भारत र चीन सीमा विवाद ः लद्धाखमा अत्यन्तै चीसोका कारण चिनिया“ सेनाको नाजुक अवस्था

एजेन्सी÷विश्वका दुई शक्ति सम्पन्न राष्ट्र भारत र चीनको सीमा विवादलाई लिएर विगत केही महिनादेखि लद्धाखमा गतिरोध कायमै रहेको छ र दुवैदेशका सेना एक अर्काको आमने सामने आएका छन् ।
लद्धाखमा भएको गतिरोधलाई हेर्दा लाग्छ यो अवस्था आगामी दिनमा समेत कायम रहन्छ । चीनको कपटपूर्ण व्यवहारलाई देखेर भारतीय सेनाले पनि पैँगोँग इलाकामा चीनलाई टकराव दिन आफ्नो स्थिति अत्यन्तै मजवुत र दब्रिलो बनाएको छ ।
भारत र चीनका सेनाबीच कुटनीतिक स्तरमा कैयौ पटक वार्ताहरु भइसकेका छन् । तर दुवै तर्फबाट गतिरोध हँट्ने संकेत देखिएको छैन । भारतले चीनको यसभन्दा अगाडिको कपटपूर्ण व्यवहार देखेर स्पष्ट गरिसकेको छ पहिला चीनले आफ्ना सेनाहरु पछि हँटाउनुपर्छ । हाल लद्धाखको पैँगाँेंग देखि लिएर रेजांगला सम्मको इलाकामा भारत र चीनका सेनाहरु तीन स्थानमा आमने सामने तैनाथ रहेका छन् ।
दुवै देशका विदेश मन्त्रीहरुका बीच लद्धाख क्षेत्रको विवाद साम्य गर्न १० सेप्टेम्बरमा मस्कोमा वैठक भएको थियो । जसमा पाँच विन्दु (स्थान) मा तनाव कम गर्ने सहमति भएको थियो । मन्त्री स्तरमा भएको सहमतिका बाबजुद पछिल्ला नौ दिनमा लेÏिटनेन्ट जनरल स्तरमा भएको वार्तामा कुनै प्रकारको निर्णय हुन सकेको छैन । सेनाको सुत्रलाई उधृत गर्दै एजेन्सीहरुले भनेका छन् चीनका तर्फबाट यसमाथि कुनै प्रकारको निर्णय गरिर्एको छैन । तर जबकी सेना पूर्ण रुपमा वार्ताका लागि तयार छ । यो हुनुको पछाडि चिनियाँ सेनाको सोच नै बाधक रहेको छ । उसले ठानेको छ वर्तमान परिस्थितिमा भारतीयले पैँगोंँगका पहाडहरुमा रणनीतिक कब्जा गरेको छ । यस्तो अवस्थामा वार्ता भएमा भारतीय सेना चिनियाँ सेनामािथ हावी हुने कोसिस गर्न सक्छन् ।
स्रोतका अनुसार उत्तरी पैँगोगंका रेजांग्ला र फिंगस्ट ५ क्षेत्रमध्ये तीन स्थानमा दुवै दशेका सेना आमनेसामने रहेका छन् । उनीहरुबीचको दूरी दुई सय मिटरदेखि तीनसय मिटर भन्दा ज्यादा छैन । यद्यपि पछिल्ला दश दिन यता दुवै देशका सेना बीचमा भिडन्तका समाचार बाहिर आएका छैनन् । तर स्थिति भने तावपूर्ण नै बनेको छ । यसैले यहाँको स्थितिलाई आंकलन गरी स्थिति साम्य बनाउन दुवै देशका सेना पछाडि हँट्नुको विकल्प छैन । गएको हप्ता ब्रिगेडियर स्तरको वार्तामा यही मुद्दा माथि चर्चा पनि भयो तर चीनले त्यसमाथि कुनै प्रतिक्रिया जनाएन ।


चिनिया सेनाको अवस्था नाजुग
चीनको गतिविधिबाट उत्पन्न अवस्थाका बीच लद्धाख क्षेत्रमा अत्याधिक चीसोले पनि परिस्थितिलाई थप जटिल बनाउदै लगेको छ । खास गरेर चीसोले चिनियाँ सेनाको हालत अत्यन्तै नाजुग बन्दै गएको छ । यद्यपि यसको कुनै आधिकारिक पुष्टि नभएपनि ठूलो संख्यामा चीसोका कारण चिनियाँ सेनाहरु विरामी परेका छन् । तर भारतीय सेनामा चीसोको कुनै असर देखिएको छैन । भारतले आफ्ना सेनामा चीसोका प्रभाव नपरोस भनेर तयारीलाई तिब्रता दिएको छ । जसका कराण एलएसीमा भारतीय सेनाको उपपस्थिति मजबुत रहेको छ । लद्धाखको अवस्था हेर्दा टकरावको अवस्था अहिल्यै साम्य होला जस्तो देखिदैन ।
बढ्यो भारतीय सेनाको ताक
चीनसँगको तनातनी कारण पछिल्लो पटक भारतीय सेनाको ताकत बढेको छ । भारतको उन्नत तोपको रुपमा रहको सांरग अब भारतीय सेनालाई दिइएको छ । जवलपुरको हवीकल फैक्ट्रीबाट ३ सारंग तोप
(कबचबलन अबललयल) शुक्रबार Ïलेगिस समारोहमा सेनालाई जिम्मा दिइएको थियो । भारतको सबैभन्दा शक्तिशाली तोप धनुषपछि उन्नत तोपमा सारंगलाई लिइन्छ ।
यो तोपको भार हान्न सक्ने क्षमता ४० किमी रहेको छ । सुधार पछि यो अँध्यारोमा समेत मार हान्ने र यसको वैरल १५५ एमएम ४५ क्यालिवर रहेको छ । लामो समयदेखि यसको परीक्षण जवलपुरको एलपिआर रेंजमा गरिदै आएको थियो । सारंगको कारणल लद्धाखमा तैनाथ भारी सेनाको मनोबल अझ उच्च भएको छ ।

तपाईको प्रतिक्रिया