नेपाल स्वीजरल्याण्ड बन्ने भो
नेपाल अब स्वीजरल्याण्ड बन्ने भएको छ । नेपाल मात्र हुँदा नेपालीहरुलाई वाक्कदिक्क भएको थियो । नेपाल मात्र हुँदा सदैव नारा जुलुस बन्द हड्ता मात्रै त हुने हो । बल्ल–बल्ल अपरहाउमा तानिएका तनुवा सांसद बाउदेउ गौतमले अब नेपाललाई स्वीजरल्याण्ड बनाइदिने अस्तिका दिन घोषनै गरिदिएका छन । अरु सबै गफैका पोका त हुन । यस भन्दा अगाडि कसैले सिंगापुर बनाउने, कसैेले के बनाउने घोषणा गरेका थिए । तर कसैले खालो सारेनन् । अब तनुवा साँसद बाउदेउ आएका छन् उन्ले चाहिँ स्वीजरल्याण्ड बनाएरै छोड्लान जस्तो छ । हुने विरुवाको चिल्लो पात त्यसै भन्या होइन । दुइ हजार बृद्ध भत्ता खाएर बसेका बाउदेउ ड्याम्मै डेढलाख तलब खाने जगहमा पुगेका छन् । प्रसस्त बजेट पाएमा म नेपाललाई स्वीजरल्याण्ड बनाइन्छिु भनेर घोषना गर्दा धेरैले बाउदेउलाई उल्लीबिल्ली बनाएका छन् । पहिला बजेटको व्वस्था त होस.् अनि बाउदेउको पाइन देख्लाउ । त्यसैकाखी बजाउनु त भएन नि गाँठे ।
सडकमा उफ्रनेहरुलाई मुड्के सास्ती
नेपाली युवाहरुको खप्परै उस्तो रै’छ । केही गर्दा नि जस छैन । फलानोले भ्रष्टाचार ग¥यो त्यसलाई कार्वाही गर भनेर सडकमा उफ्रदा पनि मुड्के सास्ती पाएका छन् बलात्कारीलाई कार्वाही गर भनेर उफ्रदा पनि मुड्के सास्ती पाएका छन्, हत्यारालाई कार्वाही गर भन्दा पनि मुड्के सास्ती पाएका छन, इमान्दारलाई काम गर्न दे भन्दा पनि मुड्के सास्ती पाएका छन् । नारा, जुलुस,तोडफोड, ढुंगा प्रहार, टायर दहन गर्नेहरु आज सत्तामा पुग्या छन अनि अर्र्काेले नारा जुलुस गर्दा निर्घात नपिटेर पनि त भएन । नेपालमा सडकमा उफनेहरु नै भोलि सत्तामा पुग्ने हुन् । अहिले सत्तामा बस्नहरुले मुड्के सस्ती गरेनन् भने भोलि वित्याँस पर्ला भन्ने कत्रो त्रास छ । नत्र कुलमानलाई दोहो¥याउ भन्नेहरुलाई लघारी लघारी कन्पारो भत्किने गरी कन बजाउनु, निर्मलाका बलात्कारी र हत्यारालाई कार्वाही गर भन्दा खुट्टाको पांग्रो खुस्कने गरी किन बजाउनु । जे होस गनतन्त्रमा बजाएरै ठीक पार्ने भए । यो देशकी मालिक्नी डेड अर्बको हेलिकोप्टर, १८ करोको गाडी चढ्छिन् दाशहरु टुँडिखेमा कोरोना मामारीको बेला टपरी थापेर भात खान्छन् । ख्याल गज्जब छैन ।
फरिया उचालेर स्तन….
यतिबेला अरिंगालहरुले आफना ख्वामीको बडो प्रसंसा गर्ने गरेका छन् । खप्रओले देखेको सपना पूरा भयो, जनकपुर जयनगर रेल सेवा शुरु भयो भन्दै तिनले सामाजिक सञ्जालमा ख्वामीको प्रशंसा गरेको देख्दा घण्टाघलाई कुरी कुरी लाग्न थाल्या छ । हैन हौ अरिंगाल भन्या टाँगाको घोडा नै हुन कि क्या हो ? विचराहरु नहुन पनि कसरी ? विहान बेलुका कुँडे खान पाएका छन् । खान पाएपछि मलद्वालाई हरिद्वार देखेर काम गर्नैप¥यो । एउटाले सम्झौता गर्छ अर्कोले बनाइदिन्छ र रेल दिन्छ तर जस अर्कोले लिन खोज्नुचाहिँ अलि हजम नभएको कुरा हो । खप्रओले जनपुरमा रेल ल्याउने सपना कहिल्यै देखेनन् । अरिंगालहरुलाई यो कुरा बुझाउन खोज्यो भने चिलान भन्ने तराई । जनकपुरमा रेल खप्रओले ल्याउनु भन्नु र फरिया उचालेर स्तन छोप्न खोज्नु उस्तै उस्तै हो । बात किन नबुझेका होलान् ।
बालिकाले मुद्दा फिर्ता लिइन्
पर्देश नं. खै कति भनौ तर मुख मन्तरीचाहिँ पक्कै हुन । मुख मन्तरी भन्या त बडो ठूलो मान्छे पो हुन त गाँठे ? लत्तराले यिन्का केही लछारपाटे लगाउनै सक्दैनन् । आगे पिछे राज्येका अरिंगाल त्यसपछि गोठाला, हुक्के, ढोके, बैठकेहरुको ताँती । भुत्लो भाङ्ग काममा नगरेपनि मुख मन्तरी उठ्ने वित्तिकैै पिर्के साली ग्रहण गर्ने मान्छे । अब त्यस्ता वडेमानका मान्छेलाई नानाथरिको आरोप लगाएर उमेर नै नपुगेकी बालिका हातपात ग¥यो, श्रीमति कायम गराईपाउ, अंश भराईपाउ भनेर मुद्धा हालेर पनि हुन्छ ? चाहिँेने
कुरो पो गर्नुपर्छ त ? अदालतले उमेर नै नपुगेकी बालिकको माग बमोजिम सुनाउला भन्ने कसैले पत्याउनै सक्दैन विचारीले अन्तेमा आफूनादानबाटै गल्ति भयो भन्दै मुद्दा फिर्ता लिइछन् । धन्य हो प्रभुको लीला ।
भ्रष्टाचार गर्नुबाहेक चिन्तै छैन
नेप्लिज लाँग्रेसका काम चलाउ पति श्यालबहादुरले अस्तिका दिन भ्या भ्या गर्दै भने खप्रओको सरकारलाई भ्रष्टाचार गर्नुबाहेक अर्थोक केहीको चिन्तै छैन । सर्पले सर्पको खुट्टी देख्छ भन्थे हो कि क्या हो ? खप्रओलाई के कुराको चिन्ता छ भन्ने कुरा कस्तो ठ्याक्कै भन्दिएको त ? आफू सत्तामा हुँदा वाइडवडीदेखि छोटी बडीसम्म, सासूदेखि साला सालीसम्म, माल लिएर स्यालबहादुलाई झल्झल्ती याद आउँछ होला । त्यसैले त उनी बीच बीचमा बर्बराउँछन् अनि फेरि गुपचुप हुन्छन् । बर्बराउदा वाल्वाटारबाट राम्रै नजराना बूढानिलकण्ठ पुग्ने भएपछि किन नबर्बराउनु । जति बर्बरायो त्यति छानाबाट बषर््ोउली बर्षे झै बर्षिने भएपछि यदाकदा स्यालबहादुर बर्बराउछन् कि कसो हौ ?
कहा“ मुन्टिएछन्
सत्ता र शक्तिको आडमा मजगुन जीवन विताइरहेकाहले यसपटकको संंविधान दिवस उद्युम मच्चाएरै मनाए भने चाट्न नपाएकाहरुले विरोध गर्दैै जलाए ।क्या वात छ संविधान पनि एकथरिलाई स्वीकार्य अर्को थरिलाई अस्विकार्य । अझ उदेक त के देख्नुप¥यो भने साह र राणाले जोगाइ दिएको, बनाइ दिएको टुँडिखेलमा नव महाराज नव महारानीहरुलाई लाखौ खर्च गरेर हेलिकोप्टरबाट पुष्प वृष्टि
गरिएछ । हेर्न खोज्नेहरुलाई लाठो हान्दै धपाइएछ । नजिकै दाताहरुले गरिब, मजदुरलाई टपरामा भात खुवाईरहँदा नव
महाराजको दिव्यवाणी प्रस्फुटन भएछ संविधानले सबैलाई बराबरी हक दिएको छ । दाताले टपरामा दिएको भात खानेहरु फिस्स हाँस्दै थिए । यस पटक एउटा कुराचाहिँ गजबै भएछ सधै संविधानको विरोध गर्दै आएका मधेशवादी दलहरु सबै गायव भए । तिनीहरु एकाएक गायव हुनुचाहिँ रहस्यमय नै भएको छ । पक्कै पनि तिन्ले लालिपको स्वाद चाख्या होलान् ।
किलोकै भाउमा बाडिएछ
कागलाई बेल पाक्यो हर्ष न विस्मात । न टोक्नु न चिथोर्नु । गोडापाँचेक जनाले आफू खुशी लेखेको संविधानले जीवन सुधारेकाहरुले यसपटक आफ्ना वरपर चौवीसै घण्टा नृत्य गर्दै, भजन गाउँदै आएका नन्दीभृंगीहरुलाई किलोकै भाउमा पदक बाँडेछन् । पदक पाउने एक आद्य छोडेर कम्ता महान छैनन् । बलात्कारको मामलामा अदालतले डामेर पनि संविधानकै कारण सडकमा छाती फुलाएर हिड्नेहरु, भ्रष्टचारको मामलामा देशैभरि ठँसठँस्ती गन्हाएकाहरु, हत्या आरोपमा गहुँत पानी छर्केर चोख्याइएकाहरु, वाल्वाटार बेच्नेदेखि नागरिकता बेच्नेसम्मकाले यस पटक टन्नै पदक पाएछन् । नवमहारानीबाट पदक पाउँदा तिनीहरु फुलेल थिए । आखिरी मान पदक भन्ने कुरा यस्तैले पाउने त हुन् नि । आखिरी मुलुकमा श्री ६ को सरकार जो छ ।
अन्तेमा
नेप्लिज लाँग्रेसको चौथो महाधिवेशनको रन्को यतिबेला राम्रैसँग देखिन थालेको छ । माथिल्लो सभापतिको दौडमा यतिबेला आधा दर्जनको अनुहार देखिन थाल्या छन् । सबै लिगलिगे दौडमा छन् । जनकपुरका टाटेदेखि लिएर आइ काजीहरुसमेत सभापतिमा उठ्छु भन्दै मच्चिएर हिड्न थाल्या छन् । झापाली कृष्णेदेखि बुढानिलकण्ठे स्यालबहादर भेडिया खसान लिएर हिड्या छन् । सबैले आ–आफ्नो बटालियन बनाएका छन । कहिले बटलियनका मुखिया पूर्व दौडन्छन् कहिले पश्चिम दौडन्छन्, कहिले उत्तर दौडन्छन् त कहिले दक्षिण दौडन्छन् । दौडिया छन् दौडिया छन् । यिन्लाई पद चाहिएको छ । विना पद बस्दा यिनीहरुको सासै जाला जस्तो हुन्छ । हिरिक हिरिक हुन्छन् । पद लिएपछि पद भँजाएर धन्दा चलाउन कस्ता सजिलो हुँदैन । धन्दा वा दोकन चलाउकै लागि यिनीकरु लिगलिगे दौडमा सामेल भएका छन् । जनता त उही गुलिफ्याक । कि कसो हौ ?
