व्यवायीलाइ राज्यले सहुलियत दिनुपर्ने

धरान÷ विश्वमै फैलिएको कोरोना भाइरसले नेपाला सबै क्षेत्र प्रभावित बनेको छ । हरेक क्षेत्र प्रभावित भएसंगै व्यवसायिक क्षेत्रमा लगानी गरेकाहरु समेत उठ्नै नसक्ने अवस्थामा पुगेका छन् । व्यवसायिक घाटा, वैंकका ऋण, घरभाडाले थलिएका व्यवसायीहरु सरकारले लकडाउनलाई खुकुलो बनाएर व्यवसायिक गतिविधि गर्ने वातावरण नगदिए अब सबै व्यवसायी उठ्नै नसक्ने अवस्थामा पुगेको बताएका छन् । उनीहरुले नेपालीहरुको महान चाड दशै तथा दिपावलीका पुर्व सन्ध्यामा भ्याइ नभ्याई भएका व्यवसायीहरु यसपटक भने थला परेका छन् । उनीहरुले अब भने सरकारले व्यवसायिलाई काम गर्ने वातावरण तयार गर्न सरकारसंग माग गरेका छन् ।
धरान १२ का व्यवसायी राजेश अग्रवालले ५ महिना भन्दा लामा समयदेखि कोरोना जोखिम न्यूनिकरणका लागि सरकारले गरेको लकडाउनका सबैभन्दा बढी मारमा परेको बताउनुभयो । उहाले लामो समयदेखि व्यवसाय ठप्प हुदा व्यवसायिक घाटा त छदैछ, वैंकको ्ऋण, घरभाडाले उठ्ने नसक्ने गरी थला पारेको बताउनुभयो । उहाले अब भने नेपालीहरुको महान चाड दशै तथा तिहार नजिकिदै गएको बेला लकडाउनको स्वरुप परिवर्तन गरेर व्यवसाय गर्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।
लगातारको बन्दले व्यवसायीले लकडाउन खुलेपनि व्यवसाय सञ्चालनमा कठिनाई हुने व्यवसायीहरु बताउछन् । सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठले व्यवसाय सञ्चाल नहुदा सामान विग्रिने समस्यादेखि लिएर परिवारको लालनपोषण, कर्मचारको तलब लगायतका कुराको व्यवस्थापन गर्न नै गाहो भएको बताउनुभयो । उहाले समेत अब व्यवसायीको हितलाई मध्यनजर गरी चाडपर्वमा सहज ढंगले व्यवसाय गर्ने वातावरण राज्यले गर्नुृपर्ने बताउनुभयो ।
लगातारको बन्दका कारण सबै क्षेत्र डावाडोल हुदा धरानमात्र व्यवसायीहरुले ७० करोड घाटा व्यहोर्नुपरेको धरानका अर्थ विश्लेषक् कृष्णकुमार अग्रवालले बताउनुभयो । उहाले कोभिड १९ मा राज्यको सम्पूर्ण संयन्त्र लागेको अवस्थामा सरकारले व्यवसायीलाइ करतिर्ने समयवाधि बढाएर सहयोग पु¥याएको बताउदै अबका दिनमा समेत व्यवसायीलाई व्यवसाय गर्ने वातावरण सरकारले गर्नुपर्ने बताउनुभयो ।
कोेरोना भाइरस संक्रमण जोखिम न्यूनिकरण गर्ने अभिप्रायले ६ महिनादेखि गरेको लकडाउनले व्यवसायीहरु उठ्नै नसक्ने अवस्थामा पुगेको भन्दै व्यवसायीहरुले सरकारको तर्फबाट सक्ने सहयोग गरेर व्यवसाय गर्ने वातावरण गरिदिन उनीहरुले सरकारसंग मग गरेका छन् । उनीहरुले चाडपर्व नजिकिदै जादा व्यवसायीहरुको पिक सिजन भएकोले जोखिम न्यूनिकरण गर्ने उपाय अवलब्धन गर्दै व्यपार व्यवसाय गर्ने वातावरण मिलाउन उनीहरुले आग्रह गरेका हुन् ।

तपाईको प्रतिक्रिया