धरान उपमहानगरपालिकाको राजस्व अब अनलाइनबाट तिर्न सकिने

धरान÷ धरानउपमहानगरपालिकाले अनलाइन विद्युतीय प्रणालीबाट राजस्व भुक्तानी शुरु गरेको छ ।
असोज १ गतेबाट उपमहानगरपालिकाले शुरु गरेको अनलाइन विद्युतीय प्रणाली राजश्वभुक्तानी धरानउपमहानरपालिकाका प्रमुखतिलक राई र उपप्रमुख मञ्जु भण्डारी सुवेदीले औपचारिक रुपमा कर तिरेर शुरुवातगरिएको हो ।
देशको विषम् परिस्थितिलाई मध्यनजर गरी कर प्रणालीलाई चुस्त दुरुस्त बनाउन अनलाइन विद्युतीय प्रणालीबाट राजस्व भुक्तानी शुरुवात गरिएको धरानउपमहानगरपालिकाका प्रमुख तिलक राईले बताउनुभयो । उहाले यो प्रणाली देशभरिकै स्थानीयहरुमध्ये अनलाइनमार्फत राजस्व भुक्तानी गर्ने प्रणाली धरान उपमहानगरपालिका पहिलो भएको दाबी समेत गर्नुभयो ।
उपमहानगरपालिकाले कर प्रणालीलाई सहज, व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले अनलाइन कर प्रणाली सेवा सुरु गरेको जनाएको छ । सेवाग्राहीले आफुले तिर्नुपर्ने सम्पूर्ण कर विश्वको जुनसुकै ठाउँबाट पनि अनलाइन प्रणाली मार्फत भुक्तानीगर्न सकिने उपमहानगरले जनाएको छ ।
सेवाग्राहीले मोवाइलमा onnect IPS / ESEWA ाट उपमहानगरमाबुझाउनु पर्ने भुमी कर, घर तथा घर बाहाल कर, व्यवसाय करलगायत सम्पूर्ण करको भुक्तानीगर्ने व्यवस्थागरिएको धरान उपमहानगरको राजश्वतथा सुचना अधिकृत खगेन्द्र खतिवडाले जानकारी दिनुभयो । करदाताले धरानउपमहानगरपालिकाको वेभसाइट www. eservice.dharan.gov.np मा गएर करदाताकोयुजर नेम र पासवार्ड प्राप्त गरी स्वदेश तथाविदेशबाट नेपालको कुनै पनि बैंकमा रहेको आफ्नो खाताबाट कनेक्ट आइपिएस वा इ–सेवाबाट सजिलै कर तथा राजस्वभुत्तानीगर्न सकिने भएको हो ।
यो सेवाविद्युत र खानेपानीको विलभुक्तानी गरे जस्तै सजिलो हुने नगरपालिकाले जनाएको छ । गतवर्षदेखि नै अनलाइन प्रणालीको सुरुवातगर्ने भनिएता पनि विभिन्न कारणले शुरुवात गर्न उपमहानगरपालिकाले सकेको थिएन ।

तपाईको प्रतिक्रिया