भारतको मध्यप्रदेशमा प्रधानमन्त्री आवास योजना अन्तर्गत निर्मित १ लाख ७५ हजार घर उद्घाटनस“गै गृह प्रवेश

एजेन्सी (नया दिल्ली)÷भिडियो कन्फ्रेन्सका माध्यमबाट भारतको मध्य प्रदेशमा भारतीय पधानमन्त्री नरेन्द्र मोदीले शनिवार प्रधानमन्त्री आवास योजना ग्रामीण अन्तर्गत निर्माण सम्पन्न भएका १ लाख ७५ हजार घरको उद्घाटनसँगै घर प्राप्त गर्नेहरुसँग अन्तरसंवाद गरेका छन् ।
घरबारविहीनहरुको गृह प्रवेशको दृश्यसँगै भारतीय प्रधानमन्त्री मोदीले भने आज मध्यप्रदेशमा घरवारविहीनहरुले आफनो घर प्राप्त गर्नुभएको छ । आफनो सपनाको घर पाउनु भएको छ । नयाँ घर प्राप्त गर्नुहुनेहरुकालागि यस पटकको दिपावली विशेष हुने समेत उनले बताए ।
प्रधानमन्त्री मोदीले भिडियो कन्फ्रेन्समै भने अब तपाईहरुमा एउटा नयाँ विश्वास पलाएको हुनुपर्छ । मध्यप्रदेशमा १ लाख ७५ हजार घरमा जो परिवार प्रवेश गर्नु भएको छ म सबैलाई बधाई र शुभकामना दिन्छु । प्रेस कन्फ्रेन्समा प्रधानमन्त्री मोदीले भने जब गाउँमा अत्यन्तै राम्रो र हाइस्पिडको इन्टरनेट आउँछ, वाइफाई हटस्पट बन्छ अनि गाउँका वालबालिकाको पढाई र युवाहरुको कमाईको एउटा राम्रो अवसर प्राप्त हुन्छ । गाउँ अब वाइफाइको हटस्पटसँग मात्र जोडिदैन बल्की आधुनिक गतिविधिको व्यापार कारोवारको समेत हटस्पट बन्छ ।
उनले आगामी एक हजार दिनमा देशका सात लाख गाउँमा अप्टिकल फाइवर ओछ्याउने काम पूरा हुने बताए । पहिला देशका २ लाख पाँच हजार पञ्चायतसम्म अप्टिकल फाइवर ओछ्याउने लक्ष्य राखिएको थियो । अब यसलाई हरेक गाउँ गाउँमा पु¥याउने संकल्प लिइएको छ । उनले भने आज गाउँमा ठूलो संख्यामा राज मिस्त्री र महिला राजमिस्त्रीका लागि नयाँ नयाँ अवसर बनेको छ । मध्यप्रदेशमा मात्र ५० हजार भन्दा बढी राजमिस्त्री प्रशिक्षित गरिएको छ । यसमध्ये ९ हजार महिला राजमिस्त्री रहेका छन् ।
जब गरिबको आम्दानी र आत्म विश्वपास बढ्छ त्यसबेला आत्मनिर्भर भारतको संकल्प पनि दब्रिलो वा मजबुत हुन्छ । पहिला गाउँमा मूलभूत सुविधाहरुलाई विकास गरियो, अब आधुनिक सुविधाको विकास गर्र्दै लगिएको छ । इन्द्र धनुषमा जसरी फरक फरक रंग हुन्छन् त्यसैगरी प्रधानमन्त्री आवास योजना अन्तर्गत बनिने घरमा पनि आफ्नै रंग हुन्छ । अब गरिबलाई घरमात्र प्राप्त हुँदैन घरसँगै शौचालय, ग्याँस कनेक्सन, विजुली बत्ति, लिड बल्ब, पानी कनेक्सन सबै कुरा प्राप्त हुन्छ ।
कच्चा पदार्थदेखि लिएर निर्माणसम्म स्थानीय स्तरमै उपलब्ध हुनेवाला सामानको पूर्ण रुपमा प्रयोग गरिएको छ । पूर्ण पारदर्शिताका साथ हरेक चरणमा मनिटरिङ्ग गरेर लाभार्र्थीले आफ्नो घर आफै बनाउँछन् । उनले भने पहिला जुन घरहरु बने त्यसमा पारदर्शीताको कमी थियो । निर्माणमा तलमाथि हुन्थ्यो, जसका कारण घरको क्वालिटीसमेत राम्रो हुँदैन थियो । घर प्राप्त गर्न लाभार्थीहरुले सरकारी निकायहरुको चक्कर लगाउनुपथ्र्यो । अर्थात पहिला जुन घरहरु बन्थे त्यसमा गृह प्रवेश समेत हुन पाउथेनन् ।
प्रधानमन्त्री मोदीले भिडियो कन्फ्रेन्समा भने पहिला गरिब सरकारको पछि दौडन्थे अब सरकार स्वयम् त्यस्ता मानिसँग जाँदैछ । अब कसैको इच्छा अनुसार लिष्टमा नाम राख्ने वा हँटाउने काम हुँदैन । चयनसँगै निर्माणसम्म वैज्ञानिक र पारदर्शी तरिका अपनाइएको छ । उनले भने कैयौ पटक मानिसहरुले मलाई सोधेका छन् गरिबका लागि घर त पहिला पनि बन्थे । त्यसै पनि दशकौदेखि गरिबहरुकालागि घरबनाउने योजना चलिरहेको छ तर करोडौ गरीवलाई घर दिने योजना भएपनि त्यो कहिल्यै पूरा हुन पाएन ।
प्रधानमन्त्री गरिब कल्याण अभियान अन्तर्गत घर बनिरहेका छन् । प्रत्येक घरमा खानेपानीको सुविधा,आँगन करेसा, पञ्चायत भवनको निर्माण, पशुको लागि शेड, तलाब, कुवा जुन गाउँको विकासका लागि गर्र्नुैपर्ने काम तिब्र रुपमा भइरहेको छ । उनले भने आवास निर्माणमा महत्वपूर्ण भूमिका सहरबाट फर्किएका श्रमिकहरुको पनि छ । उनीहले प्रधानमन्त्री गरिब कल्याण रोजगार अभियानको पूर्ण रुपमा लाभ उठाउँदै आफ्नो परिवारको रेखदेख गरेर आफ्ना गरिब भाइहरुका लागि घर पनि निर्माण गरे ।
सामान्यतया प्रधानमन्त्री आवास योजना अन्तर्गत एउटा घर बनाउन औषत १ सय २५ दिन समय लाग्छ । कोरोनाको महामारीको समयमा समेत प्रधानमन्त्री आवास योजनाका घर बनाउन ४५ देखि ६० दिन लागेको छ । यो अवधिमा उनीहरुले घर बनाएर दिए । उनले भने निर्माण भएका घर तपाईहरुको उज्वल भविष्यको आधार हो । यहाँबाट तपाईहरु आफ्नो नयाँ जीवनको शुरुवात गर्नुहोस्, आफ्नो बच्चा, आफ्नो परिवारलाई अब तपाई नयाँ उचाइँमा लिएर जानुहोस् । तपाई अगाडि बढे देश अगाडि बढ्छ ।
उनले भने यो कार्यक्रम मध्य प्रदेश सहित देशका सबै घरवारविहीनहरुलाई विश्वास दिलाउने समय पनि हो । जसको घर छैन उहाँहरुले एक दिन अवस्यै घर पाउनुहुन्छ । दिपावली र तिहारको शुभकामना दिँदै उनले कोरोनाकाल नभइ दिएको भए म तपाईहरुसँगे उभिएर तपाइहरुको खुशीमा सामेल हुने थिएँ ।

तपाईको प्रतिक्रिया