लकडाउन पश्चात सञ्चालनमा आएको गोरखा डिपार्टमेन्ट स्टोरमा विस्तारै ग्राहकहरुको चहलपहल दशैको किनमेलमा स्थानीयस“गै अन्यन्त्रका ग्राहकहरु : इलेक्ट्रोनिक्स, ग्रोसरी, बेकरी, लत्ता कपडामा अत्याधिक भीड

इटहरी÷विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारी नियन्त्रण र रोकथामका लागि चैत्र ११ गतेदेखि राज्यले नै लकडाउनको घोषणा गरेपछि बन्द प्राय ः रहेको पूर्वाञ्चलका ग्राहकहरुका लागि ब्राण्ड बनेको गोरखा डिपार्टमेन्ट स्टोर भाद्र २४ गतेदेखि सुरक्षाका सम्पूर्ण मापदण्ड अवलम्बन गरी सञ्चालनमा आएसँगै विस्तारै ग्राहकहरुको चहलपहलमा बृद्धि भएको छ । लामो लकडाउनले आम सर्वसाधारणको आर्थिक अवस्थामा नराम्रो प्रभाव परे पनि नेपालीहरुको महान पर्व दशैको किनमेलमा स्थानीयसँगै अन्यत्रका ग्राहकहरुसमेत यतिबेला गोरखा डिपार्टमेन्ट स्टोरमा पुग्न थालेका छन् ।
स्टोरले भाद्र२४ गतेदेखि ग्राहकहरुको आग्रह र स्थानीय सरकार, प्रशासनले लकडाउन खुकुलो बनाएपछि आफ्ना पाँचवटै शाखाहरु धरान, इटहरी, विराटचौक, पथरी र दमक खुल्ला गरेको हो । यद्यपि सरकारको निर्देशन अनुुरुप स्टेरले सर्वाधिक रुपमा रुचाइएको किचन र गोरखा होटल भने तत्काल नखोले पनि असोज १ गतेदेखि सुरक्षाका मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने तयारी गरेको स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले बताउनुभयो । लामो बन्दका कारण व्यवाय ठप्प प्राय रहेको अवस्थामा समेत गोरखा डिपार्टमेन्ट स्टोरमा कार्यरत झण्डै १४ सय कर्मचारी कोही पनि कामबाट विमुख बनाइएनन् ।
कार्यरत सबै कर्मचारीहरलाई स्टोरले व्यवस्थापन गर्देे आधा तलब भएपनि लकडाउनका समयमा सबै कर्मचारीले काम पाए । लकडाउन बीच बीचमा केही खुकुलो हुुँदा पनि कर्मचरीहरुको समय आधा गरेर उनीहरुको व्यवस्थापन गरेको म्यानेजर गौतमको भनाई छ । अन्यत्र काम गर्ने कर्मचारीहरुमा अधिकांशले निस्कासन, विना तलबमा बस्नुपरेको थियो । स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्य भन्नुहुन्छ अरुले आफ्ना कर्मचीलाई के गरे त्यसको हामीले सरोकार राख्ने कुरा भएन तर गोरखाका कुनै पनि कर्मचारी लामो लकडाउनका समयमा समेत भोको बसेनन् ।
ग्राउण्ड फ्लोर र गोरखा गल्लीमा पनि उस्तै

गोरखा डिपार्टमेन्ट स्टोरको ग्राउन्ड फ्लोर र अन्डर ग्राउन्डमा खास गरेर गृहणीहरुको भीड लाग्ने गरेको छ । अन्डरग्राउन्डमा ताजा सागसब्जी जो कोही गृहणी पनि एकपटक लोभिन्छन् । अन्डर ग्राउन्डमा पाइने साग सब्जी, वेसिनजनका तकारीहरु जुन गोरखाले आर्गनिक ढंगले आफै उत्पादन गरेको हो । सुद्ध गाइभैसीको गोवर मलबाट उत्पादन भएका सागसब्जी किन्न धरान, विराटनगरबाट समेत उपभोक्ता पुग्ने गरेको गोरखाले जनाएको छ । त्यहाँ दर्जनभन्दा बढी प्रकारका सागसब्जी राखिएका छन् । ग्राउन्ड Ïलोरको उत्तरपट्टि रहेको बेकरी पसल सातैदिन खुल्ला रहन्छ । आÏनै गाइगोठबाट उत्पादित दूध, घ्यूबाट बनाइएका अत्यन्तै स्वादिष्ट मिठाई, बेकरीहरुका लागि राति अवेरसम्म ग्राहकको भीड लाग्छ । यसैगरी गोरखा गल्लीमा पाइने फलफूल, Ïलोर ग्राउन्डमै पाइने खाद्यान्न, फ्रोजन आइटमका माछा मासुमा समेत ग्राहकहरु झुम्मिने गरेका छन् ।
ब्राण्डेड कम्प्युटर तथा ल्यापटपमा आकर्षण

हरेक उमेरका अहिलेका पुस्ताका लागि अनिवार्य जस्तै भएको कम्प्युटर र ल्यापटप खरिदका लागि ग्राहकको पहिलो रोजाईमा परेको छ गोरखा डिपार्टमेन्ट स्टोर । जुनसुकै साइजका ब्राण्डेड ल्यापटप र कम्प्युटर बजारमा पाइने मूल्य भन्दा कम मूल्यमा पाइएपछि पनि यसप्रति ग्राहकको रुची बढेको हो ।
एप्पल, डेल, एच.पी, लेनेर्वा, एसर जस्ता ब्राण्डेड ल्यापटपले प्रयोगकर्तालाई नलोभ्याइरहन सक्दैन । यसका अलावा अलइन वान कम्प्युटर (जसमा छुट्टै सिपियुको झन्झट नहुने र बर्षौसम्म टिक्ने) का कारण पनि कम्प्ुटर सेक्सनमा ग्राहकको सधै भिडभाड देखिने गरेको छ । डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, दैनिक सरदर १० वटा ल्यापटप र त्यतिकै अनुपातमा अलइन वान कम्प्युटरहरु बिक्री हुने गरेका छन् । मनिटरमा डेल, सामसुङ्ग, आसुस, एक्सज सिरिज, प्रोसेसर, प्रोजेक्टरहरुसमेत फिक्स प्राइसमा उपलब्ध छन् । प्रिन्टरहरुमा सामसुङ्ग, ब्रदर, क्यानन,ब्लाक एण्ड ह्वाइट र कलर दुवैमा उपब्ध छन् । कम्प्युटरका लागि चाहिने सम्पूर्ण पार्टहरु समेत एकै ठाउँमा उपलब्ध छन् ।
डिपार्टमेन्ट स्टोरका कर्मचारी रन्जित मालाकारका अनुसार अहिलेका पुस्तामा इलेक्ट्रोनिक्स सामान खरिदमा आकर्षक नै बढेको छ । डिपार्टमेन्ट स्टोरको दोस्रो तलामा उपलब्ध सम्पूर्ण इलेक्ट्रोनिक्स सामान खरिदका लागि स्थानीयदेखि भारतको सिलगुढी, दार्जीलिङ्ग, सिक्किम , आसामसम्मका ग्राहकहरु आउँछन् ।
गोरखाको स्वादिष्ट बेकरी उत्पादन पूर्वाञ्चलमा लोकप्रिय

गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ ।
आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् ।
हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया