आपत्तकालीन राहत सामाग्री हस्तान्तरण

काठमाण्डौ÷संघीय सांसद तथा नेपाल भारत महिला मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाइ भारत सरकारका तर्पmबाट भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी– खम्पाले आइतबार आपतकालीन राहत सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
विगत केही दिनदेखिको अविरल बर्षाको कारण तराईका केही जिल्लामा बाढी र पहाडमा पहिरोको कारण सैयौले ज्यान गुमाएको, कैयौ बेपत्ता भएको, अरबौको भौतिक सम्पत्ति विनाश भएको छ । विपत्तको यस्तो अवस्थामा आफन्त गुमाएका, घरबारविहीन भएकाहरुलाई तत्काल राहत पुगोस् भन्ने उद्देश्यले भारत सरकारले दूतावास मार्फत आपत्तकालीन राहत सामाग्री उपलब्ध गराएको हो ।
टेन्ट, त्रिपाल, औषधि लगायतका उक्त राहत सामाग्री नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई वितरण गरिने समाजकी अध्यक्ष एवम् सांसद चौधरीले बताउनुभयो । बाढी र पहिरोका कारण नेपालमा भएको मानवीय विपत्ती र भौतिक क्षतिलाई ध्यानमा राखी उक्त आपत्तकालीन राहत सामाग्री नेपाल भारत महिला मैत्री समाजले प्रदेश नं. २,३, ५, ६ र ७ का कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गरिने भएको छ । भारत
सरकारको नियमित मानवीय सहयोग तथा आपत्तकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामाग्री नेपाललाई हस्तान्तरण गरिएको हो ।

तपाईको प्रतिक्रिया