इनरुवा÷सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलाई गोली हान्ने धम्की दिएको भन्दै प्रहरीले भारतीय ठेकेदार बब्लु भगतलाई शुक्रबार राति भाण्टाबारीबाट प्रक्राउ गरेको छ ।
भारत सुपौल जिल्लाको वीरपुर घरभएका भगत विगत लामो समयदेखि कोशी व्यारेज लगायतका स्थानमा भारत सरकारले निर्माण गर्ने ठेक्कापट्टाको काम गर्दै आएका थिए । भगतको ससुराली समेत नेपालको भण्टाबारी नै भएकोले निर्माणसँगै ससुरालीको नाताले पनि उनी भाण्टाारी आउजाउ गर्दै आएका थिए ।

भाद्र २६ गते सदरुल मियाँको मोवाइलमा इनरुवा घर भएका मनोज यादवको मोवाइलबाट आफूलाई गोली हानी मार्ने धम्की दिएको अध्यक्ष अन्सारीले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले उनलाई भाण्टाबारीबाट मदिरा सेवन गरिरहेको अवस्थामा प्रक्राउ गरेको थियो । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख कमल थापासँग सम्पर्क राख्दा उहाँले भन्नुभयो बब्लु अन्सारीलाई प्रक्राउ गरिएको छ । अध्यक्ष अन्सारी र भगतबीचमा केही व्यवहारिक खटपट रहेको सुन्नमा आएको छ । अध्यक्ष अन्सारीले केही समय अगाडि भगतले भाण्टाबारीमा आएर मदिरा सेवन गरी होहल्ला गरेको भन्दै उनलाई भाण्टाबारी आउन बैठक बसी रोक लगाउने निर्णय गरेका थिए । मदिरा सेवनका बेला पनि भगतले भाण्टाबारी अन्सारीको राज हो भन्दै यादवको टेलिफोनमा सदरुल मियाँमाथि आक्रोस पोखेका थिए । यता कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीले आइतबार भगतमाथि आवश्यक कारबाहीका लागि जाहेरी दिएकोले थप अनुसन्धान अगाडि बढेको एसपी थापाले बताउनुभयो ।
