विष्णुपादुकाको आपटारमा पहिरो : सात घर परिवार विस्थापित

धरान लगातारको बर्षाका कारण धरान–२० विष्णुपादुकास्थित आपटारमा पहिरो जादा ७ घर परिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।
शनिबार मध्यान्ह आपटारमा एक्कासी जमिन चीरा चीरा परेर घरहरु भासिन थालेपछि उनीहरु घरमा क्षति पुग्दा उनीहरु विस्थापित भएका हुन् ।
आपटारकी ५२ वर्षिया मैनासरी राई आफ्ना परिवारसहित संगै बसेर विहानको खाना खाने सुरसारमा थिइन् । उनकी बुहारीले खाना पकाइसकेपछि खाना खाने तयारीमा रहेका उनीहरुलाई नसोकेको विपत्ति आइलाग्यो । एक्कासी घरको वरपर जमिन चिरा चिरा पर्न थाल्यो । विहान १० बजेदेखि नै घरमा चरकचुरक आवाज आउदै थियो । तर अपरान्ह भने आफ्नै चीरा चीरा परेपछि उनीहरु ज्यान जोगाउन तिर लागे । यतिकैमा गाउँमा हल्लाखल्ला भयो । गाउँभरी पूरै जमिन चिरा चिरा परेर जमिन भासिन थाल्यो । मैनासरीको उनको दुई वटा घर हेर्दा हेर्दै भासियो । जीवनमा कहिल्यै विपत्ति आइनपरेको उनलाई घर तथा खेतबारी पहिरोले क्षतविक्षत बनाइदिएको घट्ना उनीको लागि पीडादायि भएको भावविहल अवस्थामा उनले बताइन् ।
मैनाशरीले जस्तै नियती भोग्नु पर्यो राम बहादुर राइ र नन्दलाल यादवले पनि । उनको घरपनि पहिरोले बस्ने नसक्ने गरी क्षती पु¥यायो । घरखेतमा पूर्ण क्षति पुर्याएपनि दिउसोको समयमा भएकोले मानविय क्षती हुनबाट जोगिएको उनी बताउछन् । अहिले् उनीहरु छिमेकीका आश्रय लिएर बस्न बाध्य भएको पीडित रामबहादुर राई र नन्दलाल यादव बताउछन् ।
उनीहरुमात्र हैन गाउका सवलमान राई, रामबहादुर राई, वस्तीलाल राई र सत्यकुमार राईको परिवार शनिवार गएको पहिरोकै कारण विस्थापित भएका छन् । घरमात्र हैन उनीहरुले दुख गरेर लगाएको अन्नबालीमा पनि क्षती पुगेको छ् । गाउ नैै पहिरोले क्षतविक्षत पुरयाएपछि गाउमा पुग्ने सडक अवरुद्ध भएकोल छ भने खानेपानी, विजुली पोलमा समेत क्षसत पुगेको छ । उनीहरुलाई अहिले जिल्ला रेडक्रस सोसाइटी सुनसरीले राहत उपलब्ध गराएको छ । वडाध्यक्ष मणिराम राईले आपटारमा नसोचेको घटना घट्दा ७ घरपरिवार विस्थापित भएको बताउनुभयो । उहाले विस्थापित परिवारलाई कसरी सहज रुपमा व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरामा गम्भीर भएर लागेको बताउनुभयो । स्थानीयहरुले जोखिम न्यूनिकरणका लागि स्थानीय सरकार तथा सम्बन्धित पक्षलाई दुई हप्ता अगाडि जानकारी समेत गराएका थिए । स्थानीयको जानकारीपश्चात सम्बन्धित पक्षले अनुगमन समेत गरेको थियो । तर अनुगमनपश्चात स्थानीयको जानकारीलाई गम्भीर नभएकैकारण ठूलो क्षति व्यहोर्नुपरेको स्थानीयहरुको आरोप छ ।

तपाईको प्रतिक्रिया