धरान÷नेपाल प्रगतिशील लेखक संघको विजुलीसभा (भच्र्युल) ले ६९ औं स्थापना दिवस सम्पन्न गरेको छ ।
वि.सं. २००८ सालमा गठन भएको प्रगतिशील लेखक संघ बीच बीचमा टुटफुट हुदै आजको अवस्था सम्म आइपुगेको हो ।
पं्रगतिशील लेखक संघका प्रदेश सल्लाहकार प्रा.डा. भीम खतिवडा प्रगतिशील लेखक संघलाई वामपन्थीहरुको मात्र हो भन्ने एकथरिले ट्याग लगाइदिएको प्रति खिन्नता व्यक्त गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ वि.सं. २००८ सालमा श्यामप्रसाद शर्मा आइमाइमाथि निबन्धका लेखकको नेतृत्वमा स्थापना भएको हो । बीचमा धेरै टुटफुट आयो र सोमबार ६९ औं स्थापना दिवस मनाइएको हो ।
प्रलेसको जीवन चन्द्र गिरी हाल केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । प्रगतिशील भनेको मान्छे मुर्कट खालका छन् । कृष्ण धाराबासी जस्ता लेखकलाई उनीहरु प्रगतिशील मान्दैनन् । प्रगतिशील चाहिँ माक्सर्वादी सैन्दर्य चेतनामा आधारित भएर सिर्जना गर्ने मान्छेहरुको माक्र्सवादी स्रष्टाहरुको संस्था हो । अहिले छरपस्ट सबै प्रकारका छन् । धार्मिक प्रवृीत्तका मान्छे पनि यहाँ छन् । त्यसैले टुटफुट भएर पनि मूल मर्मचाहिँ जनताको पसिनाको कदर गर्ने, माक्र्सवादी सौन्दर्यलाई आधार बनाएका, समाजवादी यथार्थवादी खालको साहित्यका सबै विद्यामा (गीत, गजल) समाजलाई उद्वोध गराउने उद्देश्य यसको हो ।
आज सात्यिकार,पत्रकार गहना भनिन्छ । वास्तवमा गहना होइन अंग हो । गहना भए काम गर्ने बेृलामा खेलेर राख्नुप¥यो नि । यी सबल अगं हुन् । चौथो अंगलाई विगारेर अलंकार जस्तो बनादिएको छ । साहित्यकारलाई पनि त्यसै गरिदिएको छ । मन्त्री आएर भाषण गर्छन गहना भनेर यो त्रुटीपूर्ण छ । बज्रस्वाँठहरुले यसो गरिदिएका हुन् । साहित्यकार, सञ्चारकर्मी, खेलाडी वा अन्य कोही पनि गहना होइनन् अंग हुन् । सबैले राज्यलजाई आफ्नो ठाउँबाट योगदान गर्ने हो । अहिलेको सरकारको कतिपय स्वार्थी लैवरी चरित्र देखाएर लेख्ने गरेका छन् । नेकपाको सरकार आउँदा नेकपाको पत्रकार, भोलि काँग्रेसको सरकार आउँदा काँग्रेसको पत्रकार हुने जस्तै साहित्यमा पनि यो रोग छ । खतिवडा भन्नुहुन्छ म आस्थाले नेकपासँग नजिक छु तर व्यक्तिको पूजा गर्नुहुँदैन । स्रस्टाहरुले सधैभरि राम्रो कामको समर्थन र नराम्रो कामको किस्ट ढंगले आलोचना गर्नुपर्छ ।
बलात्कारमा परेकी बहिनीका बारेमा दाजुले कविता लेख्दा तिम्रा ओठै राम्रा, तिम्रा आँदै राम्रो भनेर लेख्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । आज यहाँ सीमा मिचिएको छ, स्वाभिमानका लागि वामपन्थीहरुले मात्र विरोध गर्दछ भन्ने एक प्रकारको हुइम चलाइएको छ । कृष्ण धारावासी प्रजातान्त्रिक सोच, चेतना भएका मान्छे हुन जसले यति राम्रो सिर्जना गर्नुहुन्छ । म स्रष्टाहरुको वर्ग छुट्याउन सक्दिनँ । दुई खालको विचारको धु्रव हुनु स्वभाविक हो । वर्र्गीय समाज, सरकारको भन्दा पनि गरिब, मजदुर, कमजोर वर्गको बारेमा लेख्नेलाई प्रगतिशील मानिन्छ । तर यहाँ दुवालपाटेहरु धेै छन् । मोहन विक्रम सिंहका छोरा समिर सिंह हाल महाचिव हुनुहुन्छ । उहाँले सबैलाई मिलाएर लैजाने भन्ने सोचमा हुनुहुन्छ । विजुलीसभामा सिपी मैनालीले अत्यन्तै राम्रोसँग सैन्र्दर्य चेतना, साहित्य, कला संस्कृतिका बारेमा टिप्पणी गर्नुभएको थियो । पहिला उहाँ नै अध्यक्ष हुनुहुन्यो । निवर्तमान अध्यक्ष मातृका पोख्रेलले स्थापनादेखिको वास्तविकता चर्चा गर्नुएको थियो । वर्तमान अध्यक्ष जितेन्द्रदेव गिरीले पनि प्रलेसका बारेमा आफ्नो विचार राख्नुभएको थियो भने नेपाल बैंकका बोर्ड अध्यक्ष बासुदेव अधिकारीलाई पुरस्कृत समेत गरिएको थियो ।
